STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

स्वरोजगारसहितको प्राविधिक शिक्षामा जोड

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ १८, बुधबार

मुलुकको प्राथमिकतामा रहेको प्राविधिक शिक्षा गुणस्तरीय र स्वरोजगार सिर्जना गर्ने खालको हुनुपर्नेमा मङ्गलबार यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्द्वारा आयोजित प्राविधिक शिक्षा एवं व्यावसायिक तालीमको विस्तार, विकास तथा गुणस्तर सुनिश्चितता विषयक परामर्श बैठकमा वक्ताहरूले दक्ष जनशक्ति उत्पादनमा जोड दिएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले प्राविधिक शिक्षा प्रदेश सरकारको प्राथमिकतामा रहेको बताउनुभयो । श्रम, रोजगारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न प्रदेश सरकारले बजेट विनियोजन गरेको जानकारी गराउँदै उहाँले लगानीअनुसारको प्रतिफल प्राप्त गर्नुपर्नेमा जोड दिनुभयो । काठमाडाँै विश्वविद्यालयका पूर्वडिन प्रा डा टङ्कनाथ शर्माले प्रविधि र व्यावसायिक शिक्षा तथा तालीमको सान्दर्भिकता, पहुँच र गुणस्तर विषयक कार्यपत्र प्रस्तुत गर्दै सरकारले प्राविधिक शिक्षा तथा तालीमका लागि विनियोजन गरेको बजेट पर्याप्त नभएको उल्लेख गर्नुभयो । मुलुकको कूल बजेटको १।५ प्रतिशत मात्र रकम प्राविधिक शिक्षा तथा तालीमका लागि विनियोजन हुने गरेको बताउँदै उहाँले उक्त विषयका लागि विभिन्न ११ मन्त्रालयअन्तर्गत रहेको रकमलाई बास्केटमा राखेर एकरुपता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । गण्डकी प्रदेशसभा सदस्य मीना गुरुङले प्राविधिक तथा व्यावसायिक शिक्षा उत्पादनसँग जोडिनुपर्नेमा जोड दिनुभयो । अर्का सदस्य रामजीप्रसाद बराल ९जीवन०ले मुलुकमा उत्पादित दक्ष प्राविधिक जनशक्तिलाई विदेशमा नभई स्वदेशमै रोजगार दिने वातावरण तयार गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।
Categorized in राष्ट्रिय