राष्ट्रिय
-
२०७६ मङ्सिर ११, बुधबार
बैठक नबस्दा शिक्षक तलबबाट बञ्चित
गौशाला नगरपालिकाको नगर शिक्षा समितिको बैठक नियमितरूपमा नबस्दा यहाँका ३४ शिक्षकले महिनाँैदेखि तलब पाउन सकेका छैनन् । गौशाला नगरपालिकामा गठन भएको नगर शिक्षा समितिको बैठक पाँच महिनादेखि नबस्दा यहाँका ३२ सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तलबबाट बञ्चित भएका हुन् । नगरको अनुदानमार्फत यहाँका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले वैशाखदेखि तलब पाउन नसकेको नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष सुनिताकुमारी...
-
२०७६ मङ्सिर ११, बुधबार
जिम्मेवारी हेरफेरबाट अपमान भएको छैन उपप्रधानमन्त्री यादव
उपप्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेर अपमानको विषय नभएको स्पष्ट गर्नुभएको छ । जनकपुरधाममा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री यादवले जिम्मेवारी हेरफेर सामान्य प्रक्रिया भएको बताउनुभयो । उहाँले मन्त्रिपरिषद्मा आफ्नो जिम्मेवारी हेरफेरका सन्दर्भमा चर्चामा रहेको प्रसङ्ग भ्रामक भएको टिप्पणी गर्नुभयो । एक प्र्रश्नको...
-
२०७६ मङ्सिर ११, बुधबार
काङ्ग्रेस वडाध्यक्ष नेकपा प्रवेश
विसं २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित वडाध्यक्ष नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रवेश गरेका छन् । डिलाशैनी गाउँपालिका–७ का वडाध्यक्ष प्रेमसिंह धामी नेकपामा प्रवेश गरेका हुन् । पुर्चौडी नगरपालिका–४ भटनामा आयोजित चुनावीसभामा निर्वाचित अध्यक्ष धामीसँगै १५ जना नेकपामा प्रवेश गरेको अनेरास्ववियुका सचिवालय सदस्य गोविन्द गिरीले जानकारी दिनुभयो । उनीहरुलाई नेकपाका...
-
२०७६ मङ्सिर ११, बुधबार
जनजाति, महिला र दलित पनि प्रम हुनेछन्ः दाहाल
नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिष्टलाई फुटाउने मानसिकता बोक्ने विपक्षीह्ररुको सपना कहिल्यै पूरा नहुने बताउनुभएको छ । नेकपा निर्वाचन परिचालन कमिटी धरानले आज आयोजना गरेको चुनावी सभामा उहाँले काँग्रेसले नेकपालाई बदनाम गराए आफँै सकिने बताउनुभयो । “नेपालको विकास कम्युनिष्टले गर्छ । अब चाँडै आदिवासी जनजाति, महिला र दलित प्रधानमन्त्री बनेको देख्न पाउने दिन...
-
२०७६ मङ्सिर ११, बुधबार
तीन वर्षभित्र आर्थिक वृद्धिदर दोब्बर हुन्छ ः मुख्यमन्त्री पोखरेल
प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले अबको तीन वर्षभित्र प्रदेशको आर्थिक वृद्धिदर दोब्बर हुने बताउनुभएको छ । हापुरेमा मङ्गलबार भएको चुनावीसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रदेश ५ का इञ्चार्जसमेत रहनुभएका उहाँले वर्तमान सरकारले सबैभन्दा बढी आर्थिक वृद्धिदरको लक्ष्य हासिल गरेको उल्लेख गर्नुभयो । नेपालले पाँच वर्षपछि दक्षिण एशियालाई नै चकित पार्ने गरी आर्थिक वृद्धिदर हासिल...
-
२०७६ मङ्सिर १०, मंगलबार
प्रधानमन्त्री शिक्षण अस्पताल भर्ना
प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा जानुभएको छ । स्वास्थ्य परीक्षणका क्रममा अस्पताल जानुभएका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिसको आशङ्का देखिएको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । एपेन्डिसाइटिस भएको पुष्टि भएमा शल्यक्रिया गरिने उहाँले बताउनुभयो ।...
-
२०७६ मङ्सिर १०, मंगलबार
उपचार सेवा नलिँदा अकालमै मर्छन् सङ्क्रमित
एचआइभी सङ्क्रमणको समस्याबारे खुलेर भन्नेहरुले समयमा उपचार पाउँछन् तर समस्या लुकाएर उपचार सेवा नलिनेहरुले अकालमै ज्यान गुमाउँछन् । डडेल्धुरामा गत आर्थिक वर्ष २०७५÷०७६ सम्मको विवरणमा गत दुई वर्षको अवधिमा पाँच सङ्क्रमतिले समयमै ‘एन्टी–रेट्रोभाइरल थेरापी’ ९एआरटी० सेवा नलिँदा मृत्यु भएको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार हालसम्म ४३ पुरुष र ५३ महिला गरी ९६ एचआइभी सङ्क्रमित छन् ।...
-
२०७६ मङ्सिर १०, मंगलबार
पुनर्जीवन’ पाउँदै ऐतिहासिक भीमफेदी
त्रिभुवन राजपथ निर्माण हुनुभन्दा अघि उपत्यकाको एक मात्र प्रवेशद्वार भीमफेदीको चहलपहल थामिनसक्नु थियो । तराईमा सिकार खेल्न जाने होस् वा तराईबाट राजधानी आउजाउ गर्ने पैदल यात्रुहरूको बासस्थान थियो, भीमफेदी । मकवानपुरको वर्तमान सदरमुकाम हेटौँडाबाट २७ किलो मिटर उत्तरपट्टि रहेको भीमफेदी मध्यकालीन नेपालको इतिहासमा निकै नै चर्चित रहेको थियो । जिल्लाको पूर्व सदरमुकामका रूपमा रहेका भीमफेदी ३७ वर्ष अघिसम्म...
-
२०७६ मङ्सिर १०, मंगलबार
सीमाक्षेत्रमा नेपाल–भारतको संयुक्त सुरक्षा गस्ती
उपनिर्वाचनको मिति नजिकिँदै गएपछि महोत्तरी जिल्लाको भारतीय सीमाक्षेत्रमा नेपाल र भारतका सुरक्षा निकायले संयुक्त गस्ती थालेका छन् । आगामी शनिबार महोत्तरीका तीन स्थानीय तहका चार पदका लागि उपनिर्वाचन हुुँदैछ । जिल्ला प्रशासन कार्यालयको आग्रहमा भारतको मधुवनी र सीतामढी जिल्ला प्रशासन कार्यालयले नेपाली सुरक्षाकर्मीसँगै भारतीय सीमा सुरक्षा बलका जवानलाई गस्तीमा खटाएको छ । अहिले महोत्तरीको पूर्वीदक्षिणी...
-
२०७६ मङ्सिर १०, मंगलबार
कोरला नाकामा सशस्त्रको ‘बिओपी’
मुस्ताङस्थित चिनीयाँ सिमा कोरला नाकामा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ बिओपी स्थापना हुने भएको छ । कोरला नाकाको सीमा सुरक्षाका लागि लोमान्थाङ गाउँपालिका–१ नेचुङमा बिओपी स्थापना गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले मङ्सिर महिनाभित्र नेचुङमा बिओपी स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले जानकारी दिनुभयो । प्रहरी निरीक्षकको नेतृत्वमा ३५ सशस्त्र प्रहरीको टाली...
-
२०७६ मङ्सिर १०, मंगलबार
सङ्खुवासभामा प्रदेशस्तरीय लाखेनाच
सङ्खुवासभाको पुरानो व्यापारिक केन्द्र चैनपुरमा नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर प्रदेशस्तरीय लाखेनाच प्रतियोगिता आयोजना गरिएको छ । नजिकिँदै गरेको भ्रमण वर्ष सफल पार्न, नेवार जातिको संस्कृति प्रदर्शन गरेर पर्यटक भित्र्याउन र लाखेनाचको संरक्षण गर्न नेवा देय दबु र चैनपुर समाजसेवा युवा क्लबले यसको आयोजना गरेका हुन् । ‘कला र संस्कृतिको संरक्षण, पहिचान र पर्यटनको प्रवद्र्धन’ भन्ने नाराका साथ यही...
-
२०७६ मङ्सिर १०, मंगलबार
राजधानी र नाम छिटो टुङ्ग्याउनुस् अध्यक्ष दाहाल
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं– ३ को राजधानी र नामाङ्कनको विषय छिटो टुङ्ग्याउन मुख्यमन्त्री डोरमणि पौडेललाई आग्रह गर्नुभएको छ । अध्यक्ष दाहालले अब यही विषयमा अड्केर बस्ने समय नरहेको उल्लेख गर्दै राजधानी र नामको विषय सकेर विकास निर्माणमा केन्द्रित हुनुपर्ने अवस्था रहेको उहाँको भनाइ छ । वर्तमान सरकारलाई विकास निर्माण...


