राजनीति
-
२०७९ जेठ १, आइतबार
कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उठेका उम्मेदवार निर्वाचित
काठमाडौं - काभ्रेको नमोबुद्ध नगरपालिका- १ मा स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेका छन्। नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति एवं नमोबुद्ध नगरपालिका- १ को वडा सभापतिसमेत रहेका स्वतन्त्र उम्मेदवार प्रेम लामाले निर्वाचनमा वडा अध्यक्ष जितेका छन्। नेपाली कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका लामाले पार्टीकै उम्मेदवारलाई हराउदै निर्वाचन जितेका हुन्। स्वतन्त्र उम्मेदवार लामाले ५ सय...
-
२०७९ जेठ १, आइतबार
अहिलेसम्म कांग्रेस ७, एमाले ६ र माओवादी २ स्थानीय तहमा विजयी
काठमाडौं - शुक्रबार सम्पन्न स्थानीय तहको चुनावको नतिजा आउने क्रम जारी छ । हालसम्म नेपाली १७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । हालसम्मको नतिजाअनुसार नेपाली कांग्रेसले ७ स्थानीय तहको प्रमुख जितेको छ । त्यस्तै एमालेले ६ तथा माओवादी केन्द्रले २ स्थानीय तह जितेको छ । एकीकृत समाजवादीले पनि दुई स्थानीय तह प्रमुखमा जितेको छ । नेपाली कांग्रेसले जितेका स्थानीय तह मोहन सिंह लालचनप्राप्त मत :७६०घरपझोङ...
-
२०७९ बैशाख ३१, शनिबार
भरतपुर महानगरपालिकाको मतगणना सुरु
काठमाडौँ - भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । विहान ११ बजेपछि महानगरको वडा नम्बर १ख बाट मतगणना सुरु भएको हो । भरतपुरमा सत्ता गठबन्धनबाट मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेनु दाहाल रहेकी छन् भने एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् ।
-
२०७९ बैशाख ३१, शनिबार
धुलिखेल–१ मा कांग्रेस विजयी, मेयरमा स्वतन्त्रको अग्रता
काठमाडाैं - काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका सन्तबहादुर लामा विजयी भएका छन् । उनी ५ सय ७३ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी रहेका एमाले उम्मेदवारले ४ सय ६७ मत ल्याएका छन् । वडा नम्बर १ मा १२ सय ८४ मत खसेको थियो । मेयरमा भने स्वतन्त्र उम्मेदवार विदुरकुमार बस्नेतले अग्रता कायमै राखेका छन् । उनले ५ सय ७२ मत ल्याउँदा नेकपा एमालेका अशोकुमार ब्याञ्जुले ४...
-
२०७९ बैशाख ३०, शुक्रबार
गोरखाको ताराखसे मतदान केन्द्रमा गोली चल्यो
काठमाडौं - स्थानीय तह निर्वाचनअन्तर्गत गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर २ स्थित ताराखसे मतदान केन्द्र (सिद्धकाली मावि)मा गोली चलेको छ। मतदानका क्रममा कांग्रेस, माओवादी र एमालेका कार्यकर्ताबीचको विवाद उग्र रुप लिँदा स्थिति तनावग्रस्त बनेका बेला अज्ञात व्यक्तिले गोली चलाएको हो। निर्वाचन अधिकृत खिमानन्द गौतमले अज्ञात व्यक्तिले गोली चलाएको र अनुसन्धान भइरहेको जानकारी दिए। उनकाअनुसार ५५...
-
२०७९ बैशाख ३०, शुक्रबार
गोपनियता उल्लंघनमा बाबुराम भट्टराईलाई निर्वाचन आयोगले काट्यो पत्र
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। मतपत्रको गोपनियता उल्लंघन गरेको भन्दै आयोगले शुक्रबार भट्टराईलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न पत्र काटेको हो। आयोगले भट्टराईलाई निर्वाचन (कसूर तथा सजाय) ऐनको दफा ९ को (२) बमोजिम किन कारवाही नगर्ने भनि सोधेको छ। स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार विहान मतदान गरेका...
-
२०७९ बैशाख ३०, शुक्रबार
काभ्रेको मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर
काठमाडौं - काभ्रेको तेमाल गाउँपालिका-७ चापाखोरिको भुमेश्वर मावि मतदान केन्द्रमा झडप हुँदा हवाइ फायर भएको छ। इच्छाइएको व्यक्तिको मतदान गर्ने विषयमा युवाहरुबीच झडप हुँदा हावाइ फायर गरिएको जिल्ला प्रहरी प्रमुख चक्र राज जोशीले जानकारी दिए। अवस्था सामान्य लिनको लागि प्रहरीले १ राउन्ड हवाइ फायर भएको प्रहरिले जनाएको छ। मतदान रोकिएको केही समयपछि सुचारु गर्नको लागि छलफलमा रहेको प्रहरीले जनाएको छ।...
-
२०७९ बैशाख ३०, शुक्रबार
काठमाडौँ प्रमुख पदका उम्मेदवार स्थापित र सिंहद्वारा मतदान
काठमाडौँ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार केशव स्थापितले मतदान गर्नुभएको छ । स्थानीय तह निर्वाचन अन्तर्गत नेकपा (एमाले)का उम्मेदवार उहाँले बागबजारस्थित पद्यकन्या क्याम्पसमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । यसैगरी काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गर्नुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा...
-
२०७९ बैशाख २९, बिहिबार
निर्धक्क भएर मतदान गर्नुस् : प्रधानमन्त्री देउवा
काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले देउवाले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापन चुस्त–दुरुस्त बनाएको बताएका छन् । एक अपिल जारी गर्दै उनले भोलि (शुक्रबार) हुने स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न पनि अपिल गरेका छन् । ‘बालिग मताधिकार तपाईं–हाम्रो संवैधानिक अधिकार र लोकतन्त्रको आधारस्तम्भ हो । स्थानीय तहदेखि नै लोकतान्त्रिक...
-
२०७९ बैशाख २९, बिहिबार
मौन अवधिमा भोट मागेको भन्दै 'प्रचण्ड'लाई ८ घन्टे स्पष्टीकरण
काठमाडौं - निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ८ घन्टे स्पष्टीकरण सोधेको छ। मौन अवधिमा छोरीको पक्षमा भोट मागेको भन्दै आयोगले ८ घन्टाभित्र लिखित जवाफ पेश गर्न माग गरेको हो। प्रचण्डले बिहीबार बिहान ७:१५ बजे माडी नगरपालिकाको होटल प्याराडाइजमा गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरुसहित करिब ३० जना व्यक्तिहरुसँग भेटघाट गरेको आरोप आयोगको छ। 'भरतपुर महानगरपालिका वडा...
-
२०७९ बैशाख २९, बिहिबार
कांग्रेसका पूर्वसांसदसहित ५ जना निलम्बनमा
काठमाडौं - नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीको विधान र अनुशासन विपरीत काम गरेको भन्दै चितवनका पूर्वसांसद भीमबहादुर श्रेष्ठसहित थप पाँच जनालाई निलम्बन गरेको छ । पूर्वसांसद श्रेष्ठ, नेपाल तरुण दलका पूर्व केन्द्रीय सदस्य शम्भु प्रसाद अर्याल, तरुण दलका पूर्व जिल्ला सचिव आनन्दराज राउत,क्षेत्रीय प्रतिनिधि सूर्य बस्नेत र क्रियाशील सदस्य डा. केशव पौडेललाई पार्टी सदस्यबाट निलम्बन गरेकाे हो...
-
२०७९ बैशाख २९, बिहिबार
कामपाको प्रमुखका उम्मेदवारले कहाँबाट गर्दैछन् मतदान ?
काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवारी दिनुभएका सिर्जना सिंहले वडा नम्बर १६ र केशव स्थापितले वडा नम्बर २८ बाट मतदान गर्ने हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट कामपाको प्रमुखको लागि उम्मेदवारी दिनुभएको सिंहले कामपाको वडा नम्बर १६ स्थित युवक माविबाट मतदान गर्ने बताइएकोे छ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० को तर्फबाट प्रमुख पदको उम्मेदवारी दिनुभएका स्थापितले वडा नम्बर २८ स्थित पद्यकन्या...


