STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ सम्पन्न

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ भाद्र २, बुधबार

स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेस्टिभल २०२१ बुद्ध बार एक कार्यक्रमको बीच सम्पन्न भएको छ । सो फेस्टिभलमा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानाडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेस्टिभल मा नेपाली चलचित्र  कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानी मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, वरिष्ठ पत्रकार बिजयरत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्य चन्द, ज्योती प्रकाश लगायत नेपाली चलचित्र तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

नेपाली चलचित्रको प्रवर्द्धन का लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दै आइरहेको स्पाइनी मुभिज प्रा.ली. ले नेपाली चलचित्रहरुलाई अन्तराष्ट्रिय स्तरसम्म लैजाने र आफ्नो कला संस्कृतिलाई विश्वसामु चिनाउने उदेश्य लिएर पहिलो पटक यस किसिमको फेस्टिभल आयोजना गरेको कुरा आयोजक समितिका अध्यक्ष डा. हुस्नेत आजादले बताएका छन् । गत मे १ मा सम्पन्न हुन पर्ने कार्यक्रम कोभिड १९ का कारणले स्थगित भएको थियो । सिमित कलाकर्मी र संचारकर्मीहरुको बीच  एक समारोहका बीच कार्यक्रम समापन गरिएको थियो ।   

गायक शिव परियार ,  कमेडी अभिनेता गोपाल ढकाल ,
 चलचित्र लेखक/ निर्देशक  जीवन थापा ,  बृत्तचित्र निर्देशक एवं संचारकर्मी दयाराम घिमिरे , छायांकार
रविचन्द्र कोईराला ,  लेखक तथा निर्देशक आयुष श्रेष्ठ , चलचित्र सम्पादक भुुपेन्द्र अधिकारी , गायक सुरज पौडेल ,  
भिज्युअल ईफेक्ट आर्टिष्ट अच्युत बजगाई , चलचित्र सम्पादक साहिल खान निर्णायकका रुपमा रहेको निर्णायक समितिको निर्णय अनुसार सो समारोहमा पुरस्कृत भएका चलचित्रहरुको सुची यस प्रकार छन् ।

अन्तराष्ट्रिय अवार्ड विजेता शर्ट फिल्म

टोर्टेड : डायरेक्टर अफ फोटोग्राफी (पाकिस्तान)
नक : सर्वोत्कृष्ट अन्तराष्ट्रिय स्क्रिप्ट (फिलिपिन्स)
हाउसब्रेकिंगः  सर्वोत्कृष्ट अन्तराष्ट्रिय लघु फिल्म (भारत)
हाउस ब्रेकिंगः सर्वोत्कृष्ट अन्तराष्ट्रिय निर्देशक (भारत)

राष्ट्रिय वृत्तचित्र अवार्ड विजेता

२०९७ साल (सर्वोत्कृष्ट छायांकार) :दिपेन महर्जन र मोहन कुमार
ओसिस –सर्वश्रेष्ठ राष्ट्रीय लघु वृत्तचित्र : (जैस्पर न्यौपाने, रस्मिता लिम्बु)
काठमांडू देखी गोक्यो सम्म ट्रेकिंग : (सर्वोत्कृष्ट राष्ट्रीय वृत्तचित्र फिल्म पर्यटन)  - निर्देशक माधब राज खरेल, निर्माताः कमला जोशी र पूर्ण राइ)

राष्ट्रिय चलचित्र अवार्ड विजेता

लम्फू : सर्वोत्कृष्ट अभिनेता – संजीत भंडारी
लक्ष्मी पूजा : सर्वोत्कृष्ट निर्देशक – समीर मियाँ
कुईनेटो : सर्वोत्कृष्ट छायांकार – जीवन पराजुली
कुईनेटो : सर्वोत्कृष्ट चलचित्र – निर्देशक माधव राज खरेल/ नायक श्रीदेब भट्टराई

राष्ट्रिय लघु चलचित्र अवार्ड विजेता

बिस्कुन : सर्वोत्कृष्ट नेशनल इंस्पिरेशनल – गणेश उपाध्याय
फागुनिया : सर्वोत्कृष्ट निर्देशक –सरिता शाह
जुनुको जुत्ता : सर्वोत्कृष्ट नेशनल मोटिवेशनल – केदार श्रेष्ठ
प्रिष्टः सर्वोत्कृष्ट स्क्रिप्ट लेखन – तिल थापा मगर
द रेड मून : सर्वोत्कृष्ट छायांकार – रबिन श्रेष्ठ र लुजः सिंह
वार आफ्टर वारः सर्वोत्कृष्ट राष्ट्रिय लघु चलचित्र –– राजेश श्रेष्ठ
वेदानाः सर्वोत्कृष्ट कृषि लघु चलचित्र – अशोक पाठक
कन्फिडेन्सः सर्वोत्कृष्ट एजुकेशनल लघु चलचित्र – डा. नजीम सेख

सम्मान
चलचित्रकर्मी सम्मान : ऋषि लामिछाने
संचारकर्मी सम्मान: विष्णु सुवेदी
चलचित्रकर्मी सम्मान : लक्ष्मण सुवेदी

Categorized in सिनेमा