शिक्षक पिट्ने आरआरका विद्यार्थी निष्कासित
Janjati Khabar – Janjati Khabar | २०७८ पौष ८, बिहिबार
पुस ८, काठमाडौं - रत्नराज्य लक्ष्मी क्याम्पसका शिक्षकमाथि आक्रमण गर्ने विद्यार्थीलाई क्याम्पसबाट निष्कासन गरिएको छ ।सहायक क्याम्पस प्रमुख डोलराज काफ्लेका अनुसार बिहीबार बसेको क्याम्पस प्रशासनको बैठकले यस्तो निर्णय गरेको हो ।
शिक्षक प्रकाश पुडासैनीमाथि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुका कार्यकर्ता कुवेश जेठाराले कुटपिट गरेका थिए । मंगलबार बिहान परीक्षा हलमा निरीक्षण गरिरहेका पुडासैनीलाई चिट चोर्न नदिएको भन्दै जेठाराले आक्रमण गरेका थिए ।
पुडासैनीलाई कुटपिट गरेपछि ट्वाइलेट जान्छु भनेर परीक्षा हलबाट निस्किएका उनी फरार भएको काफ्लेले बताए । ‘ऊ पिसाब फेर्न भनेर शौचालय छिरेको थियो । लामो समय बित्दा पनि निस्केन । पछि हेर्न जाँदा त ट्वाइलेटमा चुकुल लगाएर झ्यालबाट भागेछ’, उनले भने ।
Categorized in अपराध-दुर्घटना

