STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वरसम्राट स्मृति साँझमा विभिन्न व्यक्तित्व सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०८१ पौष ४, बिहिबार

संगीत साधक स्वर सम्राट नारायण गोपाल गुरुवाचार्य को ३४ औं स्मृती दिवसको अवसरमा नेवाः साधना कला केन्द्र द्वारा एउटा बृहत सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । स्वर सम्राट  नारायण गोपाल गुरुवाचार्य स्मृती सांझ ११४५ को रुपमा आयोजना गरिएको सो कार्यक्रम स्वर सम्राट को तिथी अनुसार को पुण्य तिथि अर्थात थिंलागा चौथीको दिन पारेर आयोजना गरिएको कुरा आयोजक संस्था नेवाः साधना कला केन्द्रका प्रमूख बागमति भाई भनेर चिनिने सुन्दर श्रेष्ठ ले बताए । 

ललितपुर महानगरपालिका का मेयर चिरिबाबु महर्जन प्रमूख अतिथि को रुपमा उपस्थिति रहेको सो सांगीतिक कार्यक्रममा मेयर महर्जन ले आफ्नो संगीत प्रति गहिरो लगाव रहेको कुरा बताउनु भयो । उहाँले संगीत क्षेत्रको सम्बर्द्दन एवं प्रवर्द्दन गर्ने कार्यमा ललितपुर महानगरपालिका र मेयरको रुपमा आफू संधै अगाडि बढ्ने प्रतिबद्धता पोख्नु भयो । 

सो सांगीतिक कार्यक्रममा नेपालभाषा विद् पौभा सायमि , वरिष्ठ गीतकार बि नन्द वैद्य र वरिष्ठ गीतकार एवं समाजसेवी बालकृष्ण सजिव लगायत लाई सांगीतिक क्षेत्रमा उहाँहरुको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । 

साहित्यकार बिक्रम भक्त जोशीले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम आयोजक संस्था का प्रमूख सुन्दर श्रेष्ठ को सभापतित्वमा सम्पन्न भएको थियो । कार्यक्रममा वरिष्ठ ध्वनिविद् दीप तुलाधर , संगीतकार राजु सिंह , साधना कला केन्द्रका प्रमूख मिलन मोक्तान र वरिष्ठ सिने पत्रकार विजयरत्न असंबरेले स्वर सम्राट नारायण गोपालका विविध पक्षबारे कुरा राखेका थिए । दीप तुलाधर, राजु सिंह , अनिल तुलाधर, सरस्वती मानन्धर, तारा राम मुनकर्मि, सुरज कुमार, सोनी राजभण्डारी , देवेन्द्र ताम्रकार , सानुमाया धौभडेल , त्रिरत्न मानन्धर लगायत तीन दर्जन कलाकारले अाअाफ्नो प्रस्तुति दिएका थिए ।

Categorized in साहित्य-कला