STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेल खेल्ने

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २८, सोमबार

काठमाडौं - क्रिकेटर सन्दीप लामिछाने जारी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ मा सहभागी हुने भएका छन् । सन्दीप वेस्ट इन्डिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । 

पूर्वघोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेस गरेको क्यानले विज्ञप्ति जारी गर्दै उल्लेख गरेको छ । 

“सन्दीप लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभए पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेशविरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ” विज्ञप्तिमा उल्लेख छ । 

1-1717984202.jpg

Categorized in खेलकुद