STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

अपराध-दुर्घटना

  • २०७६ श्रावण २, बिहिबार

    एक वर्षमा १४६ को मृत्यु

    गत आर्थिक वर्षमा जिल्लामा सवारी दुर्घटनाका कारण १४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २९५ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । अघिल्लो आर्थिक वर्षमा २७१ दुर्घटनामा १३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ । दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको...

  • २०७६ श्रावण २, बिहिबार

    महोत्तरीमा २४ सडक बाढीले क्षति

    एक साताको अविरल वर्षासँगैको बाढीले महोत्तरी जिल्लाका सडक सञ्जाल अस्तव्यस्त भएका छन् । गत असार २५ गते मध्यरातदेखि परेको पानीसँगैको बाढीले जिल्लाका २४ सडक सञ्जाल अवरुद्ध भएको जिल्ला दैवी प्रकोप उद्धार समितिले जनाएको छ । जिल्लाका मुख्य ४२ सडकमध्ये २४ मा व्यापक क्षति भएको हुँदा यातायात सञ्चालनमा कठिनाइ परेको छ । तराई–मधेशको ‘लाइफलाइन’ भनिएको हुलाकी सडक, बर्दिवास–जलेश्वर सडक, जलेश्वर–जनकपुर सडक,...

  • २०७६ श्रावण २, बिहिबार

    मेक्सिको सीमामा थप सैनिक परिचालन

    अमेरिकी रक्षा मन्त्रालयले मेक्सिकोसँगको सीमामा थप करिब दुई हजार १०० सेना परिचालन गर्न लागेको जनाएको छ । आप्रवासीको समस्या थप जटिल बन्न लागेको भन्दै अमेरिकी गृह प्रशासनको अनुरोधमा सेना थप गर्न लागेको रक्षा मन्त्रालयले स्पष्ट गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिणी सीमाबाट अवैध आप्रवासीको अमेरिका आगमनमा कडाई गर्ने घोषणा गरेयता मेक्सिको सीमाक्षेत्रमा अमेरिकी सैनिकको संख्या बढ्दै गएको छ...

  • २०७६ श्रावण १, बुधबार

    विपी राजमार्गमा शव बरामद

    महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–३ गौरीडाँडाका ३६ वर्षीय श्रवण थापा सडकमै मृत फेला परेका छन् । विपी राजमार्ग बर्दिवास–सिन्धुली–बनेपामार्ग को बर्दिवास–३ गौरीडाँडाको स्मृतिपार्क नजिकै मङ्गलबार मध्यरातमा थापा मृत फेला परेका हुन् । रात्रि नियमित गस्तीमा निस्केको प्रहरीले शव बरामद गरेको हो । घोप्टो परेको अवस्थामा मृत फेला परेका थापाको टाउको पछाडि चोट देखिएको छ । शव नजिकै थापाको प्रदेश–०२–००१प ३०५४...

  • २०७६ श्रावण १, बुधबार

    बुहारीद्वारा सासूको हत्या

    धुलिखेल नगरपालिका–१ देवीटारमा गए राति बुहारीद्वारा वृद्ध सासूको हत्या भएको छ । राति १० बजे घरायसी विवादका क्रममा सुन्तली तामाङले लछारपछार पार्दै सिमेन्टको भित्तामा टाउको ठोक्काएर ६३ वर्षीया सासु माइलीमाया तामाङको हत्या गरेको इलाका प्रहरी कार्यालय बनेपाका इन्चार्ज प्रहरी निरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार टाउको र पेटमा गम्भीर चोट लागेको माइलीमायाको उपचारका क्रममा बनेपास्थित...

  • २०७६ श्रावण १, बुधबार

    बन्दुकसहित अवैध चोरी शिकार गर्ने तीन पक्राउ

    अवैध चोरी शिकारको आरोपमा तीन पक्राउ परेका छन् । जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको अवस्थामा एकनाले बन्दुकसहित श्यामलाल थारूलाई पक्राउ गरिएको छ । बर्दियाको बारबर्दिया नगरपालिका–१० लम्कीफाँटा बस्ने थारूले जङ्गली जनावर चित्तलको शिकार गरी लुकाइछिपाई राखेको भन्ने सूचना प्राप्त भएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय ठाकुरद्वारा बर्दियाबाट खटिई गएको...

  • २०७६ श्रावण १, बुधबार

    ‘लापसे’ जाँच्न ‘किट’ को अभाव

    जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन लापसे जाँचको योजना छ तर, लापसे गरे÷नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन । प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”, उहाँले भन्नुभयो, “स्थानीय तह या अन्य कुनै निकायको सहयोग चाहिन्छ ।” ‘टेस्ट किट’ को प्रयोगले सजिलै लागुऔषध प्रयोगकर्ताको पहिचान हुने उहाँको भनाइ छ । गर्भ...

  • २०७६ श्रावण १, बुधबार

    ‘पेनगन’सहित एक पक्राउ

    एक लागुपदार्थ प्रयोगकर्तालाई ‘पेनगन’सहित आज सार्वजनिक गरिएको छ । पोखरा महानगरपालिका–२४ कास्कीकोट स्थायी घर भई हाल वडा नं– ७ को मासबारमा बस्दै आएका २४ वर्षीय सागर रानाभाटबाट बरामद गरिएका सात थान गोलीसहित पेनगन र लागुपदार्थ आज आयोजित पत्रकार सम्मेलनमा प्रहरीले सार्वजनिक गरेको छ । पोखरामा पेनगनसहित पहिलोपटक एकजना पक्राउ परेका छन् । सामान्यतया कलम आकारको ‘पेनगन’ टुप्पोपट्टिको भाग लेख्न मिल्ने...

  • २०७६ आषाढ ३१, मंगलबार

    ४३ केजी लागुऔषध चरेससहित पक्राउ

    चितवनमा लागुऔषध चरेससहित एक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यको कमाण्डमा खटिएको प्रहरी टोलीले गए राति ८ः२० बजे भारत मोतिहारी घर भई चितवनको रत्ननगर नगरपालिका–२ स्थित छोरीको घरमा बस्दै आएकी अन्दाजी ७० वर्षीया नुर्जाहा खातुनलाई प्रतिबन्धित लागुऔषध ४३ केजी चरेससहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक एकनारायण...

  • २०७६ आषाढ ३१, मंगलबार

    चन्दका चार कार्यकर्ता पक्राउ

    नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका कास्की जिल्ला सेक्रेटरी जङ्गबहादुर भण्डारी, कास्की जिल्ला घर भएका अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष काजी गुरुङ, रुकुम घर भएका अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य...

  • २०७६ आषाढ ३१, मंगलबार

    पहिरोले दुई घर पुरिँदा दुई बेपत्ता

    उदयपुर जिल्लाको रौतामाई गाउँपालिकाको वडा नं १ र ८ मा पहिरोले दुई घर पुरिँदा र बगाउँदा दुई बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गए राति १ः०० बजे गएको पहिरोका कारण रौतामाई गाउँपालिका–८ का रीतबहादुर रिठ्ठामगरको घर पहिरोले पुरेको छ । राति माथिल्लो डाँडाबाट खसेको पहिरोले घर पुरिँदा रीतबहादुरका ५६ वर्षीय आमा रणमाया मगर पहिरोले पुरिएर बेपत्ता भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै...

  • २०७६ आषाढ ३१, मंगलबार

    प्राकृतिक बहाव रोक्दा क्षति

    जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हुँदाहुँदै पनि असार २६ देखि परेको अविरल वर्षाका कारण मुलुकले नसोचेको धनजनको क्षति बेहोर्नुप¥यो । गृहमन्त्रालयको अभिलेखमा बाढी, पहिरो र डुबानका कारण आज मध्याह्नसम्ममा ७८ जनाले ज्यान गुमाइसकेका छन् भने ३० भन्दा बढी बेपत्ता छन् । विज्ञका अनुसार बाढीको प्राकृतिक बहावलाई रोक्दा बढी क्षति पुगेको छ । दीर्घकालीन योजनामा कमजोरी हुँदा पनि अहिले क्षति बेहोर्नुपरिरहेको...

Pages