STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारको न्यूनतम साझा कार्यक्रम आज ५ बजे सार्वजनिक हुँदै

Janjati Khabar – Janjati Khabar | २०७९ चैत्र २३, बिहिबार

काठमाडौं-  सत्तारुढ दलहरुले आज बेलुका ५ बजे न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएका छन् ।

आज बिहान प्रधानमन्त्री निवास वालुवाटारमा बसेको १० दल सम्मेलित बैठकले आज बेलुका सरसकारको न्यूनतम साझा कार्यक्रम कार्यक्रम सार्वजनि गर्ने निर्णय गरेको हो ।

गठबन्धनका दलहरूबीच सरकारको न्यूनतम साझा कार्यक्रमका बारेमा सैद्धान्तिक र नीतिगत विषयमा सहमति जुटिसकेको माओवादी केन्द्रका महासचिव देव गुरुङले बताए ।

त्यस्तै राजनीतिक दलहरुले न्यूनतम साझा कार्यक्रमका लागि सार्वजनिक हुनुअघि सम्म सुझाव दिन सक्नेछन् । विशेषत दलहरुबीच लोकतन्त्र, राष्ट्रियता, जनजीविकासँग जोडिएको विषय र सुशासनका बारेमा मूलभूत रूपमा सहमति भएको नेताहरुले दावी गरेका छन् ।

Categorized in राजनीति