STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

विश्वासको मत नपाएसँगै ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २६, बिहिबार

काठमाडौं - सुदूरपश्चिम प्रदेश सरकार ३० दिनमै ढलेको छ । बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएसँगै ३० दिन अर्थात् एक महिनामै सरकार ढलेको हो ।

विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उक्त समयसीमाभित्र उनले विश्वासको मत पाउन सकेनन् ।

नागरिक उन्मुक्तिका सातैजना सांसद अनुपस्थितसँगै मुख्यमन्त्री रावलले विश्वासको मत पाउनबाट बञ्चित रहे । नाउपाका ७ जना प्रदेश सांसद हाल काठमाडौंमा रहेका छन् ।

उनीहरुलाई फकाउन गठबन्धनका दलका नेताहरू छलफलमा रहे पनि असमर्थ रहे । नाउपाले रेशम चौधरीसहितको रिहाइको माग गर्दै आएको छ ।

Categorized in राजनीति