सरकार र महावीर पुनबीच ७ बुँदे सहमति
Janjati Khabar – Janjati Khabar | २०८० बैशाख १८, सोमबार
काठमाडौं - सरकार र राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनबीच सात बुँदे सहमति भएको छ । शुक्रबारदेखि माइतीघर मण्डलामा धर्नामा बसेका पुन र सरकारबीच सोमबार सातबुँदे सहमति भएको हो ।
सरकारका तर्फबाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनले सोमबार सात बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रको पहिलो बुँदामा अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु एकीकृत रुपमा सञ्चालन गर्न सरकारले कोष स्थापना गर्ने र कोषबाट अनुसन्धान तथा विकास, नवप्रवर्तन तथा आविष्कारसम्बन्धी कार्यहरु लगानी गर्ने भनिएको छ ।
दोस्रो बुँदामा कोषको व्यवस्थापन तथा सञ्चालन गर्न संघीय संसदको आउँदो अधिवेशनमा विद्येयक पेश गरि पारित गर्ने भनिएको छ । साथै, उक्त बुँदामा सरकारले ६० दिनभित्र सरोकारवालाको परामर्शमा विधेयक मस्यौदा पारित गर्ने भनिएको छ ।
तेस्रो बुँदामा आगामी आर्थिक वर्षदेखि पुँजीगत (विकास) बजेटको एक प्रतिशत रकम कोषमा जम्मा गर्ने उल्लेख छ ।



