relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक २२, शुक्रबार

    स्थानीय तहको प्रतिवेदनः विकासले छलाङ मार्दै

    जिल्लाका सबै स्थानीय तहमा सडकको ट्र्याक खोलिएको प्रतिवेदन सार्वजनिक भएको छ । जिल्ला समन्वय समिति, जाजरकोटले जिल्लाका सबै स्थानीय तहलाई बोलाएर प्रगति विवरण पेश गर्न आग्रह गरेपछि यस्तो प्रतिवेदन सार्वजानिक भएको हो । भेरी नगरपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिकामा केही समयअघि सडक पुगेको थियो । स्थानीय सरकार गठन भएदेखि जुनिचाँदे गाउँपालिका, कुशेगाउँपालिका र बारेकोट...

  • २०७६ कार्तिक २२, शुक्रबार

    पाँचखाल लगानी सम्मेलनको तयारी गर्दै

    पाँचखाल नगरपालिकाले चालू आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्ने भएको छ । लगानी सम्मेलन गर्ने निर्णय गरी तयारीमा जुटेको नगर कार्यालयले जनाएको छ । “यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्दैछौँ, यसका लागि हामी निर्णय गरेरै तयारीमा जुटिसकेका छौँ”, नगरप्रमुख महेश खरेलले भन्नुभयो । उहाँका अनुसार पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको हो । नगरप्रमुख खरेलले...

  • २०७६ कार्तिक २२, शुक्रबार

    ‘सीमान्तकृत वर्गमा न्यायको पहुँच वृद्धि सरकारको प्राथमिकतामा’

    कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिकरूपमा विपन्न नागरिक, सीमान्तकृत वर्ग र पिछडिएको समुदायको न्यायमा पहुँच अभिवृद्धिमा प्रविधिको प्रयोगलाई नेपाल सरकारले उच्च प्राथमिकता दिएको बताउनु भएको छ । विश्व बैंक समूहले संयुक्त राज्य अमेरिकाको राजधानी वासिङ्टनडिसीमा आयोजना गरेको कानुन, न्याय तथा विकास विषयको साप्ताहिक कार्यक्रममा सहभागी हुने सिलसिलामा त्यहाँ रहनुभएका मन्त्री ढकालले...

  • २०७६ कार्तिक २२, शुक्रबार

    उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

    उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो । चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ चराङका वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताउनुभयो । चराङमा बिहानसम्म पानी परिरहेको उहाँले बताउनुभयो । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो...

  • २०७६ कार्तिक २२, शुक्रबार

    नक्सा सच्याउनुपर्ने माग गर्दै विद्यार्थीको आन्दोलन

    लिपुलेक, कालापानीलगायत नेपाली भू–भागलाई भारतले आफ्नो नक्सामा समेटेको विरोधमा पशुपति बहुमुखी क्याम्पस चाबहिलका विद्यार्थीले विरोध ¥याली गरेको छ । नेपाल विद्यार्थी सङ्घ काठमाडौँ जिल्ला समितिको आयोजनामा आज गरिएको विरोध प्रदर्शनमा ‘हाम्रो सीमा हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्ने नारासहित नेपालको एक चिम्टी भू–भाग कसैले मिच्न नपाउने जस्ता नारा लगाइएको थियो । एक सय ५० भन्दा बढी विद्यार्थीसहित...

  • २०७६ कार्तिक २२, शुक्रबार

    नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक शुरु

    नेपाल–युरोपेली सङ्घ संयुक्त आयोगको बैठक राजधानीमा प्रारम्भ भएको छ । बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शङ्करदास वैरागी र एशिया–प्रशान्त क्षेत्रका लागि सङ्घका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीले सङ्घको प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । बैठकमा आपसी हितका क्षेत्रीय र बहुपक्षीय विषयका साथै नेपाल र युरोपेली सङ्घबीचको सम्बन्धका सबै पक्षबारे विचारविमर्श हुने परराष्ट्र मन्त्रालयले...

  • २०७६ कार्तिक २२, शुक्रबार

    देशभरका नारायण मन्दिरमा भक्तजनको भीड, तुलसीको विशेष पूजा गरिँदै

    कार्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज जागा हुनुहुने धार्मिक विश्वासका साथ पूजाआजासहित आराधना गर्न बिहानैदेखि नारायण मन्दिरमा भक्तजनको भीड लागेको हो । उपत्यकाका चाँगुनारायण, शेषनारायण...

  • २०७६ कार्तिक २१, बिहिबार

    हिमपातको सम्भावना

    पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी र हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावसँगै अरब सागरमा उत्पन्न शक्तिशाली चक्रवातको असरका कारण नेपालमा अबको केही दिन वर्षाको साथै हिमपातको सम्भावना रहेको महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । “केही समय मौसम खुले पनि मध्यान्ह्बाट देशको धेरैजसो स्थानमा...

  • २०७६ कार्तिक २१, बिहिबार

    समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन माग

    यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिन सरकारसँग माग गरेका छन् । हरेक महिला पुरुषलाई जस्तै तेस्रोलिङ्गी समुदायलाई पनि आफूले चाहेको जीवनसाथी रोज्न पाउने र घरबार गर्न पाउने अधिकार सुनिश्चित गर्न उनीहरुले सरकारसंग आग्रह गरेका हुन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सवालमा नीलहिरा समाजको आयोजना तथा मधेश मानवअधिकारको सहयोगमा बुधबार बुटवलमा गरिएको...

  • २०७६ कार्तिक २१, बिहिबार

    बूढानीलकण्ठमा शुक्रबार बिदा

    बूढानीकलकण्ठ नगरपालिकाले हरिबोधिनी एकादशीको दिन सार्वजनिक बिदा दिने भएको छ । कात्तिक २२ गते शुक्रबार परेको हरिबोधिनी एकादशीको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमारप्रसाद कोइरालाले बताउनुभयो । नगरपालिकाभित्र रहेको नेपालकै एक प्रसिद्ध धार्मिक तीर्थस्थलको रुपमा परिचित बूढानीलकण्ठ मन्दिरमा प्रत्येक वर्ष हरिबोधिनी एकादशी ९तुलसी विवाह० का दिन...

  • २०७६ कार्तिक २१, बिहिबार

    नयाँ विद्यालय सञ्चालनमा रोक

    काठमाडौँ महानगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा नयाँ विद्यालय सञ्चालन गर्न नपाइने भएको छ । हाल सञ्चालनमा रहेका विद्यालयलाई गुणस्तरीय बनाउने भन्दै महानगरपालिकाले नयाँ विद्यालय सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको हो । विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको कामपा शिक्षा विभागले जनाएको छ । हाल कमपामा ९१ सार्वजनिक र ६४३ संस्थागत विद्यालय...

  • २०७६ कार्तिक २१, बिहिबार

    शर्माका छोराको उपचारका लागि साहित्यकारको सहयोग

    जनगायक जीवन शर्माका छोराको उपचारका लागि जिल्लाका साहित्यकारहरुले आर्थिक सहयोग गरेका छन् । प्रगतिशील लेखक सङ्घ र शुक्ला साहित्य सङ्गम तनहुँको पहलमा शर्माका छोरा अर्जुन शर्माको उपचारका लागि रु ४२ हजार ४० सहयोग गरिएको हो । घाँटीको नलीमा जटिल समस्या देखिएर त्रिवि शिक्षण अस्पतालमा उपचाररत शर्माको सहयोगार्थ सञ्चालन गरिएको सहयोग अभियानबाट सङ्कलित उक्त रकम बुधबार ग्लोबल आइएमई बैंकमा रहेको अर्जुनको खातामा...

Pages