STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘प्रबज्या सम्बर’ (बरे छुइगु परम्परा)बारे प्रवचन

Janjati Khabar – विजयरत्न असंबरे | २०७७ फाल्गुण ३, सोमबार

नेवार समुदायभित्र बज्राचार्य एवं शाक्य जातिले गर्दै आएको विहार (संघ) प्रवेश गराउने परम्परा प्रबज्याभिषेक अर्थात् प्रवज्या सम्बर (बरे छुइगु) बारे प्रा.डा नरेशमान बज्राचार्यले भन्नु भइ अनुसार यो परम्पराबारे ज्ञानको कमी हुन थालेको र यसकारण परम्परा निरन्तरतामा समेत चुनौती थपिएको देखिन्छ । उहाँले यो कुरा जिसि आजु गुठी, रत्न केतु महाविहार झ्वाःबाहालले यस विषयमा अायोजना गरेको कार्यक्रममा बताउनु भएको हो ।

कार्यक्रममा बरे छुईगु अर्थात प्रबज्या सम्बर भनेको के हो ? किन गरिन्छ ?  र कसरी गरिन्छ ? भन्ने विषयमा लुम्बिनी बौद्ध विश्व विद्यालयको निवर्तमान उप कुलपति समेत रहनु भएका प्रा. डा. बज्राचार्यले प्रवचन दिनु  भएको हो । कार्यक्रममा प्रा.डा. बज्राचार्यले आजीवन जिम्मेवारी वहन गर्ने प्रतिवद्धताका साथ सदस्यता प्राप्त गर्नु नै ‘बरे छुइगु’ परम्परा हो भन्नु हुँदै १० शील पालना गर्नु, समाधि (ध्यान) गर्ने अर्थात प्राप्त ज्ञानको चिन्तन मनन गरी साक्षात्कार गर्ने, तथा बौद्ध विद्यार्थी जीवनयापन गर्ने अभ्यासको आरम्भ नै प्रवज्या सम्बर हो भनि भन्नुभयो ।

प्रबज्या सम्बर (बरे छुईगु) बारे शैक्षिक कार्यक्रम आवश्यक भएको महशुस गर्दै आयोजना गरेको नेपाल सरकारका पूर्व सह–सचिव एवं समितिका सह–संयोजक तथा संचालक आनन्दरत्न बज्राचार्यले बताउनु भयो । प्रा.डा. गौतमरत्न बज्राचार्यले स्वागत गर्नुभएको उक्त कार्यक्रममा गुथिका पाँच थकाली (ज्येष्ठ सदस्यहरु) अशोक रत्न बज्राचार्य, प्रा. डा. गौतम रत्न बज्राचार्य , मोहनमानन्द बज्राचार्य, सानुराजा बज्राचार्य र नरेन्द्र रत्न बज्राचार्यको उपस्थिति रहेको  थियो ।  उक्त कार्यक्रममा गुथिका ६ जनाको प्रवज्या सम्बर हुन गइरहेको समेत जानकारी गराइएको छ भने कार्यक्रम फागुन ५, ७, ८ र ११ गते हुने बताइएकोछ ।

Categorized in उपत्यका