STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

हाइटेक प्रविधिः तरकारी खेतीका लागि उपयुक्त

Janjati Khabar – जनजाति खबर | २०७५ चैत्र १३, बुधबार

त्रिवेणी नगरपालिकाले हाइटेक प्रविधि प्रदर्शन तथा कृषि पाठशाला कार्यक्रमको शुरुआत गरेको छ । कृषि उत्पादन तथा उत्पादकत्व अभिवृद्धि गर्न र आधुनिक तरकारी खेती गर्नका लागि महिलालाई सीप सिकाउने उद्देश्यले सो कार्यक्रमको शुरुआत गरेको हो । नगरपालिकाका कृषि विकास शाखाले कार्यक्रम सञ्चालनका लागि पाँच रोपनी जग्गा भाडामा लिएका छन् । सोही जग्गामा कृषि सम्बन्धी आवश्यक सीप सिकाउन र हाइटेक प्रविधिबाट तरकारी खेती प्रदर्शन कार्यक्रमको शुरुआत गरेको हो । मौसमी तथा बेमौसमी तरकारी खेती गर्नका लागि यो प्रविधि धेरै उपयुक्त भएकाले यसको शुरुआत गरेको त्रिवेणी नगरपालिका कृषि शाखाका प्रमुख मनबहादुर रावलले बताउनुभयो । कम लागतमा बढी उत्पादन दिइने, श्रम कम लाग्ने, सिँचाइ कम र मलको समेत सदुपयोग हुनुका साथै गोडमेल गर्नु पनि नपर्ने भएकाले यो प्रविधि कृषकहरुका लागि उपयुक्त र फलदायी हुने विश्वास प्रमुख रावलको छ । त्रिवेणी नगरपालिकाका कृषि शाखाको सहयोगमा हालसम्म ७७७ कृषक हाइटेक प्रविधिबाट खेती गर्ने तालीम लिइसकेको उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय