STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सम्पदाबारे जानकारी दिन पदयात्रा

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १०, मंगलबार

ललितपुर उद्योग वाञ्जिय सङ्घले आगामी असोज २६ गते पदयात्रा गर्ने भएको छ । सो क्षेत्रका एक महानगरपालिका र दुई नगरपालिकाभित्र सङ्घले पदयात्रा आयोजना गरी पर्यटन वर्ष २०२० का लागि प्रचार–प्रसारमा जोड दिने भएको हो । ‘हाम्रो सम्पदा, हामी आफैँ बनाऔँ’ भन्ने नारालाई अघि सार्दै सङ्घले जिल्लाका सम्पदा क्षेत्रबारे जानकारी गराउन र यस क्षेत्रमा बढीभन्दा बढी स्वदेशीलगायत विदेशी पर्यटक भित्र्याउन लागिपरेका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिनुभयो । “पदयात्रामा हामीले महालक्ष्मी नगरपालिकाको सानागाउँ, लूभू, लपु महानगरपालिकाको पाटनदरबार परिसर, हरिसिद्धि, धापाखेल, सुनाकोठी, बुङ्मती, खोकनालगायत गोदावरी नगरपालिकाका आसपासका क्षेत्रमा घुमाउने भएका छाँै”, महर्जनले भन्नुभयो, “करीब दुई हजार मानिसलाई भित्र्याउने उद्देश्य लिइएको पदयात्रामा ललितपुरका तीनै नगर क्षेत्रलगायत तिनीहरुमा रहेका सम्पदा बारेमा जानकारी गराउने भएका छाँै ।” सङ्घद्वारा आयोजित सो पदयात्रामा सहभागी हुन चाहने जुनसुकै व्यक्तिले प्रवेश शुल्क रु ५०० दस्तुर तिर्नुपर्नेछ । सो उठेको रकम भीमसेन मन्दिर पुनःनिर्माणको कामका लागि राखिने महर्जनले बताउनुभयो । सङ्घले पदयात्रीबाट उठेको सबै रकम भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिको कोषमा जम्मा गर्ने योजना बनाएको छ । आवश्यक परेको खण्डमा उठेको रकमलाई पछि मन्दिर निर्माणलगायत अन्य विविध कार्यमा प्रयोग गरिने सङ्घका महासचिव मनोजबहादुर न्याँच्छ्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पदयात्रामा सहभागी हुने सबै व्यक्तिलाई एउटा गञ्जी र टोपी प्रदान गर्ने भएका छौँ, जुन गञ्जीमा तीनै नगर क्षेत्रका लोगोसहित सङ्घ अनि पर्यटन वर्ष २०२० र कुमारी बैंकको पनि लोगो रहनेछ ।” सो दिन पाटनबाट बिहान ६ः०० बजेबाट पदयात्रा शुरु गरिने उहाँको जानकारी दिनुभयो । सो पदयात्रामा नेपालका जुनसुकै जिल्लामा बसोबास गर्ने हरेक नेपालीलगायत विदेशी मुलुकका व्यक्तिले पनि भाग लिनसक्ने बताइएको छ ।
Categorized in राष्ट्रिय