राजनीति
-
२०७७ माघ ५, सोमबार
मुख्यमन्त्री राईविरूद्ध अविश्वास ल्याएका तीन सांसद पछि हट्ने
काठमाडाैं – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड-नेपाल समूहका तीनजना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन् । प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनामा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन्। ‘घोषणा गरिसकेका छैनौं’, गजमेरले भनिन्, ‘तर, हामी त्यो...
-
२०७७ माघ ४, आइतबार
प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दै’मा
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आजआइतबार भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र विषयवस्तुबारे आइतबारदेखि मात्र सुनुवाइ शुरु भएको हो । दोस्रो सत्रको आजको बहसमा रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेलले विघटन मुद्दा राजनीतिक विषय मात्र भनी अदालत पन्छिन नमिल्ने बताए । संवैधानिक इजलासमा आज भएको...
-
२०७७ माघ ४, आइतबार
प्रधानमन्त्रीको हैसियतमा गरेका कामको जवाफदेहिता लिन ओली तयार
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफदेहिता लिन तयार रहेको बताएका छन् । आइतबार अखिल नेपाल महिला संघको काठमाडौँमा आयोजित केन्द्रीय कमिटीको दोस्रो बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको हैसियतमा गरेका कामहरुको जवाफ लिन तयार रहेको बताएका छन्। आफुले संविधानसम्मत् तथा कानुनसम्मत् काम गरेकोले जवाफदेहिता लिने उनको भनाई छ । आफुले गरेको काम...
-
२०७७ माघ ४, आइतबार
निरंकुशताको डरलाग्दो षडयन्त्र भयाे : प्रचण्ड
काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भइरहेको बताएका छन् । आइतबार प्रचण्ड-माधव पक्षीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई निरंकुशताको ठाउँमा पुर्याउने डरलाग्दो षडयन्त्र भएको बताएका...
-
२०७७ माघ ४, आइतबार
निर्वाचन आयोगमा सर्वदलीय छलफल
काठमाडौं – निर्वाचन आयोगले आज सर्वदलीय छलफल गर्दैछ । छलफलका लागि दलका प्रतिनिधिहरुलाई आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले आगामी निर्वाचन, मतदाता नामावली, मतदान स्थल तथा मतदान केन्द्रका विषयमा दलहरुसँग छलफल गर्न लागिएको जानकारी दिए । आयोगले नेकपाका दुवै पक्ष, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा,...
-
२०७७ माघ ४, आइतबार
विघटन मुद्दामा आजदेखि निरन्तर सुनुवाइ
काठमाडौं – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबार संवैधानिक इजलासमै सुनुवाइ गर्ने तय गरेपछि आइतबारबाट विषयवस्तुमा प्रवेश गरेर बहस शुरु हुनेछ । उक्त विवादमा...
-
२०७७ माघ ४, आइतबार
काठमाडौंमा माघ ९ गते दाहाल-नेपाल समूहको प्रदर्शन
काठमाडौँ – नेकपाको दाहाल–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार बसेको केन्द्रीय संघर्ष समिति बैठकले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा जुलुसहित अपराह्न १२ बजे रत्नपार्कमा एकीकृत प्रदर्शन गर्ने निर्णय गरेको हाे । जनअधिकारको रक्षाका लागि प्रदर्शन गर्न लागिएको जानकारी दिँदै समितिका सहसंयोजक योगेशकुमार भट्टराईले प्रतिनिधिसभाको...
-
२०७७ माघ ४, आइतबार
नेपाल फर्किए परराष्ट्र मन्त्री
काठमाडाैँ – परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले आफ्नो भारत भ्रमणले दुई देश बीचको मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई मजबुत पार्न योगदान पुगेको बताएका छन् । नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारत भ्रमणमा गएका परराष्ट्रमन्त्री ज्ञवाली शनिबार नेपाल फर्किएका हुन् । भ्रमणले नेपाल र भारतबीच रहदै आएको घनिष्ठ, मैत्रिपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप मजबुत पार्न...
-
२०७७ माघ ३, शनिबार
ओलीलाई स्पष्टिकरण र विष्णु पौडेललाई कारवाही गर्ने प्रचण्ड-माधव समूहकाे निर्णय
काठमाडाैँ - नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड माधव पक्षको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले पार्टीको विधान,उद्देश्य र लक्ष्य विपरित काम गरेको भन्दै प्रधानमन्त्री ओलीलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । बैठकले महासचिव विष्णु पौडेललाई पनि पार्टी निर्णय विपरित गतिबिधि गरेको भन्दै कारवाही...
-
२०७७ माघ ३, शनिबार
नेपाल–भारत बैठक : सीमा विवाद समाधानमा दुवै देश सकारात्मक
काठमाडाैँ - नेपाल र भारतका विदेशमन्त्रीहरूको शुक्रवार दिल्लीमा भएको बैठकमा कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित दुईदेशबीच देखिएका सीमा समस्या समाधान गर्ने विषयमा छलफल भएको छ । शुक्रबार भारतको राजधानी नयाँदिल्लीमा बसेको नेपाल–भारतको संयुक्त आयोग (जेएमसी)को छैटौं बैठकमा नेपालले कालापानी, लिपुलेक, लिम्पियाधुरा सहित सीमा विवादको प्रसंग उठाएको थियो । जवाफमा भारतले यी विषय प्राविधिक टोली मार्फत हल...
-
२०७७ माघ २, शुक्रबार
न्यायाधीश–प्रधानमन्त्री भेटसम्बन्धमा इजलासमै आपत्ति
काठमाडौं – संसद विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ । रिट निवेदक तथा विघटित प्रतिनिधिसभा सदस्य शशी श्रेष्ठले पुस २६ र २७ गते ४ न्यायाधीशहरुले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमा आपत्ति जनाएकी हुन् । उनले मुद्दा चलिरहेको बेला विपक्षी प्रधानमन्त्रीसँग इजलासमा रहेका...
-
२०७७ माघ २, शुक्रबार
संसद विघटन निर्णयको सक्कल सर्वाेच्चबाटै फिर्ता, बहसमा प्रश्न उठाइयो
काठमाडौं – सरकारले सर्वोच्च अदालतमा बुझाएको प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय र राष्ट्रपतिसमक्ष पेश गरेको सिफारिसको सक्कल सर्वोच्च अदालतबाट फिर्ता लगेको छ । संसद विघटन असंवैधानिक भएको भन्दै रिट परेपछि सर्वोच्चले ५ पुसमा बसेको मन्त्रिपरिषदको निर्णय र राष्ट्रपतिसमक्ष पेश भएको सिफारिसको सक्कल पनि माग गरेको थियो । मन्त्रिपरिषदको कार्यालयले भने एकपटक सर्वाेच्चमा बुझाएकाे सबै...


