STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संसार क्रियशन्स नेपालद्वारा निर्मित "नजाउ टाढा क्षितिजमा" गीत छिट्टै सार्वजनिक हुने

Janjati Khabar – विजयरत्न असंबरे | २०७९ जेठ १९, बिहिबार

संसार्स अनलाइन टेलिभिजनका लागि संसार क्रियशन्स नेपाल द्वारा निर्मित "नजाउ टाढा क्षितिजमा "बोलको गीतको नेपाली म्युजिक भिडियो चाँडै सार्वजनिक हुने भएको छ । दिपक बिबश आँसुले रचना गर्नु भएको यो गीतलाई गायिका कल्पना श्रेष्ठले स्वर दिनु भएको छ ।

यो म्युजिक भिडियोमा स्वतन्त्र महर्जन,शोभा महर्जनका साथमा संम्बत संसार महर्जनले पनि बाल कलाकारको रुपमा अभिनय गर्नु भएको छ ।  संम्बत संसार महर्जन सकृय सन्चारकर्मि एवं कलाकार दम्पती स्वतन्त्रसंसार र प्रेमहा महर्जनया छोरा हुनु हुन्छ  ।

म्युजिक भिडियो जगतमा ख्याति कमाएका छायाँकार र सम्पादक सोहन मानन्धर ले छायाँकन र सम्पादन गर्नु भएको यो म्युजिक भिडियोकोलागि स्टिलफोटोग्राफी बिक्रम खड्गी,मेक अप जीवन पासा,हेयर ड्रेसर रबिन्द्र ठाकुर (छोटु) रहनु भएको छ । 

यो गीतको संगीतकार मन्जु नकर्मी हुनु हुन्छ भने संगीत संयोजन बुद्ध सायमीले गर्नु भएको छ । रेकर्डिङ स्टुडियो अडियो नेपालमा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडयो को पोष्टर डिजाईन एस.एस. प्रीन्टिङ सर्भिसेस, ड्रेस डिजायन गिफ्ट नेपाल, प्रोडक्सन कन्ट्रोलर उजय शाही,

प्रोडक्सन म्यानेजर विष्णु भक्त डंगोल र सहायक निर्देशन प्रेमहा संसार महर्जनले गर्नु भएको छ । यो म्युजिक भिडियो का निर्माताहरु प्रेमहा संसार महर्जन,संगीता गुरुङ र वीरबल रोका क्षेत्री रहनु भएको छ भने परिकल्पना र निर्देशन स्वतन्त्र संसार महर्जन स्वयंले गर्नु भएको छ ।

Categorized in सिनेमा