STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

व्यवस्थापनमा उत्कृष्ट विद्यार्थी सम्मानित

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर ८, आइतबार

त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायतर्फ स्नातक तहमा उत्कृष्ट अङ्क हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको छ । नवोदित कलेज, सामाखुशीले आफ्ना विद्यार्थी राजु भण्डारीलाई चारवर्षे स्नातक तहमा नेपालभरबाट प्रथम स्थान हासिल गरेकाले आज सम्मान गरेको हो । भण्डारीले स्नातक तह ९२०७३–०७६०मा ७८।६५ प्रतिशत अङ्क ल्याई नेपालभरबाट प्रथम भएका थिए । कार्यक्रममा काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले भण्डारीलाई खादा र दोसल्ला ओढाएर सम्मान गर्नुभयो । कलेजका प्राचार्य राजेन्द्र अधिकारीका अनुसार विसं २०५० मा निजी लगानीमा स्थापित सो कलेजले नर्सरीदेखि स्नातकोत्तरसम्मको शिक्षा प्रदान गर्दै आएको छ ।
Categorized in राष्ट्रिय