STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सबै जनप्रतिनिधिसँग सहकार्य गरेर महानगरकाे विकासमा जुट्नेछु : उपमेयर सुनिता डङ्गोल

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १३, शुक्रबार

काठमाडौं- काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले अब  सबै जनप्रतिनिधिसँग सहकार्य गरेर महानगरकाे विकासमा जुट्ने बताएकी छिन् ।

राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा उपप्रमुख डङ्गोलले जनताले युवा पुस्तालाई गरेको विश्वासमा कमी आउन नदिने बताइन् ।

उनले जनताको लागि सेवक भई समग्र काठमाडौँ विकास आफ्नो प्राथमितामा रहेको उल्लेख गर्दै यसअघि पनि आफू सामाजिक काममै सक्रिय रहेकाले आगामी दिनमा नगरवासीले थपिदिएको जिम्मेवारी इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नागरिकले दिएको हरेक मतलाई आफुलाई अठोट पूरा गर्ने बलियो सहारा बनाएको बताइन् ।

प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित हुँदा उपप्रमुख डंगाेलसहित ३२ वटै वडामा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी)का तर्फबाट विजयी भएका छन् ।

Categorized in उपत्यका