STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सात महीनामा १५जबर्जस्ती करणीको उजुरी

Janjati Khabar – जनजाति खबर | २०७५ फाल्गुण १७, शुक्रबार

 

चालू आर्थिक वर्ष २०७५/७६ को माघ मसान्तसम्ममा स्याङ्जा जिल्लामा १५ जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार विभिन्न समयमा बालिका तथा किशोरीलाई जबर्जस्ती करणी तथा जबर्जस्ती करणी उद्योगमा संलग्न रहेकाप्रति प्रहरीमा उजुरी परेपश्चात प्रतिवादीलाई पक्राउ गरी आवश्यक कारवाही अगाडि बढाइएको छ । बलात्कृत हुने उमेर समूहमा १० वर्षीया बालिकादेखि २७ वर्षीया महिलासम्म छन् भने धेरै १३–१७ उमेर समूहका बालिका बलात्कृत भएका छन् । प्रहरीका अनुसार २०७५ असार २४, साउन ३, भदौ ७, भदौ २०, भदौ २१, भदौ २२, असोज ६, असोज १९, कात्तिक २७, मङ्सिर ४, पुस ७, पुस १४, पुस २१, माघ १, माघ १४ को मितिमा जिल्लास्थित विभिन्न प्रहरी कार्यालयमा पीडितका परिवारले जाहेरी दिएका थिए । पीडितपक्षको जाहेरीपश्चात प्रहरीले पीडकलाई पक्राउ गरी पुर्पक्षका लागि थुनामा पठाएको छ भने फरार रहेकाको खोजीकार्यलाई तीव्रता दिएको छ । बालिका एकल तथा सामूहिक बलात्कारको सिकार भएका छन् । गत आर्थिक वर्षमा जबर्जस्ती करणीका १७ र जबर्जस्ती करणी उद्योगका छ गरी कूल २३ उजुरी प्रहरी कार्यालयमा दर्ता भएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३/७४ मा जबर्जस्ती करणीमा पाँच र जबर्जस्ती करणी उद्योगमा छ गरी कूल ११ उजुरी परेको थियो ।

Categorized in अपराध-दुर्घटना