राष्ट्रिय
-
२०७६ फाल्गुण ५, सोमबार
३०० वर्ष पुरानो ऐतिहासिक ‘निगु पुखुः’ पुनर्निर्माण शुरु
मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण सम्पन्न गरेको नगरपालिकाले आजदेखि ठूलो पोखरीको संरक्षण तथा पुनर्निर्माण शुरु गरेको हो । पोखरीको पुनर्निर्माणको आज वाग्मती प्रदेशका प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास...
-
२०७६ फाल्गुण ५, सोमबार
‘मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभएको छ । मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ, यस्तो कार्य प्रजातन्त्र र...
-
२०७६ फाल्गुण ५, सोमबार
चौथो इन्द्रदह पर्यटन उत्सव हुने
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो । पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न पर्यटन उत्सव...
-
२०७६ फाल्गुण ५, सोमबार
मातृभाषामा पनि राष्ट्रियगान हुनुपर्ने माग !
सन्दर्भ : अन्तर्राष्ट्रिय मातृभाषा दिवस काठमाडौं– अन्तर्राष्ट्रिय मातृभाषा दिवस यही फेब्रुअरी २१ (फागुन ९ गते) काठमाडौंमा पनि विविध कार्यक्रम गरी मनाइने भएको छ । अन्तर्राष्ट्रिय मातृभाषा दिवस जनस्तरीय अभियानको आयोजनामा सो दिन काठमाडौंको असनमा एक वृहद् कार्यक्रमको आयोजना गरिने भएको छ । मातृभाषा दिवस मनाउने सन्दर्भमा फागुन ४ गते आइतबार जनस्तरीय अभियानले एक अन्तक्र्रिया कार्यक्रम गरेको थियो ।...
-
२०७६ फाल्गुण ५, सोमबार
‘चीन, हामी साथ छौं’
काठमाडौं– कोरोना भाइरस संक्रमणबाट चीनका जनता दुःखी हुनुपरेकोले ‘चीन, हामी साथ छौं’को नारा दिई एक सान्त्वना कार्यक्रमको आयोजना गरियो । अरनिको कल्चर व्यापार प्रबद्र्धन समाजको आयोजनामा पाटनमा उक्त नारासहितको ब्यानर राखिएको छ । ब्यानर प्रदर्शनीमा नागरिक अगुवा, विभिन्न क्षेत्रका व्यक्तित्वहरु तथा स्कुलका विद्यार्थीहरु जम्मा भएका थिए । कार्यक्रममा आयोजक संस्थाका पदाधिकारीहरुले नेपाल र चीनको सम्बन्ध...
-
२०७६ फाल्गुण ५, सोमबार
बाक्लो हिउँका कारण हेलिकोप्टर अवतरण हुन सकेन
जिल्ला सदरमुकाम खलङ्गाबाट आज बिहान कालापानी क्षेत्रको निरीक्षण भ्रमणमा निस्कनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेल हवाई निरीक्षण गरेर फर्किनुभएको छ । व्यास क्षेत्रमा हेलिकोप्टर अवतरण गर्न बाक्लो हिउँ जमेका कारण हवाई निरीक्षण गरेरै फर्किनुभएको हो । त्यस क्षेत्रमा बाक्लो हिउँ परेका कारण हेलिकोप्टरबाटै अतिक्रमित क्षेत्रको निरीक्षण गरेर फर्किएको टोलीमा सहभागी सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला जोशी...
-
२०७६ फाल्गुण ५, सोमबार
पूर्वसभामुख महरालाई सफाइ
जिल्ला अदालत काठमाडौँले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको बलात्कारको प्रयासको मुद्दामा सफाइ दिएको काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार आनन्दप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । न्यायाधीश अम्बरराज पौडेलको इजलासले आज सफाइ दिने फैसला गरेको हो ।
-
२०७६ फाल्गुण ५, सोमबार
लमजुङ दरबारमा प्रहरी पोष्ट
बँसीसहर नगरपालिका र जिल्ला प्रहरी कार्यालयको सहकार्यमा बेँसीशहर नगरपालिका–३ गाउँशहरस्थित लमजुङ दरबार परिसरमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले आइतबार पोष्टको शुभारम्भ गर्दै सुरक्षा निकायले इमान्दार, कर्तव्यनिष्ठ र जिम्मेवारीपूर्वक काम गर्दै नागरिक तथा स्थानीयको मन जित्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक...
-
२०७६ फाल्गुण ५, सोमबार
शाक्यको अन्त्यष्टी सम्पन्न
काठमाडौं– नेपाली कांग्रेसका नेता एवं तत्कालीन ललितपुर उपमहानगरपालिकाया मेयर बेखारत्न शाक्यको अन्त्यष्टि फागुन ५ गते सोमबार पाटनको शंखमुलमा सम्पन्न भयो । शाक्यको निधन आइतबार भएको थियो । उहाँको पार्थिव शरीरमा छोरा रोशन शाक्यले दागबत्ती दिएका थिए । अन्तिम संस्कारमा नेपाली कांग्रेसका नेताहरु रामचन्द्र पौडेल, प्रकाशमान सिंहलगायतकाले श्रद्धाञ्जलि अर्पण गरेका थिए । ८८ वर्षीय दिवंगत शाक्यका एक छोरा र...
-
२०७६ फाल्गुण ५, सोमबार
महासङ्घ ध्यानाकर्षण
नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सच्याउन माग गरेको छ । महासङ्घका केन्द्रीय महासचिव रमेश विष्टसहितका पदाधिकारीको टोलीले आइतबार सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापा, आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह र प्रदेशसभा विधायन समितिका सभापति नेपालु चौधरीलाई भेट गरी ध्यानाकर्षण...
-
२०७६ फाल्गुण ५, सोमबार
सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा
रुकुम पूर्व का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् । शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीलाई सिकाइमा सहज तुल्याउन यहाँका भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले मातृभाषा खाम मा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको जनाइएको छ । मगर समुदायका विद्यार्थी...
-
२०७६ फाल्गुण ५, सोमबार
सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि
होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने...


