STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिकलसेलले थला परेका थारु समुदाय

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २९, शुक्रबार

दाङ तुलसीपुर उपमहानगरपालिका– ११ कटाहाकी ५० वर्षीया जुमरामी चौधरी लमो समयदेखि सिकलसेल एनिमिया रोगले पीडित हुनुहुन्छ । हाडजोर्नीमा कडा खालको दुखाइ हुँदा घरको कुनै पनि काम गर्न नसकिने पीडा सुनाउँदै उहाँ भन्नुहुन्छ, “जोर्नीहरू बेस्सरी दुख्छन्, घरमा खाना पकाउनसमेत सकिँदैन्, अरु काम गर्न त झन् के सक्नु रु” त्यस्तै सोही वडाकी २५ वर्षीया रूपाकुमारी थारूलाई पनि सिकलसेल भएकै कारण यो उमेरमा पनि केही पनि काम गर्न नसक्ने अवस्थामा हुनुहछ । “घरको केही पनि काम गर्न सकिँदैन”, उहाँ भन्नुुहन्छ, “कसैले तयार पारिदिए खाने हो, नत्र भने भोकै बस्नुपर्छ ।” सोही ठाउँकी ४७ वर्षीया सुन्दरी चौधरीको समस्या पनि त्यस्तै छ । औषधि खाए पछि केही समय सञ्चो हुने र फेरि दुख्न शुरु हुने उहाँको भनाइ छ । “औषधि त खाइरहेकी छु”, उहाँ जोड दिनुहुन्छ, “औषधि खाएको केही समयसम्म ठीक हुन्छ”, त्यसपछि फेरि सताउन थाल्छ ।” त्यस्तै सानै उमेरदेखि उक्त रोगले सताउनुभएका सोही ठाउँका २७ वर्षीय शरद चौधरी सँगैका साथीहरुले विभिन्न पेशा व्यवसाय गरेर टन्न पैसा कमाइरहँदा उहाँ भने केही पनि गर्न सक्ने अवस्थामा हुनुहुन्न । ती रोगीहरूले अहिले जिल्ला स्वास्थ्य कार्यालयको सिफारिशमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट निःशुल्क औषधि खाइरहेका छन् तर समयमै औषधि नपाउँदा समस्या हुने गरेको उनीहरूको गुनासो छ । यस्ता रोगीहरूलाई सरकारले रू।एक लाखसम्म निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यतिले उपचार खर्च नपुग्ने र आफूहरुले केही पनि काम गर्न नसक्ने भएकाले सरकारले भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ । “हामीले अहिले केही पनि काम गर्न सक्ने अस्थामा छैनौँ”, पीडित सुन्दरी भन्नुहुन्छ, “सरकारले हामीहरुलाई उचित भत्ताको पनि व्यवस्था गर्नुपर्छ ।” सिकलसेल ऐनिमिया धेरै थारूहरूमा हुनसक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगको पहिचान हुन नसकेको थारू अगुवाहरूको भनाइ छ । अहिले उक्त प्रतिष्ठानसहित तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल र गढवा गाउँपालिकामा मात्रै सिकलसेल जाँच गर्ने उपकरण भएकाले सबै स्थानीय तहमा त्यस्तो उपकरणको व्यवस्था मिलाउनुपर्ने थारू स्वास्थ्यकर्मी समाजका अध्यक्ष जीवराज चौधरी बताउनुहुन्छ । यो रोग निराकरण गर्न नसके थारू जाति नै सङ्कटमा पर्न सक्नेसमेत उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय