विराटनगरबाट ८ जना कोरोनामुक्त
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख २६, शुक्रबार
काठमाडौं – विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचाररत ८ जना कोरोनाबाट निको भएर डिस्चार्ज भएका छन् ।
कोरोना परीक्षणमा उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि शुक्रबार बिहान उनीहरुलाई डिस्चार्ज गरिएको हो ।
यिनमा उदपुरका ७ जना र एकजना भारतीय छन् ।
अहिलेसम्म नेपालमा अहिलेका ८ समेत गरी ३० जना निको भइसकेका छन् । यी मध्ये ३ जनामा पुनः कोरोना संक्रमण देखिएपछि उपचाररत छन् । नेपालमा अहिलेसम्म १०१ जना कोरोना संक्रमित भेटिएका छन् ।
Categorized in राष्ट्रिय