relans
ni new 83
nib 2082 5

राष्ट्रिय

  • २०७६ कार्तिक २५, सोमबार

    चितवनमा २९ हजारभन्दा बढी आर्थिक प्रतिष्ठान

    जिल्लामा २९ हजार २३७ प्रतिष्ठान आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् । तथ्याङ्क कार्यालय चितवनले आज यहाँ राष्ट्रिय आर्थिक गणना २०७५ को नतिजा सार्वजनिक गर्दै सो जानकारी दिएको हो । कार्यालयका प्रमुख यज्ञमूर्ति भण्डारीका अनुसार जिल्लामा रहेको प्रतिष्ठानमा एक लाख चार हजार ६२७ जनाले रोजगारी पाएका छन् । प्रत्यक्ष संलग्न जनशक्तिको तथ्याङ्क हेर्दा पुरुष ६३ हजार ५१७ जना, महिला ४१ हजार ११० जना रहेका छन्...

  • २०७६ कार्तिक २५, सोमबार

    मौरी जोनमा १४१ किसान आबद्ध

    दाङमा चालू आर्थिक वर्षदेखि शुरु भएको मौरी जोन कार्यक्रममा १४१ किसान आबद्ध भएका छन् । तीमध्ये चार सहकारी र एउटा सामूहिक छ भने अरू १३६ व्यक्तिगत मौरी फार्म छन् । मौरी जोन परियोजना कार्यान्वयन एकाइका कृषि अधिकृत कलाबुढा मगरका अनुसार मौरी जोनमा हालसम्म घोराही र तुलसीपुरका दुई– दुई सहकारी र एउटा सामूहिकसहित १३६ वटा मौरी फार्महरु सूचीकृत भएर प्रत्यक्ष मह उत्पादनको काम गर्दै आएका छन् । “पहिलो चरणमा...

  • २०७६ कार्तिक २५, सोमबार

    नेकपा सचिवालय बैठक शुरु

    नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा मुलुकको समसामयिक विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, रक्षामन्त्री एवं...

  • २०७६ कार्तिक २५, सोमबार

    लुम्बिनीमा साहित्यिक गोष्ठी शुरु

    प्रदेश ५ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा लुम्बिनीमा राष्ट्रिय साहित्यिक गोष्ठि आजदेखि शुरु भएको छ । प्रदेश वाङ्मय प्रतिष्ठानको सहयोगमा आयोजित गोष्ठीको उद्घाटन गर्दै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले समाजलाई सही दिशामा डो¥याउन साहित्यकारहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सरकारले गरेका कामका विषयमा नकारात्मक आलोचना मात्रै हुने गरेकाले यस पछाडिको...

  • २०७६ कार्तिक २५, सोमबार

    सुत्केरीलाई उपाध्यक्षको कोसेली

    जिल्लाको दोगडाकेदार गाउँपालिकामा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै उपाध्यक्षको कोसेली वितरण गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ४२५ जना सुत्केरी महिलालाई उपाध्यक्षको कोसेली वितरण गरिने गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो । पोषण र सरसफाइका लागि गाउँपालिकाका प्रत्येक स्वास्थ्यसंस्थाबाट उपाध्यक्षको कोसेली वितरण गर्ने तयारी भएको उहाँले बताउनुभयो । उक्त...

  • २०७६ कार्तिक २५, सोमबार

    धानको उचित मूल्य नपाउँदा किसान चिन्तित

    कैलाली जिल्लामा सरकारी स्वामित्वको निकायबाट यस वर्ष अहिलेसम्म धान खरीदको व्यवस्था नहुँदा बिक्रीमा उचित मूल्य पाउन नसकेको भन्दै किसान चिन्तित भएका छन् । सरकारले धानको न्यूनतम् समर्थन मूल्य तोकिसकेको अवस्थामा खरीदको व्यवस्था नहुँदा व्यापारीले आफूखुशी मूल्य तोक्ने गरेकाले उचित मूल्य नपाएको स्थानीय किसान वीरबहादुर चौधरीले गुनासो गर्नुभयो । “व्यापारीले तोकेको प्रतिकिलो रु २० मा धान बेचेर घर खर्चको...

  • २०७६ कार्तिक २४, आइतबार

    झोलुङ्गे पुल निर्माणपछि यात्रा सहज

    बर्दिया जिल्लाको बनियाभार, पदनाहा, सानोश्री, ताराताललगायत साविकका गाविस तथा बारबर्दिया र मधुवन नगरपालिका सिमानाका स्थानीयवासीलाई सदरमुकाम आवतजावत गर्ने भरपर्दो माध्यम झोलुङ्गे पुल निर्माण भएपछि झण्डै एक लाख स्थानीयवासीको जोखिमपूर्ण यात्रा सहज भएको छ । बाढीले आँखै अगाडि नवनिर्मित पुल विसं २०७१ मा बबई नदीले बगाएपछि पुलबाट हिँड्ने सपना साकार नहुने हो कि भन्दै अलमलमा रहेका स्थानीयवासी यतिबेला...

  • २०७६ कार्तिक २४, आइतबार

    अभिभावकसँग शुल्क लिइए उजुरी लाग्ने

    बित्थरचिर गाउँपालिकाले सार्वजनिक विद्यालयमा शिक्षक अनुदान र अन्य भौतिक पूर्वाधारमा लगानी गरेपछि माध्यमिक तहसम्म अभिभावकले चन्दा वा सहयोगका नाममा कुनै पनि शुल्क तिर्नु पर्दैन । संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले अभिभावकसँग सहयोग शुल्कका नाममा शुल्क...

  • २०७६ कार्तिक २४, आइतबार

    सांस्कृतिक तथा पर्यटकीय क्षेत्र घोषणा

    बागलुङ जिल्लाको बरेङ गाउँपालिकाले आफ्नो पालिकालाई पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरेको छ । गाउँपालिकाभित्रका दुई सांकृतिक र चार प्राकृतिक पर्यटकीय क्षेत्रलाई समेटेर छ पर्यटकीय तथा सांकृतिक क्षेत्र घोषणा गरिएको हो ।गाउँपालिकाले आर्थिक विकासको पहिलो खम्बाका रूपमा रहेको पर्यटन क्षेत्रमा प्राथमिकता दिने उद्येश्यले छ पर्यटकीय तथा सांकृतिक क्षेत्र पहिचान गरी घोषणा गरिएका क्षेत्रहरुमा पूर्वाधार...

  • २०७६ कार्तिक २४, आइतबार

    पण्डितले अब नागरिकता हेरर मात्र विवाह गराउने

    विवाहमा केटाकेटीको नागरिकताको प्रमाणपत्र हेरेर मात्र काम गर्न यहाँका पण्डित सहमत भएका छन् । जिल्लामा बालविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पण्डितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । विवाह गराइदिनुअघि जन्मदर्ता र नागरिकताको प्रमाणपत्र हेरेर मात्र विवाहको काम गर्न पण्डितहरु सहमत भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले...

  • २०७६ कार्तिक २४, आइतबार

    जनआन्दोलनका कमान्डर सिंहको सालिकमा माल्यार्पण

    लौहपुरुष तथा २०४६ सालका जनआन्दोलनका कमान्डर स्व गणेशमान सिंहको सालिकमा माल्यार्पण गरिएको छ । स्व सिंहको १०५औँ जन्मजयन्तीका अवसरमा नेपाली काङ्ग्रेस काठमाडौँ र गणेशमान सिंह फाउन्डेशनको आयोजनामा आज शोभाभगवतीमा रहेको उहाँको सालिक माल्यार्पण गरिएको हो । काङ्ग्रेस नेता राजनकुमार केसीले प्रजातन्त्र सुदृढ गर्न स्व गणेशमानका आदर्शलाई व्यावहारिक रुपमा अनुसरण गर्नुपर्ने बताउनुभयो । सोही पार्टीका...

  • २०७६ कार्तिक २४, आइतबार

    डा केसीको समर्थनमा सरकारी सवारी साधन ठप्प

    चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा डडेल्धुरामा आज सरकारी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।बिहानैदेखि सरकारी नम्बर प्लेटका सवारी साधन सञ्चालनमा रोक लगाइएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष लोकराज भट्टले जानकारी दिनुभयो । बिहान ८ देखि साँझ ४ बजेसम्म सरकारी नम्बरका गाडी र मोटरसाइकल सञ्चालनमा रोक लगाइएको उहाँको भनाइ थियो । यस्तै उक्त...

Pages