सत्ता गठबन्धनबाट बाहिरियाे जनमोर्चा
Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १६, सोमबार
काठमाडौं - राष्ट्रिय जनमोर्चा सत्ता गठबन्धनबाट अलग भएको छ । पाँच दलीय गठबन्धनको एक घटक जनमोर्चा सोमबार गठबन्धनबाट अलग भएको हो । अमेरिकी सहायता परियोजना एमसीसीको विपक्षमा रहेको जनमोर्चाले एमसीसी संसदबाट अनुमोदन भएपछि गठबन्धन छाडेको हो । जनमोर्चाको सोमबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।
प्रतिनिधिसभामा जनमोर्चाको एक सिट छ । जनमोर्चाकै सहयोगमा गण्डकी र लुम्बिनी प्रदेशमा सरकारहरू बनेका थिए । गठबन्धन छाडे पनि सरकारलाई दिएको समर्थनबारे भने जनमोर्चाले केही भनेको छैन ।
एमसीसी अनुमोदन गर्न सरकारले तानाशाही प्रवृत्ति देखाएको जनमोर्चाको ठहर छ । मत विभाजन नगरी ध्वनि मतबाट एमसीसी अनुमोदन गराइनु तानाशाही चरित्र भएको उसको ठहर छ ।
जनमोर्चाले एमसीसीसँगै अनुमोदन गरिएको १२ बुँदे व्याख्यात्मक घोषणाको पनि औचित्य नभएको जनाएको छ । एमसीसीमाथि आइतबार संसदमा छलफल हुँदा जमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमसीसी खारेज हुनुपर्ने बताएकी थिइन् ।
Categorized in राजनीति

