STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संक्रमितबारे जानकारी लुकाए राजिनामा : चिकित्सक

Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र १३, बिहिबार

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बुधबार भेटिएका कोरोना संक्रमितको विषय आफूहरुलाई २४ घण्टासम्म पनि जानकारी नगराएको भन्दै त्यहाँ कार्यरत चिकित्सकहरुले आपत्ति जनाएका छन् । चिकित्सकहरुले अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई भेटेर रोगीको अवस्था र जानकारी लुकाउने प्रयास भए त्यसको उपचार गर्न छोडिदिने र आवश्यक परे जागिरबाट राजिनामा नै दिने चेतावनी दिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोहीमा कोभिड–१९ रिपोर्ट पोजेटिभ देखिए इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपर्ने भए पनि सीधै स्वास्थ्य मन्त्रालय पठाउने गरिरहेकोले आफूहरु संक्रमितसँग २४ घण्टा सँगै बिताए पनि यसको जानकारी नदिई गम्भीर त्रुटी गरेको चिकित्सकहरुको भनाइ छ । चिकित्सकहरुले संक्रमितबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी जानकारी लुकाएको र यसबारे बुधबार बेलुकामात्र संचारमाध्यमबाट जानकारी पाएको बताएका छन् । यस सन्दर्भमा अस्पतालमा निर्देशक डा. सागरकुमार राजभण्डारीले आफूलाई स्वयं पनि संक्रमित रोगीबारे जानकारी नभएको उत्तर चिकित्सकहरुलाई दिएका छन् ।
Categorized in राष्ट्रिय