STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सरकारबाट बाहिरियो राष्ट्रिय स्वतन्त्र पार्टी

Janjati Khabar – Janjati Khabar | २०७९ माघ २२, आइतबार

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ।

आइतबार बसेको सो पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारमा रहेका मन्त्री र राज्यमन्त्री फिर्ता बोलाउने सर्वसम्मत निर्णय भएको पार्टी सभापति रवि लामिछानेले जानकारी दिए। बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै लामिछानेले सो जानकारी दिएका हुन्।

बैठकले सरकारलाई दिएको समर्थन भने यथावत राख्ने निर्णय गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाल दुई जना मन्त्री र एक जना राज्यमन्त्री सरकारमा सहभागी छन्। यसअघि पार्टी अध्यक्ष लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री थिए। नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशबाट उनी पदमुक्त भएका थिए।

Categorized in राजनीति