relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ मङ्सिर १०, मंगलबार

    अफगानिस्तानमा चालिस लडाकू मारिए

    अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४० भन्दा बढी लडाकू मारिएका छन् । सरकारी सुरक्षाकर्मी र नेटो गठबन्धन सेनाको कारबाहीमा परी उनीहरु मारिएका अधिकारीहरुले जनाएका छन् । अफगानिस्तानको रक्षा मन्त्रालयले मङ्गलबार दिएको जानकारीअनुसार गत २४ घण्टाको अवधिमा भएका कारबाहीमा परी उनीहरु मारिएका छन् । सोमबार बिहानैदेखि सुरक्षा कारबाही भएको मन्त्रालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । देशको...

  • २०७६ मङ्सिर १०, मंगलबार

    कामपालाई पशुबधस्थल व्यवस्थापन गर्न चुनौती

    घरधनी र पशुबधस्थल सञ्चालकबीच कुरा नमिल्दा काठमाडौँ महानगरपालिकालाई बधस्थल व्यवस्थापन गर्न चुनौती थपिएको छ । हाल सञ्चालनमा रहेका पशु बधस्थलको जग्गा सञ्चालकका नाममा नभएको र समय किटान गरी सम्झौतानुरुप जग्गाधनीले सञ्चालकलाई जग्गा नदिँदा समस्या भएको कामपाको ठम्याइ छ । व्यवसाय सञ्चालकले आफ्नो जमीन नभएको र जग्गाधनीले जग्गा नदिँदा व्यवस्थितरूपमा व्यवसाय सञ्चालन हुन नसकेको गुनासो गरेका छन् । “व्यवसाय...

  • २०७६ मङ्सिर १०, मंगलबार

    सागमा १८ हजार सुरक्षाकर्मी

    दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद साग लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ । साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ । समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु...

  • २०७६ मङ्सिर १०, मंगलबार

    नदीबाट बिजुली उत्पादन

    जुम्लाको पातारासी गाउँपालिका–४ लाम्रीगाउँमा बिजुली बल्न थालेको छ । स्थानीय जवा नदीमा साना जलविद्युत् आयोजना निर्माण भएपछि बिजुली बल्न थालेको हो । बिजुली र सिँचाइको व्यवस्था हुने गरी आयोजना निर्माण गरिएको छ । यसबाट ५८ किलोवाट विद्युत् उत्पादन भएको उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर बुढाले बताउनुभयो  । “एउटै नहरबाट बिजुली पनि बलेको छ, सिँचाइ पनि हुन्छ”, अध्यक्ष बुढाले भन्नुभयो । आयोजना आर्थिक...

  • २०७६ मङ्सिर १०, मंगलबार

    गरीबलाई धनी बनाउने माध्यम हुनुपर्छ सहकारी मन्त्री अर्याल

    भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारीलाई विकास गर्दै लगिएको बताउनुभएको छ । स्याङ्जाको वालिङ १० भकुण्डेस्थित फूलबारी बचत तथा ऋण सहकारी संस्थाको छैटौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै मन्त्री अर्यालले परनिर्भरताको अन्त्यका लागि सहकारीमार्फत् आत्मनिर्भर तथा स्वाभिमान बनाउने तर्फ सरकार लागि परेको बताउनुभएको...

  • २०७६ मङ्सिर १०, मंगलबार

    पृथ्वीनारायण सङ्ग्रहालय निर्माण शुरु

    नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गर्नुभएका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सात रोपनी जग्गामा रु पाँच...

  • २०७६ मङ्सिर १०, मंगलबार

    प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना

    प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा जानुभएको छ । स्वास्थ्य परीक्षणका क्रममा अस्पताल जानुभएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।...

  • २०७६ मङ्सिर १०, मंगलबार

    उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित

    एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५÷०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ ९एआरटी० सेवा नलिँदा मृत्यु भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् ।...

  • २०७६ मङ्सिर १०, मंगलबार

    पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी

    त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एक मात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा सिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरूको बासस्थान थियो, भीमफेदी । मकवानपुरको वर्तमान सदरमुकाम हेटौँडाबाट २७ किलो मिटर उत्तरपट्टि रहेको भीमफेदी मध्यकालीन नेपालको इतिहासमा निकै नै चर्चित रहेको थियो । जिल्लाको पूर्व सदरमुकामका रूपमा रहेका भीमफेदी ३७ वर्ष अघिसम्म...

  • २०७६ मङ्सिर ९, सोमबार

    महोत्सवमा ‘हत्केला खेल्ने’ प्रतियोगिता

    माछा समाउने हत्केला खेल्ने प्रतियोगिताले यहाँ जारी दोस्रो गलकोट घुम्टे महोत्सवमा नौलो आकर्षण थप्यो । आइतबार दरमखोलामा राखिएको प्रतियोगितालाई दर्शकले चाख मानेर हेरे । कुरमा हात हालेर माछा समाउने परम्परागत सीपलाई स्थानीयले ‘हत्केला खेल्ने’ भनेर चिन्छन् । प्रतियोगितामा आठ जनाले सहभागिता जनाएका थिए । महोत्सव मूल आयोजक समितिका अनुसार सङ्ख्या र आकारका आधारमा विजेता घोषणा गरिएको थियो । निर्धारित २२...

  • २०७६ मङ्सिर ९, सोमबार

    उपनिर्वाचन २०७६ नेकपाको निर्वाचन क्षेत्र लक्षित घरदैलो

    कास्की निर्वाचन क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन मिति नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी नेकपा ले चुनावी गतिविधि तीव्र बनाएको छ । यही मङ्सिर १४ गते हुने निर्वाचनका लागि वडाका टोल–टोलमा गठित निर्वाचन परिचालन कमिटीको सक्रियतामा नेता तथा कार्यकर्ता घरदैलोमा पुगेर मतदातासँग भोट माग्ने कार्यमा निरन्तर लागेका छन् । पोखरा महानगरका ११ वटै वडाका टोलटोलमा गठित निर्वाचन परिचालन कमिटीले चुनाव...

  • २०७६ मङ्सिर ९, सोमबार

    सीताराम विवाह महोत्सवमा सहभागीका लागि आम समुदायलाई निम्तो

    आजु शुभ दिन मङ्गल–मङ्गल गाउँ हे जानकीक होएत विवाह जनकपुर आउ हे मिथिलाको प्राचीन राजधानी जनकपुरधामको हरेक स्थानमा आजभोलि यस्तै रामायणकालीन मङ्गल गान सुनिन्छ । यही मङ्सिर १५ गते हुने गोस्वामी तुलसीदासले रामायणमा वर्णन गर्नु भएअनुसारको सीताराम विवाह महोत्सवमा आम समुदायलाई सहभागी हुन निम्तो हो – मङ्गाल गान । जनकपुरमा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह...

Pages