STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अन्तर्राष्ट्रिय

  • २०७५ चैत्र ३, आइतबार

    बाढीमा परी इन्डोनेसियामा ६३ जनाको मृत्यु

    इन्डोनेसियामा शनिबार राती आएको बाढी पहिरोमा परी कम्तीमा ६३ जनाको मृत्यु भएको छ । घटनामा परी अरु कैयौँ बेपत्ता भएका र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या अझ बढ्न सक्ने अधिकारीहरुले बताएका छन् । देशको पपुआ प्रान्तमा पर्ने जयपुरा जिल्लामा घटना भएको खोजी तथा उद्धार कार्यालयका प्रान्तीय प्रवक्ताले आइतबार जानकारी दिनु भएको छ । अत्यधिक बर्षाका कारण जिल्लाका धेरै ठाउँमा प्राकृतिक प्रकोपका...

  • २०७५ चैत्र ३, आइतबार

    अफगानिस्तानमा आक्रमण सातको मृत्यु

    अफगानिस्तानमा शनिबार भएका दुइ छुट्टाछुट्टै आक्रमणमा परी प्रहरी एक वरिष्ठ अधिकारहरुसहित सात व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कान्दाहार प्रान्तको आर्घान्दाब जिल्लामा विस्फोट पर्दाथ विस्फोट गराएर भएको पहिलो आक्रमणमा प्रहरी प्रमुख हाजी जमारीसहित चार सर्वसाधारणको मृत्यु भएको थियो । त्यसैगरी गजनी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको बाहिरी इलाकामा शनिबार साँझ...

  • २०७५ चैत्र ३, आइतबार

    मोदीद्वारा “म पनि चौकीदार” अभियान सुरु

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी ९बिजेपी०को “म पनि चौकीदार” अभियानको शनिबार सुरुवात गर्नु भएको छ । सबै भारतीय नागरिक कसरी चौकीदार हुन् भन्ने बारेमा तयार पारिएको भिडियो ट्वीटरमा सार्वजनिक गरेर उहाँले अभियानको सुरुवात गर्नु भएको हो । “तपाईका चौकीदारहरु देशभरि सेवा गरिरहेका छन्, म एक्लो छैन । हरेक व्यक्ति जो भ्रष्टाचार, गलत काम, सामाजिक विकृतिका विरुद्धमा लड्छन्, ती सबै...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    बोइङ ७३७ उडान स्थगन गर्न ट्रम्पको आदेश

    संयुक्तराज्य अमेरिकाले सम्पूर्ण बोइङ ७३७ म्याक्स सिरिजका विमानहरु अमेरिकी आकाशमा उडान नगर्न आदेश दिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त आदेश जारी गर्दै बोइङ ७३७ म्याक्स सिरिजका विमानको उडान तत्काल स्थगन गर्ने बताउनुभयो । इथियोपियन एयरलाइन्सको विमान उडेको केही समयभित्रै दुर्घटना हुँदा त्यहाँ यात्रारत १५७ जनाको मृत्यु भएपछि विश्वव्यापी रुपमै बोइङ ७३७ सिरिजका विमानको उडान स्थगन गर्न थालिएको थियो...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    नेतन्याहु ‘निरङ्कुश’ तथा ‘बालबालिकाको हत्यारा’ ः एर्दोगान

    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले बुधबार इजरायल प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुलाई निरङ्कुश शासकको संज्ञा दिँदै उहाँले प्यालेष्टिनी बालबालिकाको सामुहिक हत्या गरेको आरोप बुधबार लगाउनुभएको छ । पछिल्लो केही दिन यता इजरायली प्रधानमन्त्री र टर्कीका राष्ट्रपति एकअर्काबीच आरोप प्रत्यारोप चलिरहेको छ । एर्दोगानले टर्कीको इस्तानबुलमा आयोजित एक ¥यालीलाई सम्बोधन गर्दै भन्नुभयो, “हे नेतन्याहु , तिमी...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    ब्राजिलको एक विद्यालयमा गोली चल्दा आठको मृत्यु

    ब्राजिलको सओ पाउलो नजिकै रहेको एक विद्यालयमा गोली चल्दा कम्तिमा केही व्यक्तिको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । प्रत्यक्षदर्शीले दिएको प्रारम्भिक सूचनामा घटनामा आठ व्यक्तिको मृत्यु भएको बताइएको छ । साओ पाउलो राज्यको सैनिक प्रहरी विभागले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, सुजानोस्थित एक विद्यालयमा अपरिचित बन्दूकधारी प्रवेश गरी अन्धाधुन्ध गोली चलाउँदा केही व्यक्तिको मृत्यु भएको छ । ब्राजिलका...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    उत्तर कोरियाका लागि मानवीय सहायता परियोजना स्वीकृत

    संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले उत्तर कोरियाका लागि पाँच वटा प्रस्तावित मानवीय सहायता परियोजनाको कार्य अघि बढाउन स्वीकृति दिएको छ । राष्ट्रसंघ सुरक्षा परिषदले लगाएका प्रतिबन्धहरुमध्ये पोषण र औषधोपचार समेतका पाँच क्षेत्रमा लागेका प्रतिबन्धहरु आंशिक फुकुवा गरेको हो । फ्रान्सेली गैरसरकारी संस्थाहरु प्रिमियर अर्जेन्स इन्टरनेसनललाई बाल पोषण परियोजना र ट्राङ्गल जेनेरेसन ह्युमानिटायरलाई बृद्धबृद्धाको...

  • २०७५ फाल्गुण ३०, बिहिबार

    सुडानी राष्ट्रपति विरुद्ध प्रदर्शन जारी, निकास निस्कने छाँट छैन

    सुडानका राष्ट्रपति ओमार अल–बासिरको राजीनामा माग गर्दै विगत तीन महिनादेखि जारी विरोध प्रदर्शनलाई अझ सशक्त बनाउने बताएका छन् । तर राष्ट्रपति बासिरले देशको शक्तिशाली सेनासँग सम्बन्ध सुदृढ बनाउनुका साथै विपक्षीका मागलाई स्वीकार्न नसकिने बताउनुभएको छ । तीन दशकदेखि गृहयुद्ध र प्रतिबन्ध सामना गरेको सुडानको सर्वोच्च नेतृत्वमा तीन दशकदेखि नै राष्ट्रपति बासिर सत्तामा हुनुहुन्छ । उहाँकै शासनकालमा तेलको धनी...

  • २०७५ फाल्गुण २९, बुधबार

    युरोपियन युनियनको कालोसूचीमा थप दश देश

     युरोपियन युनियनले करको कारण कालोसूची रहेको देशको सङ्ख्यामा वृद्धि गरेको छ ।  संयुक्त अरब इमिरेट्स, बरमुडालगायतका दश देशलाई कालोसूचीमा राखेको बताइएको छ । युरोपियन युनियनका शक्तिशाली देश इटालीको विरोधको बाबजुत पनि यी देशहरूलाई कालोसूचीमा राखिएको हो । अब युरोपियन युनियनको कालोसूचीमा रहने देशको सङ्ख्या १५ पुगेको छ । सन् २०१७ बाट युरोपियन युनियनले कालो सूचीमा राख्ने प्रक्रिया शुरु गरेको थियो ।...

  • २०७५ फाल्गुण २९, बुधबार

    जापानको वाकायामा प्रान्तमा ५।२ म्याग्नीच्युडको भूकम्प

    जापानको दक्षिणपश्चिम प्रान्त वाकायामानजिकै रहेको किइ पेनिसुलामा ५।२ म्याग्नीच्युडको भूकम्प आएको मौसम सम्बन्धि निकायले बुधबार जानकारी दिएको छ । स्थानीय समयाअनुसार बुधबार १ः५३ बजे अपराह्नमा सो भूकम्प आएको सो निकायले जानकारी दिएको थियो । यस भूकम्पपछि सुनामीको सुचना भने जारी नगरिएको सम्बन्धित अधिकारीहरुले जानकारी दिएका छन् । वाकायामा प्रान्तको सात ओटा क्षेत्रमा यस भूकम्पको कम्पन बढी महसूस गरिएको...

  • २०७५ फाल्गुण २८, मंगलबार

    हवाई आक्रमणमा परी सिरियामा ५० जना मारिए

    इस्लामिक स्टेट ९आईएस० लडाकूहरुको पकड रहेको मानिने क्षेत्रमा भएको हवाइ आक्रमणमा परी कम्तीमा ५० जना मारिएका छन् । सिरियाको राज्यद्वारा सञ्चालित समाचार संस्था सानाले जनाएअनुसार अमेरिकी नेतृत्वको सैन्य हवाई आक्रमणमा परी सोमबार मात्रै उनीहरु मारिएका हुन् । डेइर अल जौर प्रान्तमा पर्ने बाघौजमा रहेका आइएस लडाकूहरुलाई लक्षित गरी हवाई आक्रमण भएको जनाइएको छ । आक्रमणमा परी मारिएका मध्ये अधिकांश महिला र...

  • २०७५ फाल्गुण २८, मंगलबार

    उत्तर कोरियाली नेताका सौतेनी दाईको हत्या अरोपी थुनामुक्त

    उत्तर कोरियाका नेता किम जोङ उनका सौतिनी दाई किम जोङ नामको हत्या गरेको आरोपमा थुनामा रहेकी इन्डोनेशियाकी एक महिलालाई सोमबार रिहा गरिएको छ । इन्डोनेशियाकी नागरिक सिती अल्स्यान विरुद्ध दर्ता गरिएको मुद्धा फिर्ता भएकाले मलेशियाबाट उहाँलाई रिहा गरिएको अधिकारीहरुले जनाएका छन् । सन् २०१७ को फेब्रअरीमा क्वालालम्पुर विमानस्थलमा किम जोङ नामको मुखमा “भीएक्स नर्भ एजेन्ट” भनिने विषालु पदार्थ दलिदिएको आरोपमा...

Pages