राष्ट्रिय
-
२०७६ मङ्सिर ६, शुक्रबार
भारतीय पक्षका कारण पशुपतिनगर बजार सुनसान
दैनिक लाखौँको कारोवार हुने नेपाल–भारत सीमा पशुपतिनगर नाका पछिल्लो समय सुनसान बन्दै गएको छ । भारतीय सुरक्षाकर्मीले रु २५ हजारभन्दा बढी नगद बोक्न नदिएपछि पर्यटक आउन छाडेसँगै नाका सुनसान बन्दै गएको हो । गत असार, साउनयता पर्यटक घट्दै गएका कारण बजार पनि सुनसानजस्तै बनेको स्थानीयवासीको भनाइ छ । भारतबाट आउने पर्यटकलाई रु २५ हजारभन्दा बढी नगद बोक्न प्रतिबन्ध लगाएको बताइएको छ । भारतीय सुरक्षाकर्मीले रकम...
-
२०७६ मङ्सिर ५, बिहिबार
जिल्लाकै अनुपमस्थल केभहिल विकासको पर्खाइमा
म्याग्दीको बेनी नगरपलिका–५ गाजनेको धुरीमा अवस्थित केभहिल ऐतिहासिक महत्व र अपार पर्यटकीय सम्भावनाले युक्त हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेल परेको छ । ‘रामायण’का अनुसार विद्वान् महर्षि पुलस्त्यका नाति तथा विश्रवा ऋषिका छोरा रावणको जन्मभूमि र ऐतिहासिक पर्वत राज्यको राजधानीसमेत रहेको गाजनेको धुरीमा रहेको केभहिल प्राकृतिक सुन्दरता र हिमशृङ्खलाको दृश्यावलोकनका लागि पनि प्रसिद्ध छ । यहाँबाट...
-
२०७६ मङ्सिर ५, बिहिबार
उपनिर्वाचन २०७६ः भोजभतेरलाई प्रहरीले रोक्यो
मङ्सिर १४ गते हुने उपनिर्वाचनमा मतदातालाई आफ्नो पक्षमा पार्न पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा भइरहेको भोजभतेरलाई सशस्त्र प्रहरी बेसक्याम्प बागेश्वरीले रोकेको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ मा हुने वडाअध्यक्ष पदको उपनिर्वाचनमा उम्मेदवारलाई आचारसंहिताको पूर्णपालना गर्न÷गराउन निर्वाचन आचारसंहिता जारी गरे पनि सोको विरोधमा त्यहाँ समाजवादी पार्टीको समर्थकले भोजभतेर गर्न तयारी गरिरहेको...
-
२०७६ मङ्सिर ५, बिहिबार
तीन वर्षभित्र घरघरमा बिजुली बल्छ ः सांसद राई
प्रतिनिधिसभाका सदस्य हेमकुमार राईले तीन वर्षभित्र सोलुखुम्बुको हरेक घरमा बिजुलीबत्ती पुग्ने बताउनुभएको छ । सोलुखुम्बुमा स्थापना गरिएको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रको उद्घाटन गर्दै सांसद राईले निर्वाचित भएदेखिनै निरन्तर रुपमा खटेर वितरण केन्द्र ल्याउन सफल भएको भन्दै अव “उज्यालो सोलुखुम्बु”को अभियान शुरु भएको बताउनुभयो । साथै उहाँले विगतको दिनमा सडक निर्माणको विवाद आउने गरेको जिल्लामा...
-
२०७६ मङ्सिर ५, बिहिबार
सीमाको विषयमा सरकार गम्भीर बन्नुपर्छ ः नेता बोहरा
राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता दीपक बोहराले भारतले सीमा मिचेको विषयमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लब दाङले बिहीबार तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभयो । भारतले लिम्पियाधुरा, लिपुलेक, कालापानी मिचेर नक्सा सार्वजनिक गरेको भन्दै यसमा सरकार गम्भीर बन्नुपर्ने बताउनुभयो । “पहिलोपटक सर्वदलीय बैठकले सरकारलाई समर्थन गरेको छ, यस्तो...
-
२०७६ मङ्सिर ५, बिहिबार
जातीय छुवाछूत गर्नेविरुद्ध मुद्दा दर्ता
जातीय भेदभाव तथा छुवाछूतका घटनामा डडेल्धुरामा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ । डडेल्धुरा जिल्ला भागेश्वर गाउँपालिका–१ ठूलाखेत बस्ने प्रकाशसिंह जोरा र उनका श्रीमती सीतादेवी जोराविरुद्ध सोही ठाउँ बस्ने दिलबहादुर कामीले जातीय भेदभाव तथा छुवाछूत ९कसूर र सजाय० ऐनअन्तर्गत जिल्ला अदालत डडेल्धुरामा मङ्गलबार मुद्दा दर्ता गरेका हुन् । गत कात्तिक १३ गते आफ्नै घरमा बोलाई त ९डूम० भनी गालीगलौज गरेर प्रकाश...
-
२०७६ मङ्सिर ५, बिहिबार
अब भोक मेट्नकै लागि काठमाडौँका सडकमा बस्नु नपर्ने
अब काठमाडौँ महानगरपालिकाभित्र भोग मेट्नकै लागि कोही पनि सडकमा बस्नु नपर्ने भएको छ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २९ गते २५औँ महानगर दिवसको दिन महानगरलाई ‘सहयोगापेक्षी सडक मानवमुक्त महानगर’ घोषण गर्ने निर्णय गरेसँगै उक्त बाध्यताको अन्त्य हुन लागेको हो । यही मङ्सिर ३ गतेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले राससलाई जानकारी दिनुभयो ।...
-
२०७६ मङ्सिर ५, बिहिबार
उपनिर्वाचन २०७६ ः मौन समयमा गाउँपालिका प्रवेशमा निषेध
जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा वाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको बैठकले जिल्लाको खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि मङ्सिर १४ गते हुने उपनिर्वाचनमा गाउँपालिकाका मतादाताबाहेक अन्य पालिकाका नागरिकलाई प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । जिल्लाका सात गाउँपालिकामध्ये खार्पुनाथ गाउँपालिका...
-
२०७६ मङ्सिर ५, बिहिबार
मलको कालोबजारी— किसान मारमा
सरकारी अनुदानको रासायनिक मलको कालोबजारी बढेपछि पर्सागढी नगरपालिका–४ का किसान रामविनय चौधरी यसपाली पनि गहँुखेती प्रभावित हुने भयले चिन्तित हुनुहुन्छ । नगरपालिकाको सोही वडामा सरकारी अनुदानको रासायनिक मल बिक्री गर्ने तीन सहकारी संस्था रहेपनि चौधरीले रासायनिक मल नपाउनुको एउटै कारण हो सहकारी संस्थाले बढी मूल्यमा व्यापारीलाई उक्त रासायनिक मल बेच्नु र कालोबजारी हुनु हो । नेपाल सरकारको पूर्ण स्वामित्वमा...
-
२०७६ मङ्सिर ५, बिहिबार
भ्रमण वर्ष ः कर्णालीमा एक लाख पर्यटक भित्र्याइने
कर्णाली प्रदेश सरकारले भ्रमण वर्ष सन् २०२० भित्र कर्णालीमा एक लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिं बुढाले बुधबार सुर्खेतमा आयोजित साक्षात्कार कार्यक्रममा पर्यटन क्षेत्रको दु्रत विकास तथा प्रवद्र्धनका क्रियाकलापमार्फत सन् २०२० भित्र एक लाख विदेशी पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिनुभयो । भ्रमण वर्षलाई सफल पार्न कर्णाली प्रदेशमा ३१...
-
२०७६ मङ्सिर ५, बिहिबार
राष्ट्रपतिबाट नवनियुक्त मन्त्रीलाई शपथ
राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई आज बिहान पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित विशेष समारोहमा उहाँले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव, भौतिक पूर्वाधार तथा...
-
२०७६ मङ्सिर ५, बिहिबार
पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा
स्वास्थ्य संस्थामा शतप्रतिशत सुत्केरी गराउन सफल बनेको बगनासकाली गाउँपालिका पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले तोकेको विभिन्न चरणका सूचक पूरा गरी पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख मणिराम अधिकारीले बताउनुभयो । स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलालाई गाउँपालिकाले झण्डै पाँच हजार रुपैयाँ प्रदान गर्दै आएको छ । घरमै सुत्केरी हुने...


