STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

लुम्बिनीको मुख्यमन्त्रीमा कांग्रेसका चौधरी नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १४, बिहिबार

काठमाडौं - लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली बहादुर चौधरी नियुक्त भएका छन्।

बिहीबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दाबी पेश गरेका उनलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा प्रदेश प्रमुख शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएनका चौधरीलाई कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका ४ जना, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका ३/३ जना, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका एकरएकजना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदले समर्थन गरेका छन् ।

२७ पुसमा मुख्यमन्त्री बनेका एमालेका लिला गिरीले विश्वासको मत नपाएपछि नयाँ मुख्यमन्त्रीको बाटो खुला भएको हो ।

Categorized in राजनीति