STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लामिछानेको नागरिकता मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते

Janjati Khabar – Janjati Khabar | २०७९ पौष २२, शुक्रबार

काठमाडौं - उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानी विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की र न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको शुक्रबारको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

इजलासले नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते गर्ने भनेको छ । साथै, सर्वाेच्चले अग्राधिकार दिँदै अन्तिम (पूर्ण) सुनुवाइका लागि माघ ११ मा पेस गर्न पनि आदेश दिएको छ । यससँगै नागरिकतासम्बन्धी मुद्दाको अन्तिम सुनुवाइ माघ ११ गते हुने भएको छ ।

मन्त्री लामिछानेविरुद्ध अमेरिकी नागरिकता लिएर पनि पुरानै नेपाली नागरिकताले राहदानी बनाएको, नयाँ पार्टी दर्ता गरेको र चुनाव लडेको भन्दै सांसद पद खारेज गर्न मुद्दा दायर भएको थियो ।

सर्वाेच्चको आदेशसँगै लामिछानेको पद तत्काललाई जोगिएको छ भने गृहमन्त्री र सांसद्का रुपमा नियमित काम गर्न पनि कुनै बाधा हुने छैन ।

Categorized in राजनीति