राष्ट्रिय
-
२०७६ मङ्सिर ५, बिहिबार
‘एक वर्षमा सुकुम्वासी समस्या समाधान हुन्छ’
कास्की निर्वाचन क्षेत्र नं– २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले एक वर्षभित्र सुकुम्वासी समस्या समाधान हुने बताउनुभएको छ । चुनावी प्रचारप्रसार अभियानअन्तर्गत पोखरा महानगरपालिकाका विभिन्न वडाका सुकुम्वासी बस्तीमा भएको घरदैलो कार्यक्रममा स्थानीयवासीका गुनासो सुन्दै उहाँले सुकुम्वासी समस्या सधँैका लागि समाप्त हुने विश्वास दिलाउनुभयो...
-
२०७६ मङ्सिर ५, बिहिबार
घुस लिएको आरोपमा मालपोतका कर्मचारी पक्राउ
सेवाग्राहीसँग घुस लिएको आरोपमा मालपोत कार्यालय धुलिखेलका एक कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग रु २० हजार घुस लिएको आरोपमा मालपोत कार्यालय राजश्व शाखामा कार्यरत नायबसुब्बा रोसकाजी जसपाउलाई बुधबार दिउँसो पक्राउ गरेको हो । जग्गा नामसारी र लालपुर्जा दिने कार्यको सहजीकरणका लागि सेवाग्राहीसँग घुसबापतको रकम लिइसकेको अवस्थामा उहाँलाई मालपोत कार्यालय...
-
२०७६ मङ्सिर ५, बिहिबार
जिल्ला प्रशासनमा बैंकको काउन्टर
कार्यालयमा आर्थिक अनुशासन कायम गराउन जिल्ला प्रशासन कार्यालय मोरङमा आज प्रभु बैंकको एक्स्टेन्शन काउन्टर स्थापना भएको छ । आर्थिक रुपमा कर्मचारीले व्यहोर्ने जोखिम कम गर्न सो काउन्टरले मद्दत गर्ने विश्वास गरिएको छ । प्रभु बैंकको देशभरमा १९६ शाखा र ३७ एक्स्टेन्शन काउन्टर छन् । देशभरमा विभिन्न भन्सार कार्यालयमा १०, मोरङमा चार, झापामा चार, इलाममा एक र सुनसरीमा एक वटा सो काउन्टर रहेको बंैँकका प्रदेश...
-
२०७६ मङ्सिर ४, बुधबार
विद्युतीय बसको सञ्चालन खर्च अत्यन्तै कम
विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ । डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने...
-
२०७६ मङ्सिर ४, बुधबार
चार स्थानीय तहमा आप्रवासी समस्या समाधान परियोजना लागू
जिल्लाका चार स्थानीय तहमा आप्रवासी समस्या समाधानका लागि विभिन्न सचेतनामूलक कार्यक्रम लागू गरिएको छ । वैदेशिक रोजगारका कारण भइरहेका घटना र सम्भावित जोखिमलाई ध्यानमा राख्दै पारिवारिक, आर्थिक तथा सामाजिक समस्या समाधानको प्रयास गरिनेछ । यसको काम र समन्वय गर्न जिल्लामा रहेको भिमापोखरा युवा क्लब ९बिवाइसी० बागलुङले जिम्मा पाएको छ । जिल्लाको बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला...
-
२०७६ मङ्सिर ४, बुधबार
उपनिर्वाचन २०७६ ११६ सुरक्षाकर्मी खटिए
हुम्लाको खार्पुनाथ गाउँपालिकामा यही मङ्सिर १४ गते हुनलागेको उपनिर्वाचनका लागि ११६ सुरक्षाकर्मी खटिएका छन् । खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्दु शाही हमालको याङचुबगरमा गत असार ३ गते जिप दुर्घटनामा परी मृत्यु भएपछि उपाध्यक्ष पदका लागि यहाँ उपनिर्वाचन हुनलागेको हो । जिल्लामा रहेका सुरक्षाकर्मीले नपुग्ने भएपछि सुरक्षालाई थप व्यवस्थित र निर्वाचनलाई मर्यादित बनाउन जिल्ला बाहिरबाट ११६ सुरक्षाकर्मी...
-
२०७६ मङ्सिर ४, बुधबार
नेपाल ट्रष्टका सुरक्षा गार्डलाई कब्जामा लिएका छैनौँ नगरपालिका
नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई भक्तपुर नगरपालिकाले कब्जामा नलिई सोधपुछ मात्रै गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । नगरपालिकाले मङ्गलबार राति ७ बजे विज्ञप्ति जारी गर्दै भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित १०८ रोपनी नेपाल ट्रष्टको जग्गा संरक्षणमा खटिएका सुरक्षा गार्डलाई कब्जामा लिएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । नगरपालिकाले उक्त जग्गाको दुरुपयोग भएको र...
-
२०७६ मङ्सिर ४, बुधबार
नगरपालिकाका प्रमुखविरुद्ध आन्दोलनको चेतावनी
मोरङको रङ्गेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलीप बगडियाले मनोमानी ढङ्गले काम गर्ने गरेका र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु गरिएको हो । कार्यपालिकाका चार वडाध्यक्षसहित १२ सदस्यले नगरपालिकामै संंंयक्तरूपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढङ्गले नगरपालिका चलाएको आरोप लगाएका छन्...
-
२०७६ मङ्सिर ४, बुधबार
सांसद नेम्वाङद्वारा ३० वटा योजना छनोट
प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत ३० वटा योजना छनोट गर्नुभएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम निर्देशक समितिको बैठकले पाँचथरका सात वटा स्थानीय तहहरुमा सञ्चालन हुने योजना छनोट गरेको हो । छनोट भएका अधिकांश योजना ग्रामीण सडक निर्माण र स्तरोन्नतिका छन् । बाँकी भवन निर्माण, विद्युतीकरण र खेलमैदानका योजना छन् । उपनिर्वाचन हुन...
-
२०७६ मङ्सिर ४, बुधबार
शताब्दि पुरुष द्वारा पत्रकारहरुलाई बधाई ज्ञापन
वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीले नेवाः पत्रकार राष्ट्रिय दबूका नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै जातीय र भाषिक समानताका लागि सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभएको छ । सो विषयमा जोड दिंदै उहाँले ‘नेपाल बहुजातीय र बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो भनेर संविधानको प्रस्तावनामा नै लेखिएको छ, तर व्यवहारमा भाषिक, जातीय विभेद कायमै छ । ’ भन्ने...
-
२०७६ मङ्सिर ४, बुधबार
कैलाशयात्रा भारतीय पर्यटकलाई रकम बढाइयो, व्यवसायी चिन्तामा
कैलाशयात्रा स् भारतीय पर्यटकलाई रकम बढाइयो, व्यवसायी चिन्तामा चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् । नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हात्सा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरएन एक्सचेन्ज सेन्टरले एक्कासि रकम बढाएपछि नेपाली व्यवसायी चिन्तित बनेका हुन् । उक्त सेन्टरले भारतीय पर्यटकलाई...
-
२०७६ मङ्सिर ४, बुधबार
अझै सञ्चालनमा आएन अस्पताल
झापाको गौरीगञ्ज गाउँपालिका–६ स्थित साविकको खजुरगाछीमा निर्माण गरिएको अस्पतालको सुविधासम्पन्न भवनमा उपचार सेवा अझै शुरु हुनसकेको छैन । सरकारको करोडाँै लगानीमा निर्माण गरिएको सो अस्पताल नियमितरूपमा सञ्चालन नहँुदा त्यस क्षेत्रका सेवाग्राही अन्यत्र पुगेर सेवा लिन बाध्य हुँदै आएका छन् । करीब आठ वर्षअघि निर्माण शुरु भई पटक–पटक म्याद थप गरेर छ महिनाअघि मात्र अस्पतालको तीनतले पक्की भवन निर्माण सम्पन्न...


