अपराध-दुर्घटना
-
२०७६ आषाढ १९, बिहिबार
अनुगमनमा म्याद नाघेका औषधि
कालीगण्डकी गाउँपालिकाले बुधबार गरेको बजार अनुगमनका क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधि फेला पारेको छ । गाउँपालिकाको वडा नं ७ स्थित मिर्मीबजारमा रहेका पसलमा अनुगमन गर्ने क्रममा म्याद नाघेका खाद्यवस्तुका साथै औषधिसमेत भटिएको गाउँपालिकाका प्रशासकीय प्रमुख गणेश खनालले बताउनुभयो । अनुगमनका क्रममा सुरज मेडिकलहलबाट १० प्रकारका म्याद नाघेका औषधि जफत गरेको र अन्य किराना पसलबाट जुस, बिस्कुट, सोडा,...
-
२०७६ आषाढ १९, बिहिबार
महोत्तरीमा लाखौँको लुटपाट, एक पक्राउ, तीन घाइते
महोत्तरीको बर्दिवासमा डाँकाको एक समूहले क्रमबद्ध रूपमा दुई घरमा डकैती गरेको छ । गए राति बर्दिवास नगरपालिका वडा नं ६ र ७ मा पर्ने प्रेमनगरमा सो समूहले रु १५ लाख बराबरको धनमाल लुटेर फरार भएको हो । वडा नं ७ का रामसुनर महतोे र वडा नं ६ को चन्देश्वर महतोको घरमा सो समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यस्तै सोही क्रममा स्थानीय वडहरिखोलामा गाउँले र डाँकाबीच केहीबेर झडपसमेत...
-
२०७६ आषाढ १८, बुधबार
बोक्सीविरुद्धको अभियान सम्पन्न
समाजमा यदाकदा देखिने बोक्सी कुप्रथा जस्ता अन्घविश्वास र कुरीतिको अत्न्यका लागि जनचेतना अभिबृद्धि गर्ने उदेश्यले सञ्चालन गरिएको अभियान मङ्लबार सम्पन्न भएको छ । बोक्सी हुन्न कहिल्यै राष्ट्रिय जागरण प्रतिष्ठान नेपालको आयोजना तथा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको संयोजनमा प्रदेशका विभिन्न १० जिल्लामा बोक्सी सो अभियान सञ्चालन गरिएको थियो । अभियानअन्तर्गत जिल्लामा सचेतनामूलक चलचित्र ‘अग्निदहन’...
-
२०७६ आषाढ १८, बुधबार
म्याग्दी नदीले बगाएर दुई बालक बेपत्ता
पौडी खेल्ने क्रममा म्याग्दी नदीले बगाउँदा बेनी नगरपालिका वडा नं ३ दुधेखोलाका दुई बालक बेपत्ता भएका छन् । मङ्गलबार बेलुका ४ः३० बजे म्याग्दी नदीमा पौडी खेल्दा बेनपा–३ भकिम्लीका ११ वर्षीय प्रदीप रोका र बागलुङ घर भई हाल बेनपा–३ दुधेखोलामा मामाको घरमा बस्दै आएका अर्का बालक डेविड काउचा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता बालकको खोजीकार्य भइरहेको र...
-
२०७६ आषाढ १८, बुधबार
चन्दननाथका चोरिएका मूर्ति भेटिएनन्
प्रसिद्ध चन्दननाथ मन्दिरबाट चोरी भएका मूर्ति अझै भेटिएका छैनन् । २०७३ सालको मङ्सिर १२ गते खलङ्गा बजारस्थित चन्दननाथ मन्दिरबाट मुख्य मानिएको दत्तात्रेयलगायतको २१ थान पुरातात्विक महत्वका मूर्ति चोरी भएका थिए । चोरी भएको झन्डै एक महीनासम्म स्थानीयवासीले दैनिकजसो प्रशासन घेराउलगायत विरोधका विभिन्न कार्यक्रम सञ्चालन गरेका थिए । तत्कालीन प्रहरी महानिरीक्षक नवराज सिलवालसहित केन्द्रीय अनुसन्धान ब्यूरोको...
-
२०७६ आषाढ १८, बुधबार
एघार सय लिटर अवैध घरेलु मदिरा नष्ट
प्रहरीले स्याङ्जाका विभिन्न भेगबाट एक हजार १०० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ अभियानअन्तर्गत मङ्गलबार गल्याङ नगरपालिका, पुतलीबजार नगरपालिका र फेदीखोला गाउँपालिकाका विभिन्न भेगबाट ठूलो परिमाणमा अवैध घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नवीनकृष्ण भण्डारीले बताउनुभयो । गल्याङ प्रहरी चौकीबाट...
-
२०७६ आषाढ १८, बुधबार
बस दुर्घटनामा १५ घाइते
अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नं २ को झकालेमा आज बिहान बस दुर्घटना हँुदा १५ घाइते भएका छन् भने चारको अवस्था गम्भीर रहेको अछामका प्रहरी प्रमुख जनकबहादुर शाहीले जानकारी दिनुभएको छ । महेन्द्रनगरबाट बाजुराका लागि छुटेको पवनदूतको ना७ख २५६४ नम्बरको बस सडकबाट २५ मिटर तल खसेको थियो । दुर्घटनामा घाइतेको उद्धार गरेर बयालपाटा अस्पतालमा उपचार शुरु गरेको शाहीले बताउनुभयो । बस विपरीत दिशाबाट आइरहेको...
-
२०७६ आषाढ १८, बुधबार
लागुऔषधसहित दुई पक्राउ
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले लागुऔषधसहित दुईलाई पक्राउ गरेको छ । प्रभागको टोलीले राजविराजबाट काठमाडौँ आउँदै गरेको ना५ख ७८७५ नंको यात्रुवाहक बस जाँचका क्रममा सिरहाका २७ वर्षीय विवेक चौधरी र नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको ना५ख ८७४१ नंको बस जाँचका क्रममा बाँकेका २४ वर्षीय विप्लव शाहीलाई मङ्गलबार साँझ पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी निरीक्षक कुमारविक्रम थापाले...
-
२०७६ आषाढ १८, बुधबार
बाघको जुँगा उखेल्नेलाई पाँच लाख जरिवाना
मरेको बाघको जुँगा उखेल्नुलाई परम्परागत नेपाली समाजमा पुरुषार्थ मानिँदैन । तर वातावरण सचेत आधुनिक राज्यमा त्यो विषय महङ्गो पर्छ । बर्दिया जिल्ला अदालतले हालैको आफ्नो फैसलामा यसको पुष्टि गरिएको छ । गेरुवा गाउँपालिका–४ शान्तिपुर धकनिया निवासी सुन्दरलाल चौधरीले मरेको बाघको जुँगा उखलेर घरमा लुकाएको आरोपमा रु पाँच लाख जरिवाना तिर्नुपरेको छ । उनलाई बाघ मारेको आरोपसमेत लगाई पक्राउ गरिएको थियो । तर बाघ...
-
२०७६ आषाढ १७, मंगलबार
छात्रामा अनौठो समस्या, १२ छात्रा एकैसाथ बेहोस
कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । बिहानीको विद्यालय समयमा छात्राहरु बर्बराउने, मान्छे नचिन्ने, छट्पटाउने र बेहोस हुने गरेका छन् । कक्षा ७ र ८ मा अध्ययनरत १३ देखि १८ वर्ष उमेर समूहका १२ छात्रा सोमबार बेहोस भएका हुन् । उनीहरुको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भएको छ । विद्यार्थीमा कन्र्भसन डिसअर्डर ९मास हिस्टेरिया०...
-
२०७६ आषाढ १७, मंगलबार
एकै रात पाँच घरमा लुटपाट र चोरी
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकामा गए राति पाँच घरमा चोरी भएको छ । वडा नं २ भुर्कीका कैलु चौधरी, सुनिल चौधरी, परमेश्वर राम, जङ्गल राम र झमेली सदाको घरमा चोरी भएको हो । मूलढोकामा लगाएको ताला फुटाई परमेश्वर रामको घरबाट नगद रु ४० हजार, चाँदीको आठ तोलाको पाउजु र पाँच तोलाको ब्रासेट, मोबाइल र टर्च चोरी भएको पीडितले बताउनुभयो । यसैगरी कैलु चौधरीको घरबाट नगद रु पाँच हजारका साथै कानमा लगाएको आधा...
-
२०७६ आषाढ १७, मंगलबार
सिनामङ्गलमा दुर्घटना १७ यात्रु घाइते, दुईको अवस्था गम्भीर
काठमाडौँको सिनामङ्गलमा सवारी दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् । आज बिहान गौशालाबाट कोटेश्वर जाँदै गरेको बा५ख ५१०० नंको माइक्रोबस र कोटेश्वरबाट गौशाला जाँदै गरेको बा१ज ९७६६ नंको बस एकापसमा ठोक्किँदा १७ यात्रु घाइते भएका हुन् । घाइतेमध्ये दुई गम्भीर रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक रविराज पौडेलले जानकारी दिनुभयो । घाइतेको सिनामङ्गलस्थित काठमाडौँ मेडिकल कलेजमा...


