राष्ट्रिय
-
२०७६ पौष १८, शुक्रबार
देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । “वर्षा लगातार...
-
२०७६ पौष १८, शुक्रबार
‘उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने’
उपत्यकाको नागरिकले महसुस गर्नेगरी शान्ति सुरक्षा प्रदान गरिने भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज यहाँ आयोजित कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यकाको शान्ति सुरक्षामा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । “समुदायसँग प्रहरी हरेक कार्यमा सहकार्य गर्छ, कसैले गलत फाइदाका लागि प्रहरीसँग सहकार्य गरे कारबाही गछौँ”, उहाँले...
-
२०७६ पौष १८, शुक्रबार
पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन व्यापार मेलामा
पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आजदेखि आयोजना हुने व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन पाइने भएको छ । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका स्टल रहेको जानकारी दिँदै सङ्घका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन...
-
२०७६ पौष १८, शुक्रबार
घुम्नैपर्ने पर्यटकीयस्थल इलामको छिन्टापु
समुद्री सतहबाट तीन हजार २०० मिटर उचाइमा रहेको छिन्टापु जैविक विविधता तथा प्रकृतिले सिँगारिएको इलाम जिल्लाको अर्को उत्कृष्ट पर्यटकीयस्थल हो । वसन्त ऋतुमा डाँडा पाखाभरि राताम्ये फुल्ने लालीगुराँस अनि छिन्टापुको काखैमा रहेका पोखरीहरुमा कञ्चनजङ्घा र कुम्र्भकर्ण हिमालको दृश्यले पर्यटहरुको मनै लोभ्याउँछ । छिन्टापु आसपासमा सांस्कृतिक महत्व रहेका तालपोखरी, फुस्रेपोखरी, छिन्टापु पोखरीलगायतका दर्जनौँ...
-
२०७६ पौष १८, शुक्रबार
समाचार प्रभाव रामपुरको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने
रामपुर नगरपालिकामा समस्याका रूपमा रहेको फोहर व्यवस्थापन प्रक्रिया अगाडि बढाइने भएको छ । ‘रामपुरको फोहरमैला व्यवस्थापन हुन नसक्दा समस्या’ भन्ने समाचार यही पुस ५ गते राससमा प्रकाशित भएपछि फोहर व्यवस्थापनका लागि सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया गरिएको छ । समाचार प्रभावकै कारण फोहर व्यवस्थापन क्षेत्रमा काम गर्दै आएको उद्यम चौतारी प्रालिले फोहर व्यवस्थापन गर्ने उपायका बारेमा नगरपालिकासँग छलफल तथा...
-
२०७६ पौष १८, शुक्रबार
कर्णालीमा वर्षासँगै भारी हिमपात, जनजीवन कष्टकर
कर्णाली प्रदेशमा वर्षासँगै भारी हिमपात भएको छ । हिमाली जिल्लामा भारी हिमपात भएको छ भने पहाडी जिल्लाका उच्च भागमा हिमपात र बेँसीमा वर्षा भएको छ । बुधबारदेखि चिसो बढ्दै गएपछि बिहीबार बुेलुकाबाट हिमपात भएको हो । हिमपातले हिमाली जनजीवन निकै कष्टकर बन्दै गएको छ । हिमाली जिल्लामा वर्षासँगै हिमपात भएको छ । सुर्खेत उपत्यकामा बिहीबार बेलुकाबाट अविरल वर्षा र यहाँको रानीमत्ता लेकमा हिमपात भइरहेको छ । हिमाली...
-
२०७६ पौष १८, शुक्रबार
सुदूरपश्चिममा पुनः हिमपात शुरु, जनजीवन प्रभावित
मौसममा आएको परिवर्तनसँगै सुदूरपश्चिमका अधिकांश उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातले यहाँको जनजीवन प्रभावित बनेको छ । वर्षासँगै सुदूरपश्चिमका बाजुरासहित अछाम, डोटी, डडेल्धुरा, बझाङ, बैतडी र दार्चुला जिल्लामा बिहीबार हिमपात भएको हो । हिमपातसँगै जिल्लामा चिसो बढेको छ । बाजुराका गौमुल, हिमाली, स्वामीकार्तिक खप्तड छेडेदह गाउँपालिका र बडीमालिका नगरपालिकालगायतका क्षेत्रमा हिमपात भएको...
-
२०७६ पौष १८, शुक्रबार
इलामबाट तराई जोड्ने द्रुत मार्ग सञ्चालनमा
इलाम सदरमुकामसँग तराई झापा जोड्ने द्रुतमार्ग सञ्चालनमा आएको छ । इलाम भञ्ज्याङदेखि दानाबारी हुँदै झापाको विर्तामोड जोड्ने सडक सञ्चालनमा आएको हो । यस सडकमा केही समय अगाडिदेखि साना सवारी सञ्चालन हुँदै आए पनि बस सेवा शुरु भएपछि सो क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् । स्थानीय पदम योङ्हाङले पहिलापहिला झापा पुग्दा भोगेको दुःख स्मरण गर्दै अब बिहान तराई पुगेर बेलुका नभई फिर्न सकिने बताउनुभयो । उहाँ...
-
२०७६ पौष १७, बिहिबार
उच्च हिमाली भेगमा पुनः हिमपात, विद्युत् सेवा समेत अवरुद्ध
मौसममा आएको परिवर्तनसँगै बैतडीका उच्च लेकाली भेगमा हिमपात भएको छ । खोड्पे, श्रीभावर, ढोल्यामोड, सिगासधुरा लगायतका क्षेत्रमा बिहीबार फेरि हिमपात भएको हो । यसवर्ष मङ्सिरको अन्तिम साता पहिलोपटक हिमपात भएकोे थियो । गएरातिदेखि उच्च क्षेत्रमा हिमपात भएको स्थानीय बासिन्दाले जनाएका छन् । हिमपातका कारण बढेको चिसोले जनजीवन प्रभावित भएको खोड्पेका स्थानीय मोहन विष्टले बताउनुुभयो । हिमपातले बाहिर निस्कनसमेत...
-
२०७६ पौष १७, बिहिबार
मिथिलामा ‘तिलासक्रायत’ पर्वको चहलपहल
मध्यपूर्वी तराई क्षेत्रमा ‘तिलासक्रायत’ पर्वको चहलपहल शुरु भएको छ । माघे सङ्क्रान्तिका दिन मनाइने यो पर्व महोत्तरीसहितका मध्यपूर्वी तराईका जिल्लामा केही दिन पहिले नै तयारी थालिएपछि जताततै ‘तिलासक्रायत’ को चहलपहल बढेको हो । खासगरी मिथिला क्षेत्रमा नेपालीमा माघेसङ्क्रान्ति भनिने यो पर्वमा तिल, मुरी र चिउरालाई ९सख्खर मिलाएर बनाइएका लड्डु० खाने÷खुवाउने मैथिल चलन छ । आदिवासी थारु, दनुवार, बाँतर र...
-
२०७६ पौष १७, बिहिबार
उत्पादन बढाएर अर्थतन्त्र बलियो बनाऔँ ः अध्यक्ष दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीले साना र आधारभूत तहमा काम गर्ने किसानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ । चितवनको रत्ननगर– ५ टरौलीमा कृषि तालिम तथा अनुसन्धान केन्द्रको आज उद्घाटन गर्दै अध्यक्ष दाहालले उत्पादनको महाअभियानमा सबै किसानलाई समावेश गर्नुपर्ने बताउनुभयो । कृषि पेशालाई व्यवस्थित र मर्यादित बनाउँदै उत्पादन बढाएर...
-
२०७६ पौष १७, बिहिबार
किसान र चिनी उद्योगका समस्या समाधान हुन्छ ः मन्त्री भट्ट
उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले आगामी माघको पहिलो साताभित्र चिनी मिल र उखु किसानको समस्या समाधान हुने जानकारी दिनुभएकोे छ । राष्ट्रियसभाको आजको बैठकमा समय लिई उहाँले चिनी मिललाई किसानको बक्यौता चुक्ता गर्न निर्देशन दिइसकेको बताउनुभयो । “उखु किसान आन्दोलनमा छन्, चिनी मिलमा समस्या देखिएको छ, किसानले उखुको उचित मूल्य नपाएको कुरा छ”, मन्त्री भट्टले भन्नुभयो, “ चिनी मिल र उखु किसानका...


