STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’ : ट्याक्सी व्यवसायी

Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ १६, मंगलबार

काठमाडौं । लकडाउनका कारण लामो समयदेखि ट्याक्सी चलाउन नपाएपछि व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु मंगलबार बिहान नयाँबानेश्वर–तीनकुने सडकखण्डको किनारमा ट्याक्सी पार्क गरेर प्लेकार्डसहित शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका छन् । ट्याक्सी चालक तथा व्यवसायीहरुले ‘रोगले होइन, भोकले मर्ने भइयो सरकार’, घरबेटीले कोठा भाडा माग्यो सरकार’, ‘कि हामीलाई गरिखान देऊ, कि हामीलाई कामको व्यवस्था गरिदेऊ’, लगायतका नारा लेखिएका पर्चा शरीरमा टाँसेका छन् । सो क्षेत्रमा उल्लेख्य संख्यामा नेपाल प्रहरी र ट्राफिक प्रहरीहरु खटाइएको छ । सरकारले कोरोना संक्रमणको जोखिम रहेको भन्दै सार्वजनिक यातायातका साधन चलाउन रोक लगाएको छ । सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ ।
Categorized in राजनीति