relans
ni new 83
nib 2082 5

अन्तर्राष्ट्रिय

  • २०७५ कार्तिक १३, मंगलबार

    मेरिकामा मृत्युदण्ड

    वासिङ्टन,अमेरिकाको साउथ डकोटा राज्यमा कारागारका सुरक्षागार्डको हत्यामा दोषी पाइएका ५६ वर्षीय एकजना अमेरिकीलाई घातक सुई लगाएर सोमबार मृत्युदण्ड दिइएको छ । रोड्नी बर्गेट नामका ती व्यक्तिले सन् २०१२ मा जेल तोडेर भाग्ने असफल प्रयासमा जेलका एकजना सुरक्षागार्डको हत्या गरेका थिए । उनीमाथि दुईवटा हत्या प्रयास र एउटा बलात्कारमा समेत दोषी पाइएको थियो । उनका दाजुलाई समेत कार चोरी गर्नेक्रममा एकजनाको हत्या...

  • २०७५ श्रावण ३१, बिहिबार

    अमेरिकाः धर्मगुरुद्वारा १,००० बालबालिकामाथि यौन दुव्र्यवहा

    ह्यारिसबर्ग, अमेरिका, ३० साउन (रासस/एपी) ः एकजना धर्मगुरुले एक सात वर्षीया बालिकालाई बलात्कार गरे । अर्का धर्मगुरुले नौ वर्षका बालकलाई मुखमैथुन गर्न बाध्य तुल्याए र ती बालकको मुख शुद्ध बनाउन पवित्र पानी छर्किए । अमेरिकाको पेन्सिलभेनियास्थित रोमन क्याथोलिक चर्चका करिब ३०० धर्मगुरुबाट पीडित यी केही प्रतिनिधि बालबालिका मात्र हुन् । संसारभर चर्चा पाएको र मङ्गलबार सार्वजनिक गरिएको यससम्बन्धी विस्तृत...

  • २०७४ चैत्र ६, मंगलबार

    आज विश्व बाल रंगमञ्च दिवस: विश्व नाट्य यात्रा

    शब्द विहिन अर्जेन्टिनी नाटक / बालबालिकाका लागि अभिनय कार्यशाला आज मार्च २० विश्व बाल रंगमञ्च दिवस । बालबालिकालाई नाटकघर लैजाऔं, उनीहरु पनि देख्न, सुन्न, महसुस गर्न, सोच्न र कल्पना गर्न सक्छन् भन्ने अभियानका साथ यो दिवस आज विश्वभरी मनाइदैछ । बाल रंगमञ्च सम्बन्धी अन्तर्राष्ट्रिय छाता संगठन आसितेज इन्टरनेशनलको नेतृत्वमा मनाइने यस विश्व बाल रंगमञ्च दिवस नेपालमा आसितेज नेपालले मनाउन...

  • २०७४ फाल्गुण २४, बिहिबार

    बेइजिङद्वारा गत वर्ष २९ करोड ७० लाख पर्यटकको स्वागत

    बेइजिङ,  बेइजिङले सन् २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरेको पर्यटन व्यवसायीसम्बन्धी अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । अधिकारीहरूका अनुसार देश र विदेशका गरी २०१७ मा २९ करोड ७० लाख पर्यटकलाई स्वागत गरिएको र सो संख्या सन् २०१६ को तुलनामा ४.३ प्रतिशतले बढी हो । यस पर्यटन व्यवसायबाट ५४६.९ अर्ब युआन बराबरको आय आर्जन भएको उनीहरूले बताएका छन् । यस बर्ष ७ प्रतिशतले पर्यटन व्यवसायको आय...

  • २०७४ फाल्गुण २४, बिहिबार

    नाइजेरियामा भएको हिंसामा २४ जनाको मृत्यु

    अबुजा, नाइजेरियाको उत्तर मध्य प्रदेश बेनौ राज्यमा पछिल्लो समयमा भएका हिंसात्मक घटनाहरूमा परी कम्तीमा २४ जनाको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार पशुचौपायासम्बन्धी विवादका कारण गत सोमबारदेखि त्यस क्षेत्रमा हिंसात्मक घटना भएको हो । हिंसामा परी सबैभन्दा बढी महिला र बालबालिका प्रभावित भएको राज्य गभर्नर साम ओर्टोमले पत्रकारहरूलाई बताउनुभयो । उहाँले त्यस घटनालाई अमानवीय...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    अफगानी गुप्तचर संस्थामा कार्यरत पाँच अधिकारीको हत्या

    काबुल, अफगानिस्तान,  अफगानी गुप्तचर निकायका पाँच अधिकारी तालिवान लडाकूको उत्तरी पारवान प्रान्तमा भएका हालैका आक्रमणबाट मारिएका यहाँको खामा नामक समाचार संस्थाले बिहीबार जनाएको छ । उनीहरू सवै राष्ट्रिय सुरक्षा सचिवालयका अधिकारी रहेका बताइएको छ । बागराम जिल्लाको वरपर भएका विभिन्न घटनामा गुप्तचर अधिकारी मारिएका स्थानीय सरकारी अधिकारीले जनाएका छन् । बागरामका जिल्ला प्रशासन प्रमुख अब्दुल शुकुर...

  • २०७४ फाल्गुण ११, शुक्रबार

    सिरियामा युद्धविरामको सहमति भएन

    संयुक्त राष्ट्रसंघ, ११ फागुन  ः सिरियामा पछिल्लो समयमा हिंसा झन बढेपछि त्यहाँ केही समयका लागि मात्र भए पनि युद्धविराम गर्न प्रयास भएको छ, तर सम्भव भने हुन नसकेको बताइएको छ । पछिल्लो समयमा सिरियाली सरकारी सुरक्षाबलले यस देशको राजधानी दमासकसको पूर्वी भू–भागमा पर्ने गुटामा आक्रमण गरेको छ । सो आक्रमणमा परी सयाँै सर्वसाधारण मारिएका छन् । सिरियाली द्वन्द्वको अनुगमन गरिरहेका मानवअधिकारवादीहरुले...

Pages