STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘गाइजात्रा लगायत पर्वको विधि पूरा गरौँ, भिडभाड नगरौँ’ : काठमाडौँ महानगरपालिकाको अपिल

Janjati Khabar – जनजाति खबर | २०७७ श्रावण १५, बिहिबार

विजयरत्न असंबरे


काठमाडौँ महानगरपालिकासँगै उपत्यका भरी नै पछिल्लो चरण कोरोना संक्रमणको जोखिम बढ्दै गइरहेका बेला काठमाडौँ महानगरपालिकाले महानगरवासी सबैलाई सतर्कता अपनाउन अपिल गरेको छ । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले बैठकलाई सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो अपिल गर्नुभएको हो । शाक्यले अझै पनि गृह प्रशासनले असुरक्षित रुपमा उपत्यका प्रवेश गर्नेलाई नियन्त्रण नगर्ने हो भने उपत्यकाको अवस्था भयावह हुनसक्ने भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो । उहाँले संघीय सरकारले उपत्यका प्रवेश गरेपछि उनीहरुलाई पीसीआर गर्ने र उपचार गर्ने भन्दा पनि जथाभावी उपत्यका प्रवेश गर्ने कुरालाई नै प्रवेश विन्दुबाटै नियन्त्रण गर्नेमा ध्यान दिनु पर्नेमा जोड दिनुभयो । वैठक अघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.वासुदेव पाण्डेले काठमाडौँ जस्तो जनघनत्व बढी भएको ठाउँमा संक्रमण फैलियो भने जटिल समस्या आउन सक्ने भन्दै सबैलाई सचेत रहन आग्रह गर्नुभयो । उहाँले पछिल्लो समय भारतबाट विभिन्न कामका शिलसिलामा उपत्यका प्रवेश गर्नेहरुमा बढी संक्रमण देखिएको भन्दै स्वास्थ्य मन्त्रालयले नाका–नाकामा पीसीआर गर्दै आएको स्मरण गराउँदै स्थानीय तहलाई पनि त्यस्ता व्यक्ति आएको थाहा पाए अनिवार्य रुपमा १४ दिन क्वारेन्टायनमा बस्न लगाउन आग्रह गर्नुभयो । उहाँले त्योसँगै परिक्षणको दायरामा ल्याउन सहयोग पनि माग्नुभयो । त्यो भयो भने धेरै हदसम्म नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । काठमाडौँ महानगरपालिकाको पचासौँ नगर कार्यपालिका बैठकले यस्तो आग्रह गरेको हो । ‘केही दिन अघि मात्रै महावौद्धमा केहीलाई कोरोना पोजेटिभ देखिएको समाचार आयो । त्योसँगै नेपाल प्रहरी प्रधान कार्यालयमा पनि ४० बढीलाई कोरोना पोजेटिभ देखियो । यस्तो अवस्थामा २५–३० हजार मानिस एकै पटक सडकमा आउँदा नसोचेको संक्रमण फैलिन सक्छ । यही कुरालाई ध्यानमा राखेर काठमाडौँ महानगरपालिकाको नगर कार्यपालिका बैठकलले यस्तो विषम परिस्थितिमा भिडभाड गरेर जात्रा–पर्व नमनाउन सबै महानगरवासीलाई अपिल गरेको छ । दिवंगत भएका आफन्तहरुको सम्झनामा मनाउँदै आएको गाइजात्रा पर्वलाई यो पटकका लागि विधि पूरा गरेर आ–आफ्नो घरमा मात्रै मनाउन पनि उहाँले आग्रह गर्नुभयो । जात्रा–पर्व मान्ने व्यक्तिहरु नै जोखिमबाट बच्नु पर्छ भनेर हामीले यस्तो आग्रह गरिएको कुरा कामनपा सुत्र ले जनाएको छ । बैठकले काठमाडौँ महानगरपालिका विपद् व्यवस्थापन कोष (संचालन) कार्यविधि २०७७, मैतिदेवी मन्दिर व्यवस्थापन कार्यविधि, २०७७ र स्वास्थ्य संस्था दर्ता नविकरण तथा स्तरोन्नति सम्वन्धी कार्यविधी, २०७७ पनि पारित गरेको छ । त्यसैगरी काठमाडौँ महानगरपालिका वडा–९ को भवन निर्माणको भेरिएसन स्वीकृत गर्नेलगायतलाई पनि स्वीकृत गरेको छ ।
Categorized in उपत्यका