STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

राजनीति

  • २०७७ पौष २८, मंगलबार

    निर्वाचन तयारी थाल्न गृहमन्त्रीको निर्देशन

    काठमाडाैं – गृहमन्त्री रामबहादुर थापा 'बादल'ले देश प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेकोले निर्वाचन सुरक्षाका लागि आवश्यक तयारी थाल्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका छन् । सोमबार गृहमन्त्रालयमा भएको बैठकमा गृहमन्त्री थापाले आगामी निर्वाचनको आवश्यक तयारी थाल्न सुरक्षा निकालयलाई निर्देशन दिएका हुन् । बैठकमा सहभागी भएका अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विगतका निर्वाचनमा भएको खर्च...

  • २०७७ पौष २८, मंगलबार

    प्रचण्ड–नेपाल समूहले निलम्बन गरे प्रदेश १ का मुख्यमन्त्रीलाई

    नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई निलम्बन गरेको छ । प्रदेश १ संसदीय दलले मुख्यमन्त्री राईसहितका आठ जनालाई सांसद पदबाट निलम्बन गरेर कार्यान्वयनका लागि प्रदेशसभामा सिफारिस गरेको छ । प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की, भूमि कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर, भौतिक पूर्वाधार...

  • २०७७ पौष २७, सोमबार

    सिंहदरबारमा पृथ्वी जयन्ती मनाउने र प्रहरीबीच झडप

    काठमाडौं – पृथ्वी जयन्तीका अवसरमा सोमबार राजधानीमा र्‍याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबीच झडप भएको छ । पृथ्वीनारायण शाहको २९९ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले निकालेको र्‍यालीका क्रममा भद्रकालीमा प्रहरीसँग धकेलाधकेल भएको हो । सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न अघि बढेका उनीहरूलाई प्रहरीले रोक्ने क्रममा झडप भएको हो । बाजागाजासहित र्‍यालीमा...

  • २०७७ पौष २६, आइतबार

    राष्ट्रपतिद्वारा राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य

    राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा ९३ को उपधारा २ बमोजिम आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेकी हुन् । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रियसभाको चालू अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो । यो अधिवेशनमा चार वटा बैठक मात्र भएका छन् । सातौँ अधिवेशनमा संवैधानिक परिषद्,...

  • २०७७ पौष २६, आइतबार

    प्रधानमन्त्रीलाई राष्ट्रियसभामा कसले के साेधे ?

    काठमाडाैँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दलीय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमामाथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गरेको बताएका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा सदस्यहरुको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्र गरी सेरेमुनियल रुपमा राखेको भन्दै राष्ट्रपति प्रति पुरातनवादी सोचका मान्छेहरु र...

  • २०७७ पौष २६, आइतबार

    ओलीको कदमविरुद्ध बयलगाडा प्रदर्शन

    धनगढी – प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सुदूपश्चिम प्रदेशको धनगढी बयलगाडा प्रदर्शन भएको छ। ओलीले असंवैधानिक ढंगले संसद् विघटन गरेको र देशमा अस्थिरता निम्ताएको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहको अनेरास्ववियू जिल्ला कमिटी कैलालीले आइतबार प्रदर्शन गरेको हो । धनगढीको क्याम्पस चोकदेखि पार्क मोडसम्म बयलगाडा जुलुस निकालिएको थियो । प्रदर्शनकारीले प्रतिनिधिसभा विघटन...

  • २०७७ पौष २६, आइतबार

    प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। आइतबार बिहान साढे ११ बजेका लागि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। ‘साढे १० बजे फोन गरेर साढे ११ बजे मन्त्रिपरिषद बैठक बस्ने जानकारी दिएको हो’, ती मन्त्रीले भने, ‘बैठकका एजेन्डाबारे कुनै जानकारी आएको छैन।’ मन्त्रिपरिषद्को नियमित बैठक सोमबार र बिहीबार बस्दै आएको छ। तर, आइतबार...

  • २०७७ पौष २५, शनिबार

    रुन्चेपिन्चे कुराले ओली प्रतिगमन सच्याउन सकिन्न : बाबुराम भट्टराई

    काठमाडौँ - पूर्वप्रधानन्त्री तथा जनता समाजवादी पार्टीको जनपरिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले ओलीको आत्मालोचनाले पार्टी एकता हुन नसक्ने टिप्पणी गरेका छन् ।  शुक्रबार सामाजिक सञ्जालमा ट्वीटरमा लेख्दै उनले गल्ती स्वीकार गरेर, रुन्चेपिन्चे कुरा गरेर ओली प्रतिगमन सच्याउन नसकिने बताएका हुन् । भट्टराईले लखेका छन् ,’ओलीले गल्ती स्वीकार गरेमा, आत्मालोचना गरेमा, कान समातेमा, पार्टी एकता हुनसक्छ, संगै...

  • २०७७ पौष २४, शुक्रबार

    ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवा प्रमकाे सम्बाेधनस्थलबाट पक्राउ

    काठमाडौं - धनगढीमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा ‘निर्मला पन्तको बलात्कारी खै?’ लेखेको टिसर्ट लगाउने युवालाई प्रहरीले पक्राउ गरेको छ। शुक्रबार धनगढीमा भएको कार्यक्रममा आफ्नो टिसर्टमा निर्मला पन्तको बलात्कार र न्यायको खोजीसँग सम्बन्धित नाराहरु लेखिएको टिसर्ट लगाएका युवाहरुलाई प्रहरीले पक्राउ गरेको हाे । २०७५ साउनमा महेन्द्रनगर उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको...

  • २०७७ पौष २४, शुक्रबार

    संविधान बमोजिम नै संसद विघटन सिफारिस : प्रधानमन्त्री ओली

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले संविधान बमोजिम नै संसद विघटन सिफारिस गरेको बताएका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले धनगढीमा शुक्रबार भएकोमा आमसभालाई सम्बोधन गर्दै यस्ताे बताएका हुन् उनले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरे। उनले भने, ‘प्रतिनिधिसभा विघटन असंवैधानिक छ भनेर हल्ला चलाइरहेकाहरुलाई एक पटक संविधान पढ्न आग्रह गर्न चाहन्छु ।’ ‘६४...

  • २०७७ पौष २३, बिहिबार

    सरकारकाे वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाइयाे

    काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल सरकारको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिवेदन बुझाएका छन् । नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम उनले सो प्रतिवेदन बुझाएका हुन् । नेपालको संविधानको भाग ४ मा उल्लिखित राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयनका सम्बन्धमा गरेका काम तथा प्राप्त...

  • २०७७ पौष २३, बिहिबार

    प्रचण्ड-माधव र ओलीकाे लडाइँमा पेलिए प्रदेश १ का मुख्यमन्त्री र मन्त्री

    विराटनगर । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राई र मन्त्रीसहित ८ जनासँग स्पष्टिकरण माग गरेको छ । नेकपा ओली समूहले प्रचण्ड माधव समूहका १६ सांसदलाई कारवाही गरेको एक सातापछि बुधबार प्रचण्ड– माधव समूहले मुख्यमन्त्री राईसहित आठ जनासँग २४ घण्टे स्पष्टिकरण सोधेको हो । स्पष्टिकरण सोधिएकालाई प्रचण्ड– माधव समूहले निलम्बन गर्ने तयारी गरेको छ ।...

Pages