राष्ट्रिय
-
२०७६ फाल्गुण ५, सोमबार
सिकाइमा गुणस्तर वृद्धि गर्दै मातृभाषा शिक्षा
रुकुम पूर्व का विभिन्न विद्यालयमा शुरुआत गरिएको मातृभाषाको पठन पाठनले शैक्षिक गुणस्तरमा सुधार आएको छ । जिल्लामा अधिकांशले मगर खाम भाषा बोल्ने गर्दछन् । शैक्षिक गुणस्तर वृद्धि र विद्यार्थीलाई सिकाइमा सहज तुल्याउन यहाँका भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकाका सामुदायिक विद्यालयले मातृभाषा खाम मा पढाउन थालेपछि विद्यार्थीको सिकाइमा सुधार र सजिलै बुझ्ने गरेको जनाइएको छ । मगर समुदायका विद्यार्थी...
-
२०७६ फाल्गुण ५, सोमबार
सुदूरपश्चिम साहित्य र खाना महोत्सव फागुन १४ देखि
होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आयोजना गर्न लागेको विश्व नेपाली साहित्य सम्मेलनसँग सहकार्य गरेर धनगढीस्थित खुलामञ्चमा खाना महोत्सव आयोजना गर्न लागिएको होटल सङ्घ कैलालीका अध्यक्ष कलम बमले जानकारी दिनुभयो । महोत्सवमा २५ प्रदर्शनी कक्षमा स्थानीय परिकार मात्र रहने...
-
२०७६ फाल्गुण ५, सोमबार
धिमाल समुदायका मौलिकता संकटमा सीप सिकाउन तालीम
झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले सुसज्जित रहेको । अल्पसङ्ख्यक जातिका रुपमा रहेको सो समुदायको जनसङ्ख्या पछिल्लो जनगणना अनुसार ३० हजारको हाराहारीमा रहेको छ । आदिमकालबाट प्रकृतिमा निर्भर रहेको धिमाल समुदायले प्रकृति पूजामा विश्वास राख्दै आएको धिमाल जाति विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष गणेशमान...
-
२०७६ फाल्गुण ५, सोमबार
‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान उपलब्धिमूलक
प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको बताइएको छ । प्रदेश सरकारद्वारा सार्वजनिक गरिएको दुई वर्षको उपलब्धि विवरणमा सो कुरा उल्लेख गरिएको छ । मुख्यमन्त्री लालबाबु राउतका अनुसार अभियानले महिलाप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको छ । सो अभियानअन्तर्गत हालसम्म माध्यमिक र उच्च माध्यमिक...
-
२०७६ फाल्गुण ५, सोमबार
उपप्रधानमन्त्री पोखरेल कालापानी क्षेत्र निरीक्षणमा प्रस्थान
उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गर्नुभएको छ । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उहाँ व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गर्नुभएको हो । उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह ठगुन्ना, सुदूरपश्चिम प्रदेशसभा उपसभामुख निर्मला जोशी बडाल, प्रदेशसभा सदस्य मानबहादुर धामी, गेल्बुसिह बोहरालगायत सुरक्षा...
-
२०७६ फाल्गुण ५, सोमबार
प्रदूषित वायुले उपत्यकासहित देशका अधिकांश स्थानमा तुवाँलो
पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । “मौसम नखुले पनि तत्काललाई वर्षा हुने सम्भावना छैन”, मौसमविद् अर्यालले भन्नुभयो । मौसम खुल्ला भई घाम लाग्नका लागि नयाँ वर्षा हुने मौसमी प्रणाली विकसित हुनुपर्ने...
-
२०७६ फाल्गुण ५, सोमबार
विद्युत्का तार भूमिगत बनाउने काम शुरु अब शहर कुरुप हुँदैन प्रधानमन्त्री
काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत बनाउने महत्वाकाङ्क्षी परियोजना शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज महाराजगञ्जबाट उक्त परियोजनाको कार्य आरम्भ गर्नुभएको हो । पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क क्षेत्रमा तार भूमिगत गरिनेछ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि...
-
२०७६ फाल्गुण ५, सोमबार
थारू संस्कृति हेर्नकै लागि खयरकन्द्रा होमस्टे पुग्छन् पर्यटक
थारू समुदायको परम्परागत संस्कृति हेर्नका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरस्थित खयरकन्द्रा घरवास होमस्टेमा टाढाटाढाबाट पर्यटक पुग्न थालेका छन् । उद्घाटन नहुँदै आठ महिनाको अवधिमै छ सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक होमस्टेमा पुगेका छन् । होमस्टेमा बास बस्नका लागि पुग्ने पर्यटकलाई थारू समुदायका मौलिक परिकारका रुपमा रहेका माछा, घुँगी, सिध्रो, ढिक्री, पतौला, फुलौरा र स्थानीय जातका...
-
२०७६ फाल्गुण ५, सोमबार
३०० वर्ष पुरानो ऐतिहासिक ‘निगु पुखुः’ पुनर्निर्माण शुरु
मध्यपुरथिमि नगरपालिका–४ मा रहेको प्रसिद्ध एवं ऐतिहासिक ३०० वर्ष पुरानो निगु पुखुः अर्थात् दुईपोखरीमध्ये ठूलो पोखरीको पुनर्निर्माण शुरु भएको छ । दुई पोखरीमध्येको सानो पोखरीको पुनर्निर्माण सम्पन्न गरेको नगरपालिकाले आजदेखि ठूलो पोखरीको संरक्षण तथा पुनर्निर्माण शुरु गरेको हो । पोखरीको पुनर्निर्माणको आज वाग्मती प्रदेशका प्रदेश सदस्य डा राजेन्द्रमान श्रेष्ठ र नगर प्रमुख मदनसुन्दर श्रेष्ठले शिलान्यास...
-
२०७६ फाल्गुण ५, सोमबार
‘मिडिया काउन्सिल विधेयक सुधार गरिनु सकारात्मक’
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मिडिया काउन्सिल र सूचना प्रविधि विधेयकलाई सुधार गरेर संसद्मा प्रस्तुत गर्नु सकारात्मक रहेको बताउनुभएको छ । मिडिया नेपालको केन्द्रीय समिति बैठक तथा प्रदेश समिति घोषणा कार्यक्रमलाई आज पोखरामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, “सरकारले सदनमा प्रस्तुत गरेका दुवै विधेयकले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्न खोजिएको छ, यस्तो कार्य प्रजातन्त्र र...
-
२०७६ फाल्गुण ५, सोमबार
चौथो इन्द्रदह पर्यटन उत्सव हुने
धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरि नगरपालिकामा चौथो इन्द्रदह पर्यटन उत्सव गरिने भएको छ । इन्द्रदह एकीकृत पर्यटन विकास समितिको आयोजनामा वडा नं १ इन्द्रदहमा यही फागुन ९ गते उत्सव आयोजना गर्न लागिएको हो । पर्यटन विकास समितिका अध्यक्ष हरिशरण थापाले दहचोकको समग्र पर्यटनको विकासमा केन्द्रीकृत हुँदै दहचोकलाई आन्तरिक तथा बाह्य पर्यटकको महत्वपूर्ण गन्तव्यका रुपमा विकास गर्न पर्यटन उत्सव...
-
२०७६ फाल्गुण ४, आइतबार
सरकारका दुई वर्ष तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको दुई वर्षमा तीन हजार ६३६ किलोमिटर सडक कालोपत्र र ३२५ पुल निर्माण भएको छ । सरकारले पूर्वाधार विकासमा उच्च प्राथमिकता दिँदा गत वर्ष झण्डै एक हजार किमी सडक निर्माण भएको थियो गत वर्ष नै सडक विभागले २४३ पुल निर्माण सम्पन्न भएको थियो । सडक विभागले चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै ४१ वटा सडक पुल निर्माण सम्पन्न भएको जानकारी दिएको छ । पहिलो...


