STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

सिन्धुपाल्चोक र बागलुङ विपद संकटग्रस्त क्षेत्र घोषणा

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ८, बिहिबार

काठमाडाैँ – सरकारले सिन्धुपाल्चोक र बागलुङलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ती दुई जिल्लालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्दै विश्व बैंकबाट प्राप्त हुने करिब ६ अर्ब रुपैयाँमा पुनर्निर्माण काम अगाडी बढाइने बताए। विपद व्यवस्थापन प्राधिकरणको अगुवाईमा हुने पुनर्निर्माणको काम सुरु हुने जानकारी उनले दिए।
Categorized in राजनीति