STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विशिष्ट सञ्चारकर्मी कृष्णा ताम्राकारलाई लाइफटाइम अवार्ड

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ फाल्गुण ८, सोमबार

संचार र संगीत जगतसंग सम्बन्धित ड्रिम हाई नेपाल नामक संस्थाले आयोजना गरेको दोस्रो संस्करणको एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना सन्चारकर्मिहरुलाई नगद राशी सहित अवार्ड प्रदान गरिएको छ । अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको अवार्ड यो वर्ष विभिन्न १० विधाका सन्चारकर्मिलाई प्रदान गरिएको हो । कार्यक्रमको उद्घाटन प्रमूख अतिथी वरिष्ठ पत्रकार भैरव रिसालले गरेका थिए ।

दोस्रो एलआईसी नेपाल मिडिया अवार्ड २०७९ को अवसरमा लाइफटाइम एचिभमेन्ट अवार्ड भने कृष्णा ताम्राकारलाई प्रदान गरिएको छ । रेडियो नेपालमा समाचार वाचकका रुपमा अभुतपूर्व स्थान बनाएका विशिष्ट सन्चारकर्मि ताम्राकारलाई नगद १ लाख रुपैयाँ सहित लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मान गरिएको हो ।

यस्तैगरी अर्का वरिष्ठ सन्चारकर्मि भुषण दाहाललाई दशकका पत्रकारको रुपमा ५१ ह्जार पुरस्कार राशी सहित सम्मान गरियो । टेलिभिजन, छापा, एफएम रेडियो र अनलाइन सञ्चारमाध्यमहरूमा कार्यरत सञ्चारकर्मीहरूको पछिल्लो एक वर्षयताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान र पुरस्कार प्रदान गरिएको कुरा आयोजक संस्थाका प्रमुख कमल जिसिले बताएका छन् ।

यो वर्षको बिजनेश जर्नालिजम अफ द इयर बाट केटिएम भ्वाइस डटकमका रोयल आचार्य, रेडियो जर्नालिस्ट अफ द इयरबाट रेडियो कान्तिपुरका अनिल परियार, बेष्ट टेलिभिजन जर्नालिस्ट अफ द इयरबाट योहो टेलिभिनका जिबराम भण्डारी, फोटो जर्नालिस्ट अफ इयरबाट मिनरत्न बज्राचार्य, बेष्ट प्रिन्ट जर्नालिस्ट अफ इयरबाट नयाँ पत्रिका दैनिकका सिल्पा कर्ण, बेष्ट काटुनिष्ट अफ इयरबाट नागरिक दैनिकका रविन सायमी, बेष्ट इन्टरटेन्मेन्ट जर्नालिस्ट अफ द इयरबाट बाह्रखरीका नरेश फुँयाल, बेष्टस्पोर्टस जर्नालिस्ट अफ द इयरबाट नागरिक दैनिकका अनिल मल्ल ठकुरी, बेष्ट अनलाइन जर्नालिस्ट अफ द इयरबाट साझा पोष्टका बोमलाल गिरी र बेष्ट युटुव च्यानल अफ द इयरबाट मोहन बस्नेतलाई नगद राशीसहित अवार्ड प्रदान गरियो ।

भव्य रुपमा होटल याक एण्ड यतिमा आयोजित अवार्ड कार्यक्रममा विकास खतिवडालाई फोटोग्राफि सम्मान, भिम बहादुर मल्ल ठकुरीलाई विशेष सम्मान र कृष्ण कँडेललाई पब्लिक च्याइस अवार्डबाट सम्मान गरिएको थियो ।  एलआईसी नेपाल मिडिया अवार्डबाट विभिन्न विद्यामा कार्यरत १० जना सन्चाकर्मिलाई सम्मान गरिएको छ ।

Categorized in राष्ट्रिय