relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ पौष २१, सोमबार

    पर्वतमा हालसम्मकै अग्लो र लामो पुल बन्ने

    पुलको जिल्लाको रुपमा ख्याति कमाएको पर्वतमा ‘अग्लो र लामो’ पुल निर्माण हुने भएको छ । पर्वत सदरमुकाम कुश्मालाई छिमेकी जिल्ला बागलुङसँग जोड्ने गरी कुश्माको बडागाउँस्थित लभ्लीडाँडादेखि बाग्लुङ नगरपालिका–१४ नारायणस्थित कुकुरगाढेमा हालसम्मकै अग्लो र लामो पुल बनाउन सर्वेक्षण गरिएको छ । करिब पाँच सय २५ मिटर लम्बाइ र २०० मिटर उचाइमा निर्माण हुने पुलको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको स्थानीय...

  • २०७६ पौष २१, सोमबार

    प्राविधिक ज्ञानको कमीले पकेट क्षेत्रमै मह उत्पादन कमी

    महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम पूर्व को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् । प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताउनुभयो । एक सय...

  • २०७६ पौष २१, सोमबार

    ऐतिहासिक ‘लक्ष्मीनारायण मन्दिर’ प्रवद्र्धनको पर्खाइमा

    रामपुर र आसपासको इतिहासको साक्षीजस्तै रहेको ‘लक्ष्मीनारायण मन्दिर’ को उचित प्रसार प्रचार नहुँदा ओझेलमा परेको छ । रामपुर नगरपालिका–५ स्थित कालीगण्डकीको किनारामा अवस्थित ऐतिहासिक सो मन्दिरमा त्रेतायुगमा रामचन्द्र बसेको किंवदन्ती यहाँ रही आएको छ । यो मन्दिर पाल्पा जिल्लाका अति प्राचीन तथा ऐतिहासिक मन्दिर भित्र पर्दछ । विसं १८७० तिर स्थानीय तुल्सीराम रेग्मीलाई श्रीरामले सपनामा ‘रामघाट क्षेत्रमा...

  • २०७६ पौष २१, सोमबार

    मुस्ताङमा २७ हजार स्याउका बिरुवा माग

    मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिनुभयो । प्रतिबिरुवा रु एक हजार १५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा रु ५७५ मा र प्रतिबिरुवा रु ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ...

  • २०७६ पौष २१, सोमबार

    ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु

    पर्वत र बागलुङमा ‘अर्गानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुबै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्गानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रुपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिनुभयो । अहिले...

  • २०७६ पौष २१, सोमबार

    अधिकारवादी नेता पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ बजारमा

    मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति एवं सर्जक कृष्ण पहाडीको ‘जगत्मुखी जीवनमुखी सेवामुखी जिजीविषा’ नामक पुस्तक प्रकाशित भएको छ । यसै वर्ष राष्ट्रिय सञ्चारमाध्यममा छापिएका पहाडीका २५ आलेख सङ्ग्रहित यो पुस्तक शैशव खनाल र आर्या पाण्डेका अभिभावकको सहयोगमा मानव अधिकार तथा शान्ति समाजले प्रकाशन गरेको हो । रु ३०० मूल्य रहेको १२२ पृष्ठको यो पुस्तक बिक्रीबाट प्राप्त हुने सम्पूर्ण रकम शान्ति...

  • २०७६ पौष १८, शुक्रबार

    विषादी प्रयोगमुक्त सप्ताह हुँदै

    चितवनमा एक हप्तासम्म ‘विषादी प्रयोग मुक्त सप्ताह–२०७६’ आयोजना हुने भएको छ । विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने भएकाले यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना जगाउने उद्देश्यले उक्त सप्ताह शुरु गर्न लागिएको हो । पुस २२ गतेदेखि सात दिनसम्म विभिन्न कार्यक्रम गरेर सप्ताह मनाइने कृषि ज्ञान केन्द्र चितवनका प्रमुख राजन ढकालले जानकारी दिनुभयो । सप्ताहमा जनचेतनामूलक ¥...

  • २०७६ पौष १८, शुक्रबार

    देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

    पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार...

  • २०७६ पौष १८, शुक्रबार

    ‘उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने’

    उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ”, उहाँले...

  • २०७६ पौष १८, शुक्रबार

    पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन व्यापार मेलामा

    पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आजदेखि आयोजना हुने व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन पाइने भएको छ । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका स्टल रहेको जानकारी दिँदै सङ्घका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन...

  • २०७६ पौष १८, शुक्रबार

    घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु

    समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ । छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ...

  • २०७६ पौष १८, शुक्रबार

    समाचार प्रभाव रामपुरको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने

    रामपुर नगरपालिकामा समस्याका रूपमा रहेको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने भएको छ । ‘रामपुरको फोहरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार यही पुस ५ गते राससमा प्रकाशित भएपछि फोहर व्यवस्थापनका लागि सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । समाचार प्रभावकै कारण फोहर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको उद्यम चौतारी प्रालिले फोहर व्यवस्थापन गर्ने उपायका बारेमा नगरपालिकासँग छलफल तथा...

Pages