STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०८२ बैशाख २६, शुक्रबार

    भारत-पाकिस्तान तनावले सिमावासी विस्थापित

    काठमाडौं - भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच लाइन अफ कन्ट्रोल (एलओसी) आसपासका स्थानीय विस्थापित भएका छन् । एलओसीनजिक गोली हानाहान चलिरहेकाले भारततर्फका स्थानीय आफ्ना घर छाडेर सुरक्षित स्थानको खोजीमा विस्थापित भएका छन् । भारत र पाकिस्तानबीच नयाँ स्तरमा सुरु भएको शत्रुताले सीमा क्षेत्रमा बसोबास गर्नेहरूका कठिनाइ बढाएको बीबीसीले जनाएको छ । विगतमा पनि दुई देशबीच तनाव हुँदा तथा युद्धको समयमा...

  • २०८२ बैशाख २६, शुक्रबार

    जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल

    नयाँ दिल्ली - भारतको जम्मू–कश्मीर क्षेत्रमा शुक्रबार साँझदेखि फेरि गोलाबारीको आवाज सुन्न थालिएको छ । श्रीनगरमा रहेका बीबीसीका संवाददाता माजिद जहाँगीरले कुपवाडा, करनाह, तंगधार, उरी र पुंछमा स्थानीय समय अनुसार साँझ ७ः२० बजेदेखि गोलाबारी सुरु भएको जनाएका छन् । एएनआई न्यूज एजेन्सीका अनुसार उत्तरी क्षेत्रमा गोली र विस्फोटका आवाज सुनिएको छ । पठानकोटमा पनि विस्फोटको आवाज सुनिएको बीबीसी संवाददाताले...

  • २०८१ चैत्र २०, बुधबार

    यी हुन् फोर्ब्सका नयाँ १५ अर्बपति, एक नम्बरमा एलन मस्क

    काठमाडौं - विश्वप्रसिद्ध पत्रिका फोब्सले सन् २०२५ को लागि विश्वका अर्बपतिको वार्षिक सूची सार्वजनिक गरेको छ । फोब्सले बुधबार सार्वजनिक गरेको सूचीमा एक अर्ब डलर भन्दा धेरै सम्पत्ति भएका २९३३ जनाको नाम सार्वजनिक गरिएको हो ।  उक्त सूचीको सबैभन्दा माथिल्लो स्थानमा अमेरिकी अर्बपति व्यापारी एलन मस्क रहेका छन् । अमेरिकी सरकारी प्रभावकारिता विभाग (डज) का प्रमुख समेत रहेका उनी ३०० अर्ब डलरसहित पहिलो...

  • २०८१ चैत्र १७, आइतबार

    क्यानडाका प्रधानमन्त्रीमाथि बौद्धिक चोरीको आरोप

    काठमाडौं - क्यानडाका प्रधानमन्त्री मार्क कार्नीमाथि बौद्धिक चोरी (प्लेजियरिज्म)को आरोप लागेको छ । प्रधानमन्त्री कार्नीलाई सन् १९९५ मा अक्सफोर्ड विश्वविद्यालयबाट पीएचडी गर्ने क्रममा आफ्नो शोधपत्र (थेसिस) “द डाइनामिक एड्भान्टेज अफ कम्पिटिसन”को केही अंश आधिकारिक लेखकलाई उद्वरण नगरी प्रयोग गरेको आरोप लागेको हो । समाचारपत्र “द नेसनल पोस्ट”लाई उद्धृत गर्दै बेलायतबाट प्रकाशित हुने इन्डिपिन्डेन्ट...

  • २०८१ चैत्र १७, आइतबार

    म्यान्मारमा विनाशकारी भूकम्पमा परी मर्नेको संख्या १६ सय नाघ्यो

    काठमाडौं - म्यान्मारमा गएको विनाशकारी भूकम्पपछि मर्नेहरुको संख्या बढेर १६ सय नाघेको छ । उपकरणहरुको अभाव, सञ्चार नेटवर्कको समस्या तथा सडक, पुल भत्किएका कारण जीवित व्यक्तिको खोजीमा बाधा पुगेको छ ।  भूकम्पले देशको सबैभन्दा ठूलो शहर मांडलेको अधिकांश भाग तहसनहस गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् । उद्धारकर्ताले १२ मध्यम खाले अपार्टमेन्ट उधिन्दा ३० घण्टापछि एक महिलालाई जीवितै उद्धार गरेका छन् ।...

  • २०८१ चैत्र १७, आइतबार

    म्यानमार भूकम्पमा १५ जना गैरआवासीय नेपालीको मृत्यु

    काठमाडौँ - म्यानमारमा गएको विनाशकारी भूकम्पमा परेर १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष बद्री केसीले १५ जना गैरआवासीय नेपालीको मृत्यु भएको बताएका छन् ।  ‘विनाशकारी भूकम्पमा १५ जना गैरआवासीय नेपाली सहित म्यानमारका जनताको मृत्यु भएकोमा हामी अत्यन्तै दुःखी छौँ’, उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेका छन् ।  गैरआवासीय नेपालीहरूको राहतका लागि...

  • २०८१ चैत्र १७, आइतबार

    अमेरिकाले दुई महिनामा गर्‍यो ३०० भन्दा बढी विद्यार्थी, पर्यटकको भिसा रद्द र निष्कासन

    काठमाडौं - अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आफूले पदभार ग्रहण गरेपश्चात् अनुमानित ३०० भन्दा बढी विद्यार्थी, पर्यटक र अरू व्यक्तिको भिसा रद्द गरी निष्कासन गर्ने पत्रमा हस्ताक्षर गरेको बताएका छन् । द न्युयोर्क टाइम्सका अनुसार, ती व्यक्तिहरूलाई उनीहरूको विदेश नीति प्रतिकूल धारणा राख्दा वा आपराधिक गतिविधिका कारण निष्कासन गरिएको हो । जनवरीको अन्त्यमा पदभार सम्हालेपछि उनले दैनिक रूपमा भिसा रद्द...

  • २०८१ चैत्र १०, आइतबार

    ट्रम्पले गरे पाँच लाख आप्रवासीको कानुनी मान्यता खारेज

    वासिङटन - संयुक्त राज्य अमेरिकाले शुक्रबार लाखौँ आप्रवासीको कानुनी हैसियत समाप्त गर्ने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको इतिहासकै सबैभन्दा ठूलो निर्वासन अभियान सञ्चालन गर्ने र मुख्यतः ल्याटिन अमेरिकी मुलुकबाट आउने आप्रवासीलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आउँदो वर्षको जनवरीसम्म लागु हुने यो आदेशले ट्रम्पका पूर्ववर्ती जो बाइडेनले सन् २०२२ अक्टोबरमा सुरु...

  • २०८१ चैत्र ६, बुधबार

    अमेरिकी भिसा होल्डरहरु होसियर, जुनसुकै बेला हुनसक्छ भिसा रद्द र निष्कासन

    काठमाडौं - संयुक्त राज्य अमेरिकाले भिसासम्बन्धी नीतिमा परिवर्तन गरिरहेका बेला अमेरिकी भिसाबाहकहरुलाई निगरानीमा राखिने भएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले सूचना जारी गर्दै भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम नरोकिने जनाएको छ । उनीहरुले अमेरिकी कानून र आप्रवासनका नियमहरु पालना नगरेको पाइमा जुनसुकै बेला भिसा रद्द गरेर निष्कासन गरिने समेत अमेरिकी दूतावासले जनाएको छ । उनीहरुलाई निरन्तर भिसा...

  • २०८१ फाल्गुण १८, आइतबार

    ट्रम्प र जेलेन्स्कीबीचको तनावपूर्ण वार्तापछि रूस–युक्रेन युद्ध निरन्तर

    एजेन्सी - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच शुक्रबार तनावपूर्ण भेटवार्तापछि रूससँग युद्धविरामको सम्भावना तत्काल हटेको छ । अमेरिकी राष्ट्रपतिको कार्यकक्ष ओभल अफिसमा ट्रम्प र  जेलेन्स्कीबीच वार्ता भएको थियो । विभिन्न सञ्चारमाध्यमले लाइभ गरेको करिब ५० मिनेटको वार्ताको अन्तिम दश मिनेटमा तनाव चर्किएको थियो ।   वार्ताले नराम्रो रूप लिएपछि तय गरिएको भोज...

  • २०८१ फाल्गुण १४, बुधबार

    इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प

    काठमाडौँ - इन्डोनेसियामा भूकम्प गएको छ । आज बिहान ७ः१० बजे  सुलावेसी टापु नजिक ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । जसको केन्द्रबिन्दु उत्तरी सुलावेसी प्रान्त नजिकैको समुद्रमा १० किलोमिटर (६.२ माइल) गहिराइमा रहेको बताइएको छ ।  भूकम्पको धक्काले सर्वसाधारणमा त्रासको वातावरण सृजना भएको छ । यद्यपि यस भूकम्पका कारण मानवीय क्षतिको विवरण प्राप्त भएको छैन ।  विगत केही दिनदेखि हरेक दिन कतै कतै भूकम्पको...

  • २०८१ फाल्गुण ९, शुक्रबार

    रेखा गुप्ता बनिन् दिल्लीको नयाँ मुख्यमन्त्री

    काठमाडौं - रेखा गुप्ता दिल्लीको नयाँ मुख्यमन्त्री बनेकी छिन् । उनले बिहीबार मुख्यमन्त्रीको शपथ लिएकी हुन् । बुधबार उनी भारतीय जनता पार्टीको विधायक दलको नेतामा निर्वाचित भएकी थिइन् ।  भारतको राजधानी दिल्लीमा सारा विश्वको नजर छ । यस्तो अवस्थामा रेखा गुप्ताका लागि दिल्लीको ताज सहज नहुने विश्लेषकहरू बताउँछन् । रेखा गुप्ताले दिल्लीमा कडा प्रतिपक्षको सामना गर्नुपर्नेछ । उनले पार्टीभित्र र बाहिरका...

Pages