STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

खेलकुद

  • २०७८ आश्विन ५, मंगलबार

    ईपीएलको लागि बुकिङ खुल्ला

    काठमाडौं - आगामी शनिबारदेखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल)को चोथो संस्करणमा दर्शकले अनुमति पाउने भएका छन् । असोज ९ गतेदेखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चल्ने प्रतियोगिताका लागि ईपीएलले टिकट मुल्य सार्वजनिक गरेर बुकिङसमेत खुला गरिसकेको छ । आयोजकले प्रभु पेमार्फत टिकट बुकिङसमेत खुला गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलका लागि सामान्यतर्फको टिकट दुई सय र भीआईपीतर्फको...

  • २०७८ आश्विन ५, मंगलबार

    नेपालको एसियन कप खेल्ने सपना अधुरै

    काठमाडौं - हङकङसँग गोलरहित बराबरीमा रोकिएपछि नेपालको एएफसी महिला एसियन कप–२०२२ छनोटको यात्रा समाप्त भएको छ । उज्वेकिस्तानमा भइरहेको समूह एफ अन्तर्गतको दोस्रो खेलमा मंगलबार नेपाल हङकङसँग गोलरहित बराबरीमा रोकिएसँगै नेपाल समूह चरणमा जितविहीन रहँदै बाहिरियो । पहिलो खेलमा फिलिपिन्ससँग २–१ गोलले पराजित भएको नेपालले एसियन कप पुग्ने सम्भावना कायम राख्न नेपालले हङकङलाई पराजित गर्नैपर्ने थियो । पहिलो खेलमा...

  • २०७८ आश्विन ४, सोमबार

    ओमानविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको जित

    काठमाडौँ -  ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाल विजयी भएको छ । आईसीसी विश्वकप क्रिकेट लिग- २ अन्तर्गतको आइतबारको खेलमा नेपाल ७ विकेटले विजयी भएको हो । अल अमेरत मैदानमा भएको खेलमा ओमानले दिएको १२२ रनको लक्ष्य नेपालले ३१.४ ओभर बाँकी रहँदै पूरा गर्दै पछिल्लो तीन हारको बदला समेत लिएको छ । ओमानले नेपाललाई यही प्रतियोगिताको पछिल्लो तीन खेलमा हराइसकेको छ ।  नेपालको लागि बलिङमा करन केसी र...

  • २०७८ भाद्र ३१, बिहिबार

    सन्दीप ओडिआई वरियताको शीर्ष सयमा

    काठमाडौं - नेपाली क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरियता शीर्ष एक सयमा परेका छन् । याे सँगै उनी नेपालबाट शीर्ष एक सय ओडिआई वरियतामा पर्ने पहिलो खेलाडी बनेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ९१ औं स्थानमा छन् । सन्दीपभन्दा पछि न्युजिल्यान्डका तीव्र गतिका बलर काइल जेमिसन ९५ औं र वेस्टइन्डिजका ओशान थोमस ९४...

  • २०७८ भाद्र २९, मंगलबार

    नेपाल ओमानसँग ५ विकेटले पराजित

    पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेललाई गुमाएर खराब सुरुआत गरेको नेपाल आईसीसी क्रिकेट विश्वकप लिग–२ मा घरेलु टोली ओमानसँग ५ विकेटले पराजित भएको छ ।  मंगलबार ओमानको मस्कटस्थित अल अमारत क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका थिए । तर कप्तानको निर्णयलाई नेपाली ब्याट्सम्यानले न्याय गर्न सकेनन् । ओपनर आरिफ शेखले ९० रन बनाउनुबाहेक अन्यले उल्लेख्य...

  • २०७८ भाद्र २४, बिहिबार

    नवौं सस्करणको कीर्तिपुर नगरव्यापी वडास्तरीय पुरुष तथा महिला बास्केटबल प्रतियोगिता २०७८ शनिबारदेखि

    कीर्तिपुर बास्केटबल एसोसिएसनको आयोजनामा ऐतिहासिक नगर कीर्तिपुर नगरपालिकाभित्र प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको अन्तर वडा बास्केटबल प्रतियोगिता यस वर्ष पनि हुने भएको छ । आउँदो भाद्र २६ गतेदेखि असोज २ गतेसम्म कीर्तिपुरको १० वडास्थित बास्केटबल कभर्ड हलमा उक्त प्रतियोगिता हुने जानकारी आयोजक कीर्तिपुर बास्केटबल एसोसिएसनका अध्यक्ष विकु महर्जनले दिनुभएको छ । कीर्तिपुर नगरपालिका र कीर्तिपुर बास्केटबल...

  • २०७८ भाद्र २०, आइतबार

    एक गोल फर्काए पनि नेपाल भारतसँग २-१ ले पराजित

    काठमाडौं - भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण फुटबल खेल नेपालले २–१ ले गुमाएको छ । नेपालका तेज तामाङले ८६ औं मिनेटमा एक गोल फर्काए पनि त्याे जितकाे लागि पुग्न सकेन र नेपाल भारतसँग पराजित हुन पुग्यो । बिहीबार भएको मैत्रीपूर्ण खेल १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो । भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे ।  दुई टोलीबीचको...

  • २०७८ भाद्र १७, बिहिबार

    नेपाल र भारत मैत्रीपूर्ण फुटबल : १-१ गोलको बराबरी

    काठमाडौं - नेपाल र भारतबीचको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको छ । काठमाडौँको दशरथ रंगशालामा भएको खेलमा नेपालले ३५ औं मिनेटमा अग्रता लिएको थियो । नेपालका लागि अन्जन विष्टले गोल गरेका थिए । भारतले दोस्रो हाफमा गोल फर्काउँदै बराबरी बनाएको थियो । खेलको ६० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले पोस्टमा गरेको प्रहार पोलमा लागेर फर्किएको बलमा अनिरुद्र थापाले गोल गरेका हुन् । नेपालले गाेल...

  • २०७८ भाद्र १५, मंगलबार

    नेपाल र पिएनजीबीचको खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्सबाट

    काठमाडौं - नेपाल र पपुवा न्युगिनीबीचको दुई ओडिआई खेलको एक्सन स्पोर्ट्सले प्रत्यक्ष प्रसारण  गर्ने भएको छ । प्रत्यक्ष प्रसारणका लागि नेपाल क्रिकेट संघ (क्यान) र डिश मिडिया नेटवर्क प्रा.ली बीच मंगलबार सम्झौता भएको छ । क्यानका कोषाअध्यक्ष रोशन कुमार सिंह र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। एक्सन स्पोर्ट्सले महिला प्रधानमन्त्री कप, प्रधानमन्त्री...

  • २०७८ भाद्र १३, आइतबार

    नेपाली क्रिकेट टोलीका मुख्य प्रशिक्षकले दिए राजीनामा

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन् । उनले ओमानमा जारी विश्व क्रिकेट लिग - २ पछि लागू हुनेगरी उनले राजीनामा दिएको बताइएको छ । भारतीय समाचार संस्था टाइम्स नाउ न्यूजले ह्वाटमोरको राजीनामा पत्र आफूसँग रहेको दाबी गरेको छ । ह्वाटमोरले महामारीका समयमा परिवारलाई समय दिन नसकेकाले यस्तो कठिन निर्णय गरेको राजीनामा दिएको पत्रमा उल्लेख  गरेको सो सञ्चार माध्यमले...

  • २०७८ भाद्र ९, बुधबार

    प्रशिक्षक अल्मुताइरीले लेखे- आई एम आउट

    नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा दिने संकेत गरेका छन् । राष्ट्रिय खेलकुद परिषद्ले बनाएको छानबिन समितिले एन्फासँग गरेको सम्झौता अनुसार मात्र काम गर्नुपर्ने र विवाद सिर्जना हुने खालका कुनै पनि गतिविधि नगर्न सचेत गराउने सिफारिस गरेपछि अल्मुताइरीले राजीनामा दिने संकेत गरेका हुन् । राजीनामा दिने संकेत गर्दै उनले फेसबुकमा लेखेका छन्- आई एम आउट, लेट...

  • २०७८ भाद्र ६, आइतबार

    विश्वकप क्रिकेट लिग टू का लागि नेपाली टोलीको घोषणा

    काठमाडौं - आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमानबीच ओमानमा हुने त्रिकोणात्मक सिरिज र पपुवा न्युगिनी (पिएनजी) सँग हुने दुई एक दिवसीय सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान) ले आज १७ सदस्यीय नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ । ज्ञानेन्द्र मल्लको कप्तानीमा सिरिज भ्रमण गर्न लागेको टोलीमा तीब्र गतिका बलर गुल्सन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । मेयर्स कप...

Pages