STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त

Janjati Khabar – Janjati Khabar | २०८० चैत्र १५, बिहिबार

हेटौंडा - बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्रीमा नियुक्त गरेका छन्। हाम्रो नेपाली पार्टी (हानेपा)ले ३ दिन अघिमात्रै वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

मुख्यमन्त्रीको बार्गेनिङ गर्दै आएको हानेपाले अन्ततः मुख्यमन्त्री पाउने छाटकाट नदेखिएपछि ५ बुँदे सहमति गर्दै सरकारमा सहभागी भएको हो। हानेपा ससंदीय दलका नेतासमेत रहेका बज्रचार्यले संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय लिँदै सपथग्रहण समेत लिएका छन्। 

यसअघि मुख्यमन्त्री जमकट्टेल नेतृत्वको सरकारमा कांग्रेसका ६, एकीकृत माओवादीका ३ र एकीकृत समाजवादीका २ मन्त्री रहेका थिए। जसमध्ये कांग्रेसका मन्त्रीहरूले  गठबन्धन परिवर्तनसँगै राजीनामा दिएका थिए। 

कूल १ सय १० जना प्रदेश सभासदस्य रहेको बागमतीमा कांग्रेसका ३७, एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सदस्य छन्। वर्तमान सत्ता गठबन्धनमा एमालेका २७, माओवादीको २१ र एकीकृत समाजवादीको ७ गरी जम्मा ५५ सांसद रहेका थिए।

Categorized in राजनीति