STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विद्यार्थीबाट अतिरिक्त शुल्क नलिन मनपाको निर्देशन, भर्ना शुल्क मासिक शुल्कभन्दा बढी लिन नपाइने

Janjati Khabar – Janjati Khabar | २०८१ बैशाख ७, शुक्रबार

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरुले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक अतिरिक्त शुल्क नलिन निर्देशन दिएको छ । 

महानगरपालिकाभित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने निर्देशका रहेको स्पष्ट गर्दै महानगरले सोभन्दा बढी लिइए कानूनबमोजिम कारबाही हुने चेतावनी दिएको  हो ।

महानगरकी शिक्षा विभागकी निमित्त विभागीय प्रमुख सरस्वती पोखरेलले एक सूचना जारि गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयबाट अर्को कक्षामा उक्लिएपछि भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएकी छन् ।

Categorized in शिक्षा