अन्तर्राष्ट्रिय
-
२०७६ बैशाख ४, बुधबार
इजिप्टका राष्ट्रपतिको शासन लम्ब्याउन संसदमा मतदान
इजिप्टको संसदले राष्ट्रपति अब्देल फताह अल–सिसीको शासनकाल सन् २०३० सम्म लम्ब्याउन सक्ने गरी संविधान संशोधन प्रस्ताव पारित गरेको छ । राज्य सञ्चालित सञ्चार माध्यमका अनुसार, संसदले देशको सेनालाई मुलुकको राजनीतिक मामिलामा प्रवेश गराउने तथा न्यायपालिकामाथि राष्ट्रपतिले बढी नियन्त्रण गर्न पाउने प्रावधान समेत पारित गरेको छ । राष्ट्रपति सिसी देशको सैनिक नेतृत्वबाट राजनीतिमा प्रवेश गर्नुभएको हो । संसदले...
-
२०७६ बैशाख ४, बुधबार
भारतमा बिहीबार दोस्रो चरणको निर्वाचन
भारतमा लोकसभाको दोस्रो चरणको निर्वाचन बिहीबार हुँदैछ । भारतीय निर्वाचन आयोगले दोस्रो चरणको चुनावअघि पश्चिम बंगाल राज्यमा विशेष चुनाव पर्यपेक्षकहरु खटाएको जनाएको छ । आयोगले बिहारका प्रमुख निर्वाचन अधिकारी अजय नायकलाई विशेष पर्यवेक्षकमा नियुक्त गरेको हो । पहिलो चरणको चुनावमा पश्चिम बंगालका कूच बेहार र अलिपुरदुआर चुनाव क्षेत्रमा मतदान भएको थियो भने बाँकी ४० स्थानका लागि विभिन्न छ चरणमा चुनाव हुँदैछ ।
-
२०७६ बैशाख ४, बुधबार
एक्काइस तालिबान मारिए, २१ गाउँ पुनः कब्जा
अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिबान लडाकूविरुद्ध जारी सुरक्षा कारबाहीको क्रममा २१ तालिबान सशस्त्र विद्रोही मारिएका छन् । सो कारबाहीपछि तालिबानको नियन्त्रणमा रहेका विभिन्न २१ ओटा गाउँ यहाँको सुरक्षा निकायले फिर्ता गरेको पनि समाचारमा जनाइएको छ । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकरी दिनुभएको छ । घाज्नी प्रान्तको प्रान्तीय राजधानी गजनी शहरको कानूनअनुसार सो गाउँ...
-
२०७६ बैशाख ४, बुधबार
इन्डोनेसियामा चुनाव सम्पन्न, कडा प्रतिस्पर्धाको सम्भावना
इन्डोनेसियामा राष्ट्रपति र संसदका लागि बुधबार भएको आमनिर्वाचनको मतदान समय समाप्त भएको छ । पूर्वदेखि पश्चिमी भाग करिब पाँच हजार किलोमिटर दूरी रहेको तथा ससाना हजारौं द्वीप रहेको मुस्लिम बहुल राष्ट्र इन्डोनेसियाको चुनाव व्यवस्थापन निकै जटिल मानिन्छ । राष्ट्रपति जोको विडोडो पनि चुनावी मैदानमा हुनुहुन्छ । उहाँलाई पूर्व सैनिक जनरल प्रावोओ सुबियान्तोले कडा टक्कर दिनुभएको मतसर्वेक्षणहरुले देखाएका छन् ।...
-
२०७६ बैशाख ४, बुधबार
जथाभावी छुरा प्रहार गरी दक्षिण कोरियामा पाँचको हत्या १३ घाइते
दक्षिण कोरियाको दक्षिणपश्चिमी क्षेत्रको एक गाउँमा जथाभावी छुरा प्रहार गरी कम्तीमा पाँच जना नागरिकको हत्या गरिएको छ । यसरी मारिनेमा सर्वसाधारण नागरिक परेका छन् । त्यस्तै अरु १३ जना छुरा प्रहारबाट नराम्ररी घाइते भएका छन् । एकजना स्थानीयले आफ्नो अपार्टमेन्टमा आगो लगाएको र आगो लागेपछि भाग्ने क्रममा भाग्न खोज्ने नागरिकलाई छुरा हानिएको बताइएको छ । सो अपार्टमेन्टको चौथो तल्लामा एकजना ४२ वर्षीय स्थानीय...
-
२०७६ बैशाख ४, बुधबार
धूलो सहितको आँधीका कारण भारतमा ३५ जनाको मृत्यु
भारतको विभिन्न राज्यमा मङ्गलबार राति बेमौसमको वर्षापछि आएको घूलो सहितको आँधीमा परी कम्तीमा ३५ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चाार माध्यमका अनुसार राजस्थान राज्यमा परेको चट्याङका कारण चार बालबालिका सहित ११ जनाको मृत्यु भएको छ । त्यसगरी पश्चिम राज्य गुजरातको कैयांै जिल्लामा आएको धूलो सहितको आँधीमा परी कम्तीका नौ जनाको मृत्यु भएको छ । भारतको गुजरात र अहमदाबाद राजकोट, पटना लगायत अन्य कैयौं...
-
२०७६ बैशाख ३, मंगलबार
रिपब्लीकन पार्टीबाट बिल वेल्डको उम्मेदवारी
रिपब्लीकन पार्टीका तर्फबाट सन् २०२० को अमेरिकी राष्ट्रपतिका लागि बिल वेल्डले उम्मेदवारी दिएको घोषणा गर्नुभएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प नै रिपब्लीकन पार्टीका तर्फबाट उम्मेदवार हुने तयारी भइरहेका समयमा बिल वेल्डले उम्मेदवारी घोषणा गर्नुभएको हो । विपक्षी डेमोक्र्याटिक पार्टीका तर्फबाट १८ जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । अमेरिकी म्यासाचुसेट्स राज्यका ७३ वर्षीय पूर्व गभर्नर बिल वेल्डले ट्विट...
-
२०७६ बैशाख ३, मंगलबार
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा निन्दा
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले तालिबानले हालैमात्र आक्रमणका घटनाहरुलाई बढाई देशभित्र आक्रामक कारबाही गर्ने भनी दिएको अभिव्यक्तिको निन्दा गरेको छ । तालिबानका तर्फबाट आएको भनिएको यस्तो कारबाहीप्रति सुरक्षा परिषदले दुःख पनि व्यक्त गरेको छ । तालिबानको यस्तो कारबाहीबाट कसैलाई फाइदा नपुग्ने र यसले देशमा थप हिंसा बढाउने, नागरिकमा समस्या थप्ने र देशमा थप विनाश निम्तिने धारणा पनि राखेको समाचारमा...
-
२०७६ बैशाख ३, मंगलबार
उत्तरी अफगानिस्तानमा छ जना लडाकू मारिए
अफगानिस्तानको उत्तरी कुन्दुज प्रान्तमा सेनाको गोप्य कारबाहीमा कम्तीमा छ जना तालिबानी लडाकूको मृत्यु हुनुका साथै अरु नौ जना घाइते भएका छन् । अफगान रक्षा मन्त्रालयका अनुसार प्रान्तीय राजधानी कुन्दुजको बाहिरी इलाकाको काकारमा सेनाको गोप्य कारबाहीबाट ती लडाकू मारिएका हुन् । उक्त कारबाहीका क्रममा तालिबान लडाकूका तर्फबाट पनि गोली चलाइएको सेनाले जनाएको छ । सेनाद्वारा जारी अर्को विज्ञप्तिमा उक्त कारबाहीका...
-
२०७६ बैशाख ३, मंगलबार
नोट्रे–ड्याम आगलागीः पुनर्निर्माण गर्ने म्याँक्रोको प्रतिबद्धता
फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नोट्रे–ड्याम क्याथिड्रलमा लागेको भिषण आगो मङ्गलबार बिहान नियन्त्रणमा आएको छ । आगलागीबाट क्याथिड्रलको शिखर र छाना भत्किएर भुँइमा झरेको छ । फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रुपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ । हजारौं पेरिस निवासी र पर्यटकहरुले क्याथिड्रल ९गिर्जाघर० नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको...
-
२०७६ बैशाख २, सोमबार
झारखण्डमा प्रहरी र नक्सलबीच भिडन्त, ४ जनाको मृत्यु
भारतको झारखण्ड राज्यको बेल्भाघाट जङ्गल क्षेत्रमा केन्द्रीय प्रहरी बल ९सीआरपिएफ० र नक्सलबादीबीच सोमबार बिहानै भएको दोहोरो गोली हानाहानमा तीन जना नक्सल र एक जना प्रहरीको मृत्यु भएको छ । प्रहरीका अनुसार सोमबार बिहान ६ बजे बेल्भाघाटको वन क्षेत्रमा दोहोरो भिडन्त भएको थियो । “दुर्भाग्यबस, भिडन्तमा एक प्रहरी जवानको पनि मृत्यु भयो,” सिआरपिएफले जनाएको छ । भिडन्तमा मारिएका नक्सलबाट प्रहरीले एउटा एके–४७...
-
२०७६ बैशाख २, सोमबार
पुटिन र किमबीच पूर्वी रुसमा भेटवार्ताको तयारी
उत्तर कोरियाली नेता किम जोङ–अनले अर्को साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग पूर्वी रुसमा भेटवार्ता गर्ने सम्भावना रहेको अधिकारीहरुले बताएका छन् । चीनमा आयोजना हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनेक्रममा रुसको पूर्वी क्षेत्रको भ्रमणमा आउन लाग्नुभएका रुसी राष्ट्रपति पुटिनसँग किमले भेटवार्ता गर्ने सम्भावना छ । स्रोतले योनहापलाई भनेको छ, “रुसी राष्ट्रपति पुटिन अप्रिल २४ मा रुसको पूर्वी...


