STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

संस्कृत सङ्गोष्ठी सम्पन्न

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र ८, शुक्रबार

नेपाल–भारत संस्कृत अध्ययन केन्द्र स्थापना, योग र आयुर्वेदलाई प्रवद्र्धनलगायत सात बुँदे घोषणापत्र जारी गर्दै तीनदिने अन्तर्राष्ट्रिय संस्कृत सङ्गोष्ठी राजधानीमा सम्पन्न भयो । भारत सरकार संस्कृति मन्त्रालय, भारतीय राजदूतावास र विवेकानन्द सांस्कृतिक केन्द्रको आयोजनामा मङ्गलबारदेखि सङ्गोष्ठी शुरु भएको थियो । सङ्गोष्ठीमा दुई देशका गरी ५०० भन्दा बढी संस्कृतका विद्वान्को सहभागिता रहेको थियो । संस्कृतको सम्बद्र्धनका लागि दुबै देशका सरकारसँग अनुरोध गर्ने निष्कर्ष पनि सङ्गोष्ठीले निकालेको छ । प्रत्येक वर्ष पालैपालो सम्मेलन आयोजना गरी संस्कृतमा भए गरेका कामको विश्लेषण गरिने जनाइएको छ । दुबै देशमा संस्कृतमा प्रकाशन भएका पुस्तक आदानप्रदान, प्राध्यापक एवं विद्यार्थीको आदानप्रदान, संयुक्त रुपमा अनुसन्धान एवं गोष्ठी, संयुक्त कार्यदलको गठनलगायत काम गरिने जनाइएको छ । ज्योतिष, ब्याकरणलगायत संस्कृतका शास्त्रीय विषयको प्रवद्र्धनमा सहकार्य गर्ने अवधारणा पनि सङ्गोष्ठीले अघि सारेको छ । कार्यक्रम समापन गर्नुहुँदै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुङले संस्कृतको उन्नयनका लागि ब्राह्मणले रहनसहनलगायत आचरणमा बस्नुपर्ने बताउनुभयो । “ब्राह्मण निष्ठामा भए मात्र तीनको अधिनमा मन्त्र हुन्छ, यसैले ब्राह्मण आचरणमा बस्नुपर्छ, अनिमात्र संस्कृतको उन्नयन हुनसक्छ”–उहाँले भन्नुभयो । नेपाल संस्कृत विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा वेणीमाधव ढकालले भारत वर्षमा नेपाली वा हिन्दी माध्यममा संस्कृतको अध्यापन गरिँदा स्नातकोत्तर ९आचार्य० गरेका विद्यार्थीलाई पनि संस्कृतमै बोल्ने अभ्यास नहुने गरेकाले माध्यम परिवर्तन गरिनुपर्ने बताउनुभयो । कार्यक्रममा भारतको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका पूर्वकुलपति प्राडा अविराज राजेन्द्र मिश्र, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा विदुरप्रसाद पौडेल, ज्ञानपीठ पुरस्कारबाट सम्मानित व्यक्तित्व डा सत्यव्रत शास्त्री, नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान केन्द्रका निर्देशक प्राडा काशीनाथ न्यौपाने, वाल्मीकि विद्यापीठका प्राचार्य डा गणेशप्रसाद घिमिरे, विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक प्रा डा केदारनाथ शर्मालगायतले भारत वर्षमा संस्कृतको उन्नयनका लागि सङ्गोष्ठीले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
Categorized in राष्ट्रिय