राजनीति
-
२०७६ बैशाख ९, सोमबार
काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको देउवाको दावी
नेपाली काङ्ग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काङ्ग्रेस कमजोर प्रतिपक्ष नभएको बताउनुभएको छ । संसद्मा प्रतिपक्षको भूमिका निर्वाह गरेपनि कहिल्यै कमजोर नभएको उहाँको जिकिर थियो । झापाको चन्द्रगढी विमानस्थलमा आज पत्रकारसँगको कुराकानीमा सभापति देउवाले काङ्ग्रेसलाई भोट दिने बेला अरूलाई दिएर प्रतिपक्षमा बलियो उपस्थिति नभएको भन्दै काङ्ग्रेसको बदनाम गर्न खोजेको आरोप लगाउनुभयो ।...
-
२०७६ बैशाख ८, आइतबार
सहमति, सहकार्य र एकताका साथ अघि बढ्नुपर्छ – नेत्री कोइराला
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न सकेको छैन् ।” पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेतृ कोइरालाले काङ्ग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति÷व्यक्ति दोषी भएको उल्लेख...
-
२०७६ बैशाख ८, आइतबार
नेकपाः पार्टी एकताका बाँकी काम अन्तिम निष्कर्षमा
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताउनुभएको छ । नेकपाको ७० आँै स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भन्नुभयो, “आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ । नेताको अनुहार हेरेर होइन, निश्चित,...
-
२०७६ बैशाख ६, शुक्रबार
युवालाई समृद्धिको सहयोगी बनाउनुुपर्छ युवा नेता पौडेल
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले युवालाई समृद्धिको लागि सहयोगी बनाउनुपर्ने बताउनुभएको छ । तनहुँको शुक्लागण्डकीमा बिहीबार भएको शुभकामना आदानप्रदान कार्यक्रममा नेता पौडेलले देशमा संरचना नयाँ बने पनि सोच नयाँ बन्न नसकेको बताउनुभयो । निर्वाचित जनप्रतिनिधिले नयाँ सोचका साथ आफूलाई अघि बढाई रोजगारीका लागि युवा जनशक्ति विदेश जानुपर्ने अवस्था अन्त्य गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो...
-
२०७६ बैशाख ६, शुक्रबार
सरकारले काम गर्न सकेन ः सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले जनताको हितमा काम गर्न नसकेको बताउनुभएको छ । नेपाल विद्यार्थी सङ्घको ४९औँ स्थापना दिवसका अवसरमा नेविसङ्घ काठमाडौँले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान’ कार्यक्रममा उहाँले सरकार विरुद्ध आन्दोलन गर्नुपर्ने बेला आएको बताउनुभयो । “निर्मला हत्याकाण्डका हत्यारालाई सरकारले बचाउने काम गरिरहेको छ, महङ्गी बढेको छ, कर बढेको छ, वर्तमान सरकारको...
-
२०७६ बैशाख ६, शुक्रबार
अब एकता प्रक्रिया लम्बाउनु हुँदैन ः नेता भुसाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीको एकता प्रक्रिया अब नलम्बिने बताउनुभएको छ । एकतामा ढिलाइ हुँदा तल्लो तहसम्मकै पार्टी सदस्य उकुसमुकुसमा रहेको भन्दै उहाँले एकतालाई छिटो टुङ्ग्याउनुपर्ने दबाब सिर्जना भएको उल्लेख गर्नुभयो । कम्युनिष्ट आन्दोलनका योद्धा तथा गायक प्रचण्डबहादुर बुढाथोकीको छैठौँ दिनको पुण्यतिथिमा नेपाल कम्युनिष्ट पार्टी नेकपा पश्चिम नवलपरासीले...
-
२०७६ बैशाख ५, बिहिबार
‘जनप्रतिनिधि नै डोजर मालिक नबन्नुहोस्’
प्रतिनिधिसभा सदस्य पार्वती विशुन्खेले जनप्रतिनिधिलाई डोजर मालिक नबन्न सुझाव दिनुभएको छ । “जनप्रतिनिधि आफैँले डोजर किनेर काम गर्नु राम्रो होइन”, सांसद विशुन्खेले भन्नुभयो, “जनप्रतिनिधिले डोजर मालिक बनेर आफैँले बनाएको नीति नियम मिच्नु हुँदैन ।” दैलेखको नौमूले गाउँपालिकामा आयोजित स्थानीय तहका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा सांसद विशुन्खेले भन्नुभयो, “जनप्रतिनिधि नै डोजर मालिक बनेपछि स्थानीय...
-
२०७६ बैशाख ३, मंगलबार
केही दिनभित्रै पार्टी एकता निष्कर्षमा ः नेता आचार्य
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गतेभित्रमा पार्टी एकताले मूर्तरुप लिने बताउनुभएको छ । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पु¥याउने कसरतमा जुटेको बताउनुभएको हो । उहाँले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर...
-
२०७६ बैशाख २, सोमबार
नेकपाको सबै वडा कमिटी एकीकरण
नेपाल कम्युनिष्ट पार्टी नेकपा तनहँुको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहँुका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । व्यास नगरपालिका–१० को अध्यक्षमा साबिक...
-
२०७५ चैत्र २९, शुक्रबार
नयाँ वर्ष पार्टी एकताका लागि सभापति देउवा
नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताउनुभएको छ । नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उहाँले नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो । उहाँले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई...
-
२०७५ चैत्र २९, शुक्रबार
राप्रपाको हस्ताक्षर सङ्कलन
राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्रको पुनःस्थापनाको माग गर्दै करीब २० लाख हस्ताक्षर सङ्कलन गरेको छ । पार्टीले यही चैत १७ गतेदेखि चैत मसान्तसम्म देशभर सञ्चालन गरेको हस्ताक्षर अभियानमा सङ्कलन भएका ती हस्ताक्षर सरकारलाई बुझाइने प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो । यसअघि पार्टीले मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्राअन्तर्गत हिन्दू राष्ट्रको पुनःस्थापना, राजासहितको लोकतन्त्र स्थापनाका...
-
२०७५ चैत्र २८, बिहिबार
सबै राजनीतिक परिवर्तन सहमतिबाटै ः अध्यक्ष दाहाल
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै राजनीतिक परिवर्तन राष्ट्रिय सहमतिबाटै सफल भएको बताउनु भएको छ । भरतपुर महानगरपालिका–४ लङ्कूमा निर्मित जेम्स वल्र्ड फन पार्कको आज उद्घाटन गर्दै उहाँले राजनीतिक स्थायित्वको स्थिति राष्ट्रिय सहमतिबाटै बन्न सफल भएको बताउनुभयो । राष्ट्रिय सहमतिले मात्रै ठूलाठूला परिवर्तन ल्याउन सकिएको बताउँदै दाहालले...


